Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका ७२ पत्रकारले लिए निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता तालिम
    समाचार

    झापाका ७२ पत्रकारले लिए निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता तालिम

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र १५, मंगलवार १४:४२ गते3 Mins Read

    कनकाई खबर \ निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

    नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा भएको प्रशिक्षणमा जिल्लाका क्रियाशील ७२ जना संचारकर्मीको सहभागिता रहेको थियो ।
    महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अनलाइन खवरका प्रधानसम्पादक शिव गाउँलेले सहभागीलाई प्रशिक्षण दिएका थिए । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणको उद्घाटन महासंघ शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल र मोहनकाजी न्यौपानेले संयुक्त रुपमा गरेका थिए ।


    नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण उद्घाटन समारोहमा पूर्व अध्यक्ष दाहाल, फोनिजका निवर्तमान प्रदेश इञ्चार्ज दिपीन राई, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मनकुमार गदाल, नेपाल प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साई, प्रेस सेन्टरका जिल्ला सचिव उद्धव पुरी, संघीय प्रेस मञ्चका अध्यक्ष दिलकुमार लावतीले शुभकामना मन्तव्य राखेका थिए ।
    उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष सुशीला संग्रौलाले धन्यवाद ज्ञापन गरेकी थिइन् । सचिव डिकेश लामा र सह सचिव अर्जुन राजवंशीले सञ्चालन गरेको कार्यक्रममा सहभागीका तर्फबाट पर्वत पोर्तेल र शान्ति सुब्बाले आफ्ना अनुभव सुनाएका थिए ।


    खोज पत्रकारिता केन्द्रका पूर्व सम्पादक समेत रहेका प्रशिक्षक गाउँलेले अहिलेसम्म नलेखिएका विषयमा खोज मुलक समाचार लेख्नु पर्नेमा जोड दिए । उनले पत्रकार आचारसंहिता र निर्वाचन आयोगले जारी गरेको आचार संहितालाई अनिवार्य रुपमा पालना गर्नु पर्ने बताए । आचारसंहिता उल्लङ्घन गर्ने छुट कसैलाई नहुने भन्दै गाउँलेले उजुरी पर्ने हो भने आचारसंहिता उल्लङ्घन गर्नेहरु सबै दण्डित हुने बताए । गाउँलेले पत्रकारले अहिलेसम्म नलेखेका विषयमा प्रष्ट्याएका थिए । उनले निर्वाचनका बेला समाचार लेख्दा ध्यान पुर्याउनुपर्ने विषय, लेख्नुपर्ने विषय र लेख्न नहुने विषय सहभागीलाई जानकारी गराए । निर्वाचनका बेला आचारसंहिता पालनामा अझ विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए । सहभागीले आसन्न निर्वाचनका सन्दर्भमा प्रशिक्षण प्रभावकारी भएको र आफ्नो पत्रकारिताको मूल्यांकन गर्ने अवसरसंगै नयाँ ढंगले अघि बढ्नका लागि ज्ञान सीप हासिल भएको बताए ।

    गाउँलेको हेराईमा मिडियाले के लेखेनन् ?


    बहुमतको दुरुपयोग सम्बन्धी राम्रा स्टोरी लेखिएनन् । वडा अध्यक्षहरु दबाबमा छन् ः उनीहरुका सम्बन्धमा गतिला स्टोरी लेखिएनन् । बनेका धेरै कानुनहरु कार्यन्वयनमा छैनन् भन्नेबारे लेखिएन । महानगरपालिका माथिको आकर्षण पनि लेखिएन । गाउँपालिका÷नगरपालिकाले सिमान्तकृत, अल्पसंख्यक र उत्पिडित समुदायका लागि बिशेष के कार्यक्रम गरे ? आयआर्जन, सिलाईबुनाइ हैन कि बजेटको कति प्रतिसत हिस्सा उनीहरुका लागि खर्च भयो भनेर हामीले खोजेनौ ।

    ऐन, नियम मार्फत संघ र प्रदेशको थिचोमिचो , करका दरमा , अधिकार पनि दुरुपयोग पनि लगायतका विषयमा पत्रकारको ध्यान पुगेन ।
    गाउँलेको प्रश्न छ– उपमेयर पदलाई अलि बढि ‘ग्ल्यामर’ बनार्यौ कि हामीले ? लोकतन्त्र तलसम्म पुग्यो कि पुगेन ? ‘स्थानीय निकाय’ बाट ‘स्थानीय तह’ अझ ‘स्थानीय सरकार’ हुँदाका संक्रमणहरु बारे हामीले पाठक, दर्शक र स्रोतालाई राम्ररी बुझाएनौ कि ? स्थानीय सरकारमा निर्वाचित भएका दलित प्रतिनिधिहरुको हालत के छ ? उनीहरुले स्थानीय सरकारमा आफुहरु हुनु नहुनुको कुनै अर्थ थाहा पाए ? कुनै परिर्वतन आयो ? आत्माविश्वास बढाउने कुनै काम भयो ? उनीहरुको मुद्धाले कुनै प्राथमिकता पायो ? स्वार्थ बाझिने बिषयमा हामीले कति गतिलो गरी स्टोरी ग¥र्यौ ? जनताको घर दैलोको सरकारले गाउँ गाउँमा कस्तो न्याय व्यवस्था बसायो त ? अथवा उनीहरुलाई न्याय व्यवस्था हाम्रो पहुँचमा आयो भन्ने भयो ?

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.