Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव
    कनकाई नगरपालिका

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    कनकाई खबरBy कनकाई खबर२०८३ बैशाख ३, बिहीबार ०२:४० गते2 Mins Read


    कनकाई खबर / झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई नदीको पश्चिम तटमा रहेको श्री लक्ष्मीनारायण मन्दिरमा आगामी वैशाख ११ देखि १८ गतेसम्म – सन् २०२६ अप्रिल २४ देखि मे १ सम्म) श्री लक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा -महासम्प्रोक्षण महोत्सव आयोजना हुने भएको छ।

    आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै महोत्सवको उद्घाटन कोशी प्रदेश प्रमुख हिक्मत कार्कीको प्रमुख आतिथ्यमा हुने जनाएको छ। उद्घाटन समारोहमा कलश यात्रासहित अर्जुधारा जलेश्वरधामबाट ल्याइएको पवित्र जल अर्पण गरिने कार्यक्रम रहेको छ।

    महोत्सव अवधिभर श्रीराम कथा प्रवचन, ध्वजारोहण, मृदाहरण, पञ्चकुण्डात्मक हवन, महासम्प्रोक्षण अनुज्ञा, प्रतिष्ठा पूर्वाङ्ग, वास्तुपूजन, स्तुति–प्रार्थना, जलाधिवास, विग्रह कलाकर्षण, स्नपन तथा अभिषेकजस्ता विविध धार्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
    समारोहका प्रमुख आचार्यका रूपमा दक्षिण भारतको तमिलनाडु, काञ्चीपुरमस्थित श्रीकाञ्चीप्रतिवादी भयंकर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्रीविभूतिषत श्री श्रीविनासाचार्य गादी स्वामीजी महाराजको उपस्थिति रहनेछ भने उहाँकै मुखारविन्दबाट श्रीराम कथा प्रवचन हुने वरिष्ठ उपाध्यक्ष हरिप्रसाद तिम्सिनाले जानकारी दिनुभयो।

    महोत्सवमा दैनिक दशौँ हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। करिब २ हजार भक्तजनका लागि आवास तथा प्रसादको व्यवस्था गरिनेछ भने सबै सहभागीलाई प्रसाद वितरण गरिने जनाइएको छ। नेपालसहित भारत, भुटान, अष्ट्रेलिया, अमेरिका र क्यानाडाबाट समेत धर्मगुरु, आचार्य तथा विद्वानहरूको उपस्थिति रहने आयोजकको भनाइ छ। कार्यक्रम सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

    दक्षिण भारतीय शैलीमा …दिव्यदेशÚ निर्माण
    वि.सं. २०२८ मा स्थापना भई वि.सं. २०५१ मा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको यस संस्थाले नेपालका प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको मार्गदर्शनमा धर्म, शिक्षा र समाजसेवामा निरन्तर योगदान दिँदै आएको छ।
    संस्थाले हाल श्रीलक्ष्मीनारायण मन्दिर, योगिराज स्वामीजीको कुटी मन्दिर, कक्षा १० सम्म अध्ययन हुने श्रीअनन्तादर्श संस्कृत वेद विद्यालय, गौशाला, वैष्णवालय, छात्रावास, पुस्तकालय र यज्ञमण्डप सञ्चालन गर्दै आएको छ।
    मूल मन्दिर जीर्ण बन्दै गएपछि वि.सं. २०७८ वैशाख १६ गते दक्षिण भारतीय स्थापत्य शैलीमा …श्रीलक्ष्मीनारायण दिव्यदेशÚ निर्माणको शिलान्यास गरिएको थियो। करिब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म ११ करोड खर्च भइसकेको छ भने केही काम अझै बाँकी रहेको मन्दिरका सचिव हरिनारायण बाँस्कोटाले जानकारी दिनुभयो।

    निर्माण कार्य मुख्यतः भक्तजन तथा स्थानीय दाताहरूको सहयोगबाट सम्पन्न हुँदै आएको छ। भान्साघर निर्माणका लागि कोशी प्रदेश सरकारले हालसम्म ६० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ भने स्थानीय तहबाट १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ।

    भारतको तिरुपति मन्दिरमा दर्शनका लागि जानुपर्ने बाध्यता भएका भक्तजनहरूका लागि अब माइधारस्थित यस नवनिर्मित …दिव्यदेशÚ सहज धार्मिक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.