Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमालेले अब न्यायप्रेमी जनतासँग गठबन्धन गर्ने ः पुर्व मन्त्री खरेल
    राजनीति

    एमालेले अब न्यायप्रेमी जनतासँग गठबन्धन गर्ने ः पुर्व मन्त्री खरेल

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र १८, शुक्रबार १५:५५ गते2 Mins Read

    कनकाई खबर \ पुर्व मन्त्री एवम् नेकपा एमाले झापाका इञ्चार्ज अग्नी खरेलले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षीत गर्दै एमालेले अब न्यायप्रेमी जनतासँग गठबन्धन गरेर निर्वाचन हाँक्ने तयारीमा रहेको बताए ।

    झापाको कनकाईमा नेकपा एमाले नगर कमिटीको निर्वाचन अभियान परिचालन समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता एवम् पुर्व मन्त्री खरेलले विकास र समृद्धिको सम्बाहकका रुपमा रहेको एमालेका विरुद्धमा केही राजनीतिक दलहरुले गठबन्धनको नाटक गरेर जनतालाई झुक्याउँने काम गर्न थालेको बताएका छन् । आँफैमा विचार नमिल्ने शक्ति नेपाली कांग्रेस र माओवादीले अहिले लाच पचाएर गठबन्धनको नाममा जनतालाई झुक्याउँने काम गर्न थालेकाले न्यायप्रेमी जनतालाई सचेत हुन नेता खरेलले अनुरोध गरेका छन् ।


    निर्वाचन अभियान परिचालन समिति कनकाईका संयोजक रविन्द्र लम्सालको सभापतित्वमा सम्पन्न एमालेको अभिमुखीकरण कार्यक्रममा संविधान सभा सदस्य एवम् पार्टीका जिल्ला उपाध्यक्ष प्रेम गिरीले गठबन्धनकारी दलहरु अब आफ्नो पार्टीको चुनाव चिन्ह बिर्सिएर अर्को पार्टीको प्रचारमा लाग्नु आफैमा कमजोर देखिएको बताए । आसन्न स्थानीय निर्वाचनको संघारमा एमालेलाई कमजोर बनाउँन पाँच दलिय गठबन्धनले कनकाई नगरपालिकालाई लगाएको आरोप निराधार भएको बताउँदै नेता गिरीले गठबन्धनसँग अब एमाले झापाले मुकाबिल्ला गर्ने प्रष्ट पारे । भ्रष्टचारमुक्त जनप्रतिनिधिहरुले नेतृत्व गरेको कनकाई नगरपालिका हरेक हिसाबले नेपालकै पहिलो स्थानमा रहेको बताउँदै नेता गिरीले आसन्न निर्वाचनमा एमालेसँग त्रसित बन्दै आएका दलहरुले कोरीया काण्डलाई मसला बनाएर जनताको आँखामा छारो हाल्न खोजेको प्रतिक्रिया दिए । कोरीया पुगेका कनकाईका युवा के कारणले स्वदेश फर्किनु परेको हो भन्ने विषयलाई प्रचारमा ल्याएर सम्बन्धित युवाको व्यक्तिगत चरित्रको हत्या गर्न गठबन्धनका दललाई कसले अधिकार दियो ? नेता गिरीले प्रति प्रश्न गरे ।


    कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले नगरपालिकाको पाँच वर्षे विकास गतिविधि सार्वजनिक गरेका थिए । प्रदेश सभा सदस्य एवम् एमाले क्षेत्र नं.४ झापाका इञ्चार्ज हिरा थापाले पाँच दलको गठबन्धनदेखि सचेत हुनु पर्ने बताउँदै यसले एमालेलाई समेत फाटो ल्याउँने षडयन्त्र गरिरहेको बताए । शेरबहादुर देउवाको दौराको फेरो समातेर बैशाखीको भरमा हिडेको गठबन्धनका कारण एमाले झन शक्तिशाली बन्दै गएको नेता थापाले प्रष्ट पारे ।

    कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले पाँच वर्षमा भएका प्रगति साथै दिर्घकालिन रुपमा आयआर्जन गर्ने योजना निर्माणमा कनकाई नगरपालिका अघि बढिरहेको बताए । एमाले जिल्ला सदस्य ओम पाठकले स्वागत गरेको कार्यक्रममा पार्टीका स्थानीयदेखी माथिल्लो निकायका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको एमाले कनकाई नगर कमिटी अध्यक्ष खड्ग प्रसाईँले जानकारी दिए । कार्यक्रमको संचालन उपाध्यक्ष विनोद रानाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.