Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपालको इलाम मंगलबारे सेवा केन्द्रले मनायो वार्षिकोत्सव
    समाचार

    सहारा नेपालको इलाम मंगलबारे सेवा केन्द्रले मनायो वार्षिकोत्सव

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र ३०, बुधबार १५:५० गते2 Mins Read

    के.पी. लुइटेल,
    कनकाई खबर सम्बाददाता , इलाम \ झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल साकोस इलाम मंगलबारे सेवा केन्द्रले संस्थाको २७ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी भब्य रुपमा सम्पन्न गरेको छ ।

    Exif_JPEG_420


    सहारा नेपाल साकोसको ३३ औं सेवाकेन्द्रको रुपमा रहेको इलाम मंगलबारे सेवा केन्द्रमा १ हजार ९ सय सदस्यहरुले प्रत्यक्ष रुपमा सेवा लिइरहेको बताइएको छ । संस्थाको २७ औं बार्षिक उत्सवको अवसर पारी शेयर सदस्य ,विशिष्ट ब्यक्तित्व साथै संस्थामा कार्यरत कर्मचारी, शिक्षा तथा खेलकुद शाखा कार्यालयका प्रमुख ,कृषि बिकास बैंक साथै एक्सेल बैंक शाखा प्रमुख लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।


    कार्यक्रममा संस्थाका शेयर सदस्य मुकुन्द पौडेलले समग्र संस्थाको वस्तुस्थिती, सेवासुविधा,सेवाकेन्द्रको अवस्था र सेवा केन्द्र उपसमिति निर्माण साथै संस्थाको कार्यक्रमले समुदायमा खेलेको योगदानको बारेमा चर्चा गरेका थिए । अलैंची ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष मात्रिका प्रसाद घिमिरेले संस्थाले स्थानीय क्षेत्रमा पारेको प्रभाव, संस्थाले महिलालाई प्राथमिक्तामा राखी गरेको कार्यक्रम साथै महिला उत्थान तथा आगामी रणनीति तथा कार्यक्रमलाई लक्षित गरी सहकार्य गर्ने बारेमा चर्चा गर्दै शुभकामना ब्यक्त गरेका थिए । देउमाईका शिक्षा तथा खेलकुद शाखा प्रमुख रुपेन्द्र प्रसाद न्यौपानेले संस्थाले शिक्षा तथा खेलकुदमा गरेको योगदान (नानीहरुको लागी शिक्षा बचत,बाल बचत, विभिन्न खेलकुद कार्यक्रम) का बारेमा प्रष्ट पारेका थिए ।


    इलाम उद्योग बाणिज्य संघ शाखा कार्यालय देउमाईका अध्यक्ष रमेश श्रेष्ठले संस्थाको उद्यमी सदस्यहरुको प्रभाव,संस्थासंगको सहकार्यका बारेमा आफ्नो धारणा राखेका थिए । इलाम उद्योग बाणिज्य संघ शाखा कार्यालय देउमाईकी महिला सदस्य सुजिना घिमिरेले आफै पनि संस्थाको सदस्य रहेकोले विभिन्न क्षेत्रमा भएको संस्थाको कार्यक्रमप्रति सन्तुष्टी रहेको जनाएकी छन् । सहारा नाम अनुसारको साँच्चिकै सहारा रहेको र आर्थिक उपलब्धिमा संस्थाको अमूल्य योगदानको खुलेर प्रशंशा गरेकी थिइन् । कार्यक्रमा दुईजना उद्यमी सदस्य भोजकुमारी चौहान र शान्ति सुनुवार मुखिया लाई पुरस्कृत गरी सम्मान तथा प्रोत्साहन गरियो ।


    सहारा नेपाल साकोस सेवाकेन्द्रका बिकास गिरीले समग्र संस्थाको कार्यक्रम साथै नीति तथा कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए । कल्पना थापा खत्रीले सन्चालन गरेको कार्यक्रममा ९० जना शेयर सदस्य तथा बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.