Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कारीतासको वित्तिय साक्षरता तालिमबाट १५० लाभान्वीत
    समाचार

    कारीतासको वित्तिय साक्षरता तालिमबाट १५० लाभान्वीत

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र २४, बिहीबार १७:३२ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा कारीतास नेपालले आयोजना गरेको वित्तिय साक्षरता तालिमबाट १५० स्थानीय युवा लाभान्वीत भएका छन् ।


    सुरुङ्गास्थित होटल क्विन प्यालेसमा सोमबारदेखि संचालन भएको पाँच दिवसीय तालिमको नाम अनुसारकै प्रसिद्धि कमाएका प्रशिक्षक लोकप्रिय खनालले सहजीकरण गरिरहेका छन् । कारीतास नेपाल क्षेत्रीय कार्यालय दमकका प्रमुख देवेन्द्र पोखरेलको सभापतित्वमा संचालन भएको तालिमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले हरेक युवाहरुले अब सिप सिकेर स्वावलम्बी बन्नु पर्नेमा जोड दिए । आफ्नो हातमा कुनै पनि कुराको सिप भएमा कसैको पनि बाटो हेर्नु नपर्ने भन्दै नगर प्रमुख पोखरेलले कारीतासले संचालन गरेका सिपमुलक तालिमबाट भरपुर फाइदा लिन सहभागीहरुलाई अनुरोध गरेका छन् ।


    कारितास जापानको आर्थिक सहयोग तथा कनकाई नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा कनकाईको वडा नं ३, ४ र ८ मा बिगत एक बर्षदेखि “सुरक्षित बैदेशिक रोजगारको सुनिश्चितता तथा आप्रवासीहरुको दिगो स्थानिय पुर्नस्थापना प्रवर्धन” नामक परियोजना सञ्चालन गर्दै आएकोछ । बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र मर्यादित बनाउने तथा फिर्ती आप्रबासीहरुलाई स्वदेशमै पुर्नस्थापना प्रवद्र्धन गर्न सहयोग गर्ने प्रमुख उद्येश्यका साथ सञ्चालित परियोजनाले यस क्षेत्रमा आफ्ना विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।


    यसै अवसरमा मानिसको दैनिक जिवनमा अति नै आवश्यक पर्ने वित्तिय साक्षरता सम्बन्धि पाँचदिवसीय तालिम सुरुङ्गामा संचालन भएको संस्थाका वरिष्ट सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिएका छन् । तालिमबाट जीवनमा सबैभन्दा ठूलो महत्व के रहेछ, आफ्नो जीवनस्तर कसरी उकास्ने भन्ने विषयमा ज्ञान प्राप्त भएको सहभागीहरुले बताए । त्यस्तै तालिममा सहभागी मीना खवास, सन्तोष चुडाल, मीना पाठक सिटौला लगायतले तालिमबाट आम्दानी र खर्चको सन्तुलन मिलाउँने तरिका साथै बचत गर्ने सिपको बारेमा नयाँ ज्ञान प्राप्त भएको बताए । कारीतास नेपालबाट अघिल्लो वर्ष मात्र प्राप्त तालिमका कारण आँफू आफ्नै गाउँघरमा उद्यमशिल बन्न थालिसकेको बताउँदै तालिममा सहभागी स्थानीय ४३ वर्षिय देवनारायण खड्काले कारीतासको हरेक तालिम व्यवहारीक भएको अनुभव सुनाए । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा १० वर्ष विताएका खड्का हाल ६ वर्षदेखि सुरुङ्गास्थित आफ्नै भूमिमा दैनिक जीवन गुजार्दैछन् । उनले एक वर्षअघि कारीतासबाट प्राप्त तालिमको हाल सदुपयोग गरिरहेको बताए ।

    परियोजनाका अधिकृत हिमालय अधिकारीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको तालिम कार्यक्रमको उद्घाटन समारोहको संचालन वरिष्ट सामाजिक परिचालक विवेक शिवाकोटीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.