Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कांग्रेस मेयरका दाबेदार राप्रपामा प्रवेश, कनकाई कांग्रेसलाई ठूलो धक्का
    राजनीति

    कांग्रेस मेयरका दाबेदार राप्रपामा प्रवेश, कनकाई कांग्रेसलाई ठूलो धक्का

    adminBy admin२०७९ बैशाख ६, मंगलवार १५:४८ गते2 Mins Read

    कनकाई खबर \ स्थानीय तहको निर्वाचनको मिति नजिक आइरहँदा पार्टीका जिम्मेवार व्यक्तित्वहरुबाट दल परिवर्तन गर्ने कार्यको सक्रियता उत्तिक्कै बढेको पाइन्छ ।


    विभिन्न पार्टीमा भएको यो गतिविधिले कनकाई कांग्रेसलाई समेत छोएको छ । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस कनकाईबाट मेयरको लाइनमा उभिएका कांग्रेस नेता रमेश श्रेष्ठले आसन्न निर्वाचनको संघारमा पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् । यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कनकाई नगरको मेयर पदकालागि सर्वाधिक चर्चा कमाएका श्रेष्ठलाई पार्टीले टिकट नदिएपछि नेतृत्वप्रति असन्तुष्टी जनाउँदै आएका थिए ।


    कांग्रेस नेता श्रेष्ठलाई राप्रपाका केन्द्रिय सदस्य भक्ति सिटौला, जिल्ला अध्यक्ष केशव ओझा लगायतका नेताले राप्रपामा स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका हुन् । राप्रपामा प्रवेश गर्दै नेता श्रेष्ठले कांग्रेसमा भएको झुटको राजनीतिमा आँफू सिकार बनेको बताउँदै आसन्न निर्वाचनमा खुट्टा कमाउँदै अघि बढेको कांग्रेसलाई अब न्यायप्रेमी जनताले चाँडै फैसला गरिदिने बताए । जीवनको उर्जाशिल समय कांग्रेसका ठेकेदारहरुले बरबाद गरिदिएको टिप्पणी गर्दै नेता श्रेष्ठले कांग्रेस पार्टीमा राजनीतिका नाममा हुने गरेको अराजक गतिविधिले समाजलाई अँध्यारो दिशा तर्फ धकेल्ने बताए । निर्वाचनको संघारमा आएर पनि कांग्रेसको ढुलमुले प्रवृत्तिले अन्य दलहरुलाई नै सहज हँुदै गएको भन्दै नेता श्रेष्ठले कांग्रेसको राजनीतिप्रति सतर्क रहन सर्वसाधारणलाई समेत अपिल गरेका छन् ।


    २०४२ सालमा कांग्रेस नेता डिल्ली सिटौलाबाट पार्टीको सदस्यता लिएर राजनीतिमा होमिएका श्रेष्ठ २०४६ को पंचायत विरोधि आन्दोलनमा अग्र मोर्चामा क्रियाशिल थिए । आन्दोलनको सफलतापछि सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट साविक सुरुङ्गा वडा नं.३ को वडाअध्यक्षमा निर्वाचित भएका श्रेष्ठ पार्टी राजनीतिमा निडर र हक्की स्वभावका नेताका रुपमा स्थापित हुँदै आएका थिए । स्थानीय स्तरमा सबै राजनीतिक दलसँग समन्वय गरेर अघि बढ्न सक्ने क्षमता भएका नेता श्रेष्ठ सामाजिक क्षेत्रमा समेत उत्तिक्कै सक्रिय छन् । मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै विभिन्न समयमा पार्टीले नेतृत्व गरेको जनआन्दोलनमा अग्रमोर्चामा रहेकै कारण ४५ दिन सम्म जेल जीवन समेत भोग्नु परेको अनुभव सुनाउँदै नेता श्रेष्ठले कांग्रेसमा अब निष्ठाको राजनीति हराएको टिप्पणी गरे ।

    नेता श्रेष्ठको कार्यकुशलता साथै नेतृत्व क्षमताकै कारण १५ वर्ष सम्मको तीन कार्यकाल नेपाली कांग्रेस साविक सुरुङगा गाउँसमितिको पार्टी सभापतिको सफल जिम्मेवारी समेत सम्हालिसकेका छन् । नेपाली कांग्रेसको महाधिवेशनबाट दुई कार्यकाल महाधिवेशन प्रतिनिधि साथै एक कार्यकाल महासमिति सदस्यको समेत जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका श्रेष्ठ एक सामाजिक अभियन्ताका रुपमा समेत स्थापित व्यक्तित्व हुन् । कनकाई ७ दुर्गापुर निवासी श्रेष्ठकै नेतृत्वमा केही वर्ष अघि नै दुर्गापुर बजार व्यवस्थापन समितिका तर्फबाट बजार क्षेत्रलाई व्यवस्थित बनाइएको बताइएको छ । अन्य विभिन्न सामाजिक, शैक्षिक एवम् धार्मिक संघसंस्थाको नेतृत्व तहमा रहेका अत्यन्तै सहयोगी श्रेष्ठले आगामी दिनमा समाज रुपान्तरणकालागि भूमिका खेल्ने बताएका छन् ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.