Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सडक दुर्घटनामा परी निधन भएका बिष्ट दम्पतीको नाममा सहाराले दियो ३३ लाख
    समाचार

    सडक दुर्घटनामा परी निधन भएका बिष्ट दम्पतीको नाममा सहाराले दियो ३३ लाख

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र २२, मंगलवार ०९:०६ गते2 Mins Read

    कनकाई खबर \ झापाको विर्तामोड २ स्थित चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल साकोसका सवै सेवा केन्द्रहरुले संस्थाको २७ औं वार्षिकउत्सवको अवसरमा छुट्टा छुट्टै कार्यक्रम सम्पन्न गरेका छन् ।


    यसै क्रममा सुरुङ्गा सेवा केन्द्रले संस्थाको वार्षिक उत्सवको अवसरमा सडक दुर्घटनामा परी निधन भएका सुरुङ्गास्थित होटल हेवनका संचालक स्व.पुर्णबहादुर बिष्ट (राज) र उनकी श्रीमती भिमा कार्की विष्टका छोरा निशान विष्टलाई सहयोग स्वरुप ३३ लाख बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ, सुरुङ्गा सेवा केन्द्रका संयोजक खड्ग प्रसाईँ लगायतले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।


    संस्थाको लघुवित्त तर्फकी सदस्य स्व.भीमा विष्टले लघुवित्त मार्फत ११ लाख कर्जा लिएको सेवा केन्द्र सुरुङ्गाका प्रमुख टिका प्रधानले बताए । संस्थाको नियमअनुसार ऋणी सदस्यको निधन भएको अवस्थामा ऋणीले लिएको कर्जाको दोब्बर साथै ऋण लिए बराबरको हिस्सा श्रीमान तर्फ पनि भाग लाग्ने भएपछि थप ११ लाख गरी जम्मा ३३ लाख ८ हजार बराबरको चेक छोरा निशान विष्टलाई हस्तान्तरण गरिएको हो । संस्थाले प्रत्येक ऋणी सदस्यको विमा गरिदिने भएकाले ऋणी सदस्यको निधन भएमा विमा बापतको रकम परिवारका सदस्यलाई दिँदै आएको बताइएको छ । विष्ट दम्पतिको गत साउनमा दमक चिया बगान सडक खण्डमा मोटरसाईकल दुर्घटनामा परी घटनास्थलमै निधन भएको थियो ।


    वार्षिक उत्सवकै अवसरमा संस्थाले सफल उद्यमी सदस्यका रुपमा सीतामाया लिम्बू र मरीयमकुमारी लिम्बूलाई नगदसहित प्रशंसा पत्रले सम्मान गरेको छ । संस्थाको सेवा केन्द्र सुरुङ्गाका संयोजक खड्ग प्रसाईँको सभापतित्व रहेको कार्यक्रममा संयोजक प्रसाईँले संस्थाको समग्र वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

    सेवा केन्द्र प्रमुख टिका प्रधानले केन्द्रको प्रगति विवरण प्रस्तुत गरेका थिए । सेवा केन्द्र सुरुङ्गामा १७० वटा समूह रहेका छन् भने सदस्य संख्या ४ हजार ८ सय १७ रहेको प्रमुख प्रधानले जानकारी दिए । सेवा केन्द्रले हाल ३६ करोड बचत गरेको छ भने ५१ करोड कर्जा लगानी गरेको साथै २ करोड २६ लाख नाफा आर्जन गर्न सफल भएको बताइएको छ । सेवा केन्द्रकी सदस्य सीता बस्नेतको स्वागत तथा सदस्य विनोद थपलियाले संचालन गरेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, कनकाई ४ का वडाअध्यक्ष गोविन्द पौडेल लगायतले संस्थाको सफलताको कामना व्यक्त गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.