कनकाई खबर \ कनकाई घाट संस्था कनकाई–४ कोटीहोममा वेदप्रकाश अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
संस्थाको पाँचौं अधिवेशन तथा सातौं साधारणसभाले ३ वर्षे कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गरेको हो । मारवाडी सेवा समितिका संस्थापक अध्यक्ष, विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, वीरता जेसीजका पूर्व अध्यक्ष, गोलोक गोवद्र्धन गौशाला प्रवद्र्धन समिति सतासीधामका उपाध्यक्ष, उपभोक्ता मञ्च नेपाल झापाका वर्तमान अध्यक्ष लगायतका जिम्मेवारी सम्हालेका अग्रवाल यस अघि कनकाई घाट संस्थाको उपाध्यक्ष थिए । १७ सदस्यीय समितिमा निवर्तमान अध्यक्ष प्रभाखर कडरियालाई पनि समेटिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा खेमनाथ मिश्र, उपाध्यक्षमा डिल्लीराम मैनाली, महासचिवमा नारायण ओली, सचिवमा सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ र कोषाध्यक्षमा गोपाल खरेल चयन भएका छन् । सदस्यहरूमा खेमराज कार्की, टीकाप्रसाद कट्टेल, शिला उप्रेती (बोजु), हिरण्यकुमार राई, मानबहादुर पौडेल, राधिका ओली (कडरिया), दयानन्द वंशल, दुर्गाप्रसाद चापागाई, भरतकुमार ढकाल र अम्बिका खरेल चुनिएका छन् / त्यसै गरी, लेखा समितिको संयोजकमा नरेन्द्रप्रसाद फुयाँललाई सर्वसम्मत चयन गरिएको छ । समितिको सदस्यहरूमा निर्मला चाम्लिङ राई र पूर्णलाल श्रेष्ठ रहेका छन् ।
निर्वाचन सम्पन्न गर्न ईश्वरीप्रसाद शिवाकोटी संयोजक, तीर्थराज खरेल र भीष्म मैनाली सदस्य रहेको निर्वाचन समितिले भूमिका खेलेको थियो ।
यस अघि सम्पन्न साधारण सभामा अध्यक्ष प्रभाखर कडरियाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, महासचिव सूर्यप्रसाद उप्रेतीद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएका थिए । साधारणसभामा व्यासाचार्य किशोर गौतमको प्रमुख आतिथ्य, आचार्य नन्दकिशोर भारद्वाजको विशिष्ट आतिथ्य रहेको थियो भने कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेबे, समाजसेवी लीलाप्रसाद चिमरिया लगायतको आतिथ्य रहेको थियो ।
कोटीहोम क्षेत्रमा मानिसको जीवनको अन्त्येष्टि सम्मानजनक र धार्मिक विधिपूर्वक गर्ने वातावरण निर्माण गरी सहज ढंगले किरायाकर्म गर्न सकियोस् लगायतका विविध जनोपयोगी लक्ष्य र उद्देश्य राखी २०६७ सालमा गठित कनकाई घाट संस्थाको स्थापना गरिएको र झापा जिल्लामा अवस्थित हिन्दुहरुको पवित्र धार्मिक स्थल कनकाई माई नदीमा परापूर्व कालदेखि नै मृत्युवरण पश्चात् पार्थिव शरिरलाई दाह संस्कार गरिदै आइरहेको सन्दर्भमा बर्षेनि नदीको धार फेर बदल भइरहने, सुख्खा अवस्थामा पानीको स्रोत सुक्ने र वर्षा अवस्थामा बाढीबाट हुने समस्या समेतलाई न्यूनीकरण गर्दै सबै जातजाति, धर्म, लि¨ र वर्गका मानिसको मृत्युपश्चात गरिने अन्त्येष्टि क्रियाको लागि चिताभूमिस्थल निर्माण गर्ने टड्कारो आवश्यकता महसुस गरी यो संस्थाको स्थापना गरिएको अध्यक्ष कडरियाको प्रतिवेदनमा उल्लेख छ ।