कनकाई खबर \ निर्यात व्यपारलाई कसरी बढावा दिन सकिन्छ भन्ने उद्येश्यका साथ झापाको सुरुङ्गामा संचालन भएको चार दिवसीय तालिम सम्पन्न भएको छ ।
निर्यात व्यपारकालागि अन्तर्राष्ट्रिय स्तरको बजार कसरी पहिचान गर्ने भन्ने विषयमा केन्द्रित रहेको तालिमबाट २५ जना लाभान्वीत भएको सुरुङ्गा जेसीजकी अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीले बताएकी छन् । नेपाल सरकारको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र साथै सुरुङ्गा जेसीजको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो । नेपालको उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय स्तरको बजार सम्म पुर्याउँन सकिन्छ भन्ने विषयमा केन्द्रित तालिमले निर्यात व्यपारका सम्बन्धमा आधारभुत ज्ञान दिएको प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस खनालले बताएका छन् । आगामी दिनमा समेत सुरुङ्गा जेसीजले माग गरेको खण्डमा जेसीजसँगको सहकार्यमा थप कार्यक्रम संचालन गर्न आँफूहरु उत्साहित भएको कार्यकारी निर्देशक खनालले प्रतिवद्धता जनाए ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशकद्वय राजेन्द्र सिंह र सिद्धिचरण दाहाल, वरिष्ठ अधिकृत गोविन्द आचार्यले सहजीकरण गरेको तालिममा अन्तर्राष्ट्रिय बजारका समस्या साथै समाधानको उपायका बारेमा प्रष्ट पारेको बताइएको छ । तालिमबाट प्राप्त उपलव्धीलाई व्यवहारमा उतार्न सक्ने हो भने यसबाट अन्तर्राष्ट्रिय बजारको पहिचान गरेर उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउँन सहज हुने बताइएको छ ।
चार दिवसीय तालिमबाट जीवनको अति नै आवश्यक कुराको ज्ञान प्राप्त भएको भन्दै सहभागीका तर्फबाट मन्जीता भट्टराई र पंकज मेहताले तालिम उपलव्धीमूलक भएको बताए । सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीको सभापतित्वमा संचालन भएको कार्यक्रम नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष एवम् सफल उद्योगी भोलेश्वर दुलालबाट उद्घाटन भएको हो भने नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस खनालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष शिव कडेलले नेपाल सरकारको आयोजनामा भएको तालिम कार्यक्रमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न सकेमा तालिमको सार्थकता हुने बताए ।
सुरुङ्गा जेसीजकी निवर्तमान अध्यक्ष यदुका उप्रेती(उषा), पुर्व अध्यक्ष सरला दहाल पोखरेल लगायत जेसीज पदाधिकारीहरुको सहभागीता रहेको समापन कार्यक्रमको संचालन सुरुङ्गा जेसीजकी कार्यकारिणी उपाध्यक्ष मेनुका उप्रेतीले गरेकी थिइन् । सुरुङ्गा जेसीजका तालिम संयोजक जेसी रिसभसिंह चाहारले तालिममा सहभागीसहित प्रशिक्षक सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।