Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अन्तर्राष्ट्रिय स्तरको बजार पहिचानकालागि सुरुङ्गामा तालिम सुरु
    आर्थिक

    अन्तर्राष्ट्रिय स्तरको बजार पहिचानकालागि सुरुङ्गामा तालिम सुरु

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र ९, बुधबार १४:३७ गते2 Mins Read

    कनकाई खबर / नेपालको उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय स्तरको बजार सम्म पुर्याउँन सकिन्छ भन्ने उद्येश्यका साथ झापाको सुरुङ्गामा चारदिवसीय आयात निर्यात सम्बन्धिको तालिम संचालन भएको छ ।

    कनकाई ३ सुरुङ्गास्थित होटल क्विन प्यालेसमा मंगलबारदेखी संचालन भएको तालिम कार्यक्रमको नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष एवम् एक सफल उद्योगी भोलेश्वर दुलालले उद्घाटन गरेका हुन् । ट्रेड एण्ड एक्सपोर्ट प्रमोशन सेन्टर काठमाण्डौ एवम् सुरुङ्गा जेसीजको संयुक्त आयोजनामा संचालन भएको तालिम कार्यक्रमको सिमित सिटमा २५ जनाको सहभागीता रहेको सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीले जनाएकी छन् ।


    तालिम कार्यक्रमको नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशकद्वय राजेन्द्र सिंह र सिद्धिचरण दाहाल, वरिष्ठ अधिकृत गोविन्द आचार्यले सहजीकरण गरिरहेको बताइएको छ । तालिमबाट प्राप्त उपलव्धीलाई व्यवहारमा उतार्न सक्ने हो भने यसबाट अन्तर्राष्ट्रिय बजारको पहिचान गरेर उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउँन सकिने विश्वस दिलाउँदै सहजकर्ता उपनिर्देशक राजेन्द्र सिंहले सहभागी सबैलाई तालिमबाट भरपुर उपलव्धी हात पार्न अनुरोध गरेका छन् ।

    देशमा भएको प्रशस्त कच्चा पदार्थको सहि सदुपयोग हुन नसक्दा विदेशिएका युवाहरुलाई स्वदेशमै सम्भावनाको खोजी गरी आत्मनिर्भर बन्न तालिम फलदायी बन्ने विश्वास गरिएको छ । दैनिक जीवनको आयात बढिरहेको छ तर अतिआवश्यकीय बस्तुको समेत निर्यात हुन नसक्नु दुर्भाग्य भएको भन्दै उत्पादनमुखी कार्यमा अघि बढ्न यो चारदिने तालिमले मार्गनिर्देश गर्ने विश्वास गरिएको तालिममा सहभागी रोटरी क्लव अफ सुरुङ्गाका उपाध्यक्ष समेत रहेका स्थानीय व्यवसायी लुवराज उप्रेतीले जानकारी दिए ।

    सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीको सभापतित्व एवम् नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष एवम् सफल उद्योगी भोलेश्वर दुलालको प्रमुख आतिथ्य रहेको तालिम उद्घाटन समारोहमा नेपाल जेसीजका राष्ट्रिय महासचिव कृष्ण सापकोटा, नेपाल जेसीज निरुपित क्षेत्र (क) का राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा लिम्बू, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष एवम् उद्योग वाणिज्य महासंघ १ नं.प्रदेशका सदस्य कुमारमणि पोखरेल लगायतले तालिमबाट सिकेका कुराले सामाजिक जीवनमा परिवर्तन आउँनु पर्नेमा जोड दिए ।

    सुरुङ्गा जेसीजकी निवर्तमान अध्यक्ष यदुका उप्रेती(उषा)को स्वागत तथा जेसीजकी शिक्षा संयोजक निर्मला खड्काले आस्था वाचन गरेको औपचारीक कार्यक्रममा जेसी प्रताप कट्टेलले जेसीजको मिसन भिजन प्रस्तुत गरे । कार्यक्रम संयोजक जेसी रिसभसिंह चाहारले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सुरुङ्गा जेसीजकी महासचिव मेनुका उप्रेतीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.