Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निष्पक्ष पत्रकारिता आजको आवश्यक्ता ः कनकाई नगर प्रमुख पोखरेल
    समाचार

    निष्पक्ष पत्रकारिता आजको आवश्यक्ता ः कनकाई नगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र २८, सोमबार ०५:४४ गते2 Mins Read

    कनकाई खबर \ कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पत्रकारबाट सम्प्रेषण हुने समाचारका विषय खोजमुलक बन्नु पर्ने बताए ।


    झापाको कनकाई–१ दुर्गापुरमा भएको ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले राजनीतिक प्रभावमा भएको पत्रकारिताले कसैलाई पनि फाइदा नहुने बताए । नगर प्रमुख पोखरेलले पत्रकारिता पेशालाई थप विश्वसनीय साथै मर्यादित बनाउँनु पर्ने कुरामा समेत जोड दिए । पत्रकारहरुबाटै कहिलेकाही आफ्नो कर्तव्य बिर्सिएर अरुको चरित्र हत्या गर्ने काम हुने गरेको तितो यथार्थको स्मरण गर्दै नगर प्रमुख पोखरेलले स्वस्थ, स्वच्छ र निष्पक्ष पत्रकारिता आजको आवश्यक्ता रहेको बताए ।

    कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न तालिम नेपाल पत्रकार महासंघ झापा शाखाले आयोजना गरेको हो । कनकाई नगर कार्यक्षेत्र भएकासहित जिल्लाका क्रियाशील ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको प्रशिक्षणको सहजीकरण खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले गरेका थिए ।


    पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा संचालन भएको तालिमको उद्घाटन शनिबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए भने समापन समारोहमा महासंघका पूर्व अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्य रहेको थियो । तालिम समापन समारोहमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि आचार्यले पत्रकार मिथ्या सूचनाबाट बच्नुपर्ने र चुक्न नहुने बताए । उनले पत्रकारहरु अध्ययनशील र समाचार खोजमूलक हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, महासंघका राष्ट्रिय परिषद् सदस्य तथा फोनिजका नेता दिपीन राई, प्रेस चौतारीका प्रदेश सदस्य राम निरौला, प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साइ, प्रेस सेन्टरकी जिल्ला उपाध्यक्ष होमकुमारी कुमाल (सुष्मा), स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष नरेन्द्र ढकालले मन्तव्य राख्दै अत्यावश्यक विषयमा महासंघले तालिम आयोजना गरेर पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण टेवा पु¥याएको बताए ।


    कार्यक्रममा सहभागीको तर्फबाट तीर्थराज खरेल र तलु वास्केले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.