Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईकै नमुना सडक बन्यो शान्ति टोलको शान्ति मार्ग
    समाचार

    कनकाईकै नमुना सडक बन्यो शान्ति टोलको शान्ति मार्ग

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र ५, शनिबार ११:०४ गते3 Mins Read

    कनकाई खबर / कनकाई ४ स्थित शान्ति टोलमा पेवर्स प्रयोग गरी निर्माण कार्य सम्पन्न भएको शान्ति मार्गको एक विशेष समारोहका विच उद्घाटन गरिएको छ ।


    हाम्रा स्थानीय सम्बाददाता सिएम शर्माले दिएको जानकारी अनुसार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल साथै कनकाईको वडा नं. ३ र वडा नं.४ का वडाअध्यक्षद्वय रुद्रप्रसाद चिमरीया एवम् गोविन्द पौडेलले संयुक्त रुपमा रिवन काटेर सडकको उद्घाटन गरेका हुन् ।


    कनकाईको वडा नं. ३ र ४, स्थानीय उपभोक्ता साथै नगरपालिकाको साझेदारीमा कनकाई ४ शान्तिटोलको पश्चिम तर्फ साथै लक्ष्मी मार्गबाट पुर्व तर्फ कनकाई ३ को योगमाया मार्ग सम्म जोड्ने २० फिट चौडा भएको ३ सय १ मिटर पेवर्स सडक निर्माण सम्पन्न भएको हो । वडा नं.४ को क्षेत्रमा २ सय २६ मिटर र वडा नं. ३ को क्षेत्रमा ७५ मिटर सडक पेवर्स भएको बताइएको छ ।


    शान्ति टोल १ नम्बर मार्ग निर्माण समितिले झण्डै ३२ लाखको लागतमा संपन्न गरेको मार्ग निर्माणकालागि स्थानीय उपभोक्ताबाट ७ लाख ६६ हजार ८ सय , नगरपालिकाबाट ५ लाख ७० हजार , कनकाई ३ बाट २ लाख ५० हजार र कनकाई ४ बाट १५ लाख ५० हजार प्राप्त भएको बताइएको छ । उक्त मार्ग स्थानीय युवाहरुबाट संचालित एबीसी कंक्रिट एण्ड कन्ट्रक्सन प्रालिको सल्लाह र सहयोगमा उपभोक्ता समितिले निर्माण गरेकोे हो ।


    सडक उद्घाटन पछि सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले शान्ति टोलले गरेको कामको प्रशंसा गरे । शान्ति टोलको १ नम्बर मार्गमा भएको निर्माण कार्य पेवर्सबाट बनेका नगर क्षेत्रका अन्य मार्ग भन्दा फराकिलो , लामो साथै उत्कृष्ट भएको र नगरकै नमुना सडक भएको भन्दै टोल भित्रका अरु सडकको निर्माण कार्यमा हौसला प्रदान गरेको हुनुपर्ने नगर प्रमुख पोखरेलले बताए ।

    त्यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरियाले शान्ति टोलकै सक्रियताले यस टोलसंग जोडिएको ७५ मिटर सडक वडा नं.३ मा पनि निर्माण भएको बताए । त्यस्तै वडा नम्बर ४ का अध्यक्ष गोविन्द पौडेलले वडा नं.४ मा सबै सडक कच्ची भएको अवस्थामा यो ५ बर्षको अवधिमा सडकको स्तरोन्नति तर्फ लाग्नु परेको जानकारी गराउदै यस्तो अवस्थामा शान्ती मार्ग नमुना मार्ग बनेको र अब अरु मार्ग पनि यसरी नै निर्माण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।


    शान्तिटोल विकास संस्थाले सडक उद्घाटनसँगै अन्तरक्रिया कार्यक्रम समेतको आयोजना गरेको थियो । शान्ति मार्ग १ निर्माण समितिका संयोजक पुर्णबहादुर बरालको अध्यक्षतामा सम्पन्न सडक उद्घाटन सहितको अन्तरक्रिया कार्यक्रममा टोल विकास संस्थाका संयोजक शिक्षासेवी दुर्गाप्रसाद चापागाईंले भावीयोजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै शिक्षक बुद्धिजीवी खड्गप्रसाद बिमली , स्थानीय उपभोक्ता पुर्ण पोखरेल , पत्रकार चुडामणि तिम्सिना लगायते कृषि मल , तालिम र सहभागीता , इन्डक्सन चुल्हो जस्ता विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका सवालको नगर प्रमुख पोखरेलले जवाफ दिएका थिए ।


    शान्ति टोल विकास संस्थाका उपाध्यक्ष भवानी निरौलाले स्वागत तथा निर्माण समितिका सचिव गुरुप्रसाद गौतमले संचालन गरेको कार्यक्रममा कनकाई वडा नं. ३ र ४ का जनप्रतिनिधिहरु छवि थपलिया , युवराज चौलागाईं , रोशन सुवेदी , गीता कडेल दर्जी , शिक्षा सेवी बुद्धिजीवी डा.पुण्यप्रसाद पौडेल , खड्गप्रसाद बिमली, युवा व्यवसायी दिपक चापागाईं, समाजसेवी तारकुमार कार्की , गोविन्द चापागाईं , जेष्ठ नागरिक सुदर्शन निरौला, एबीसी कंक्रिट एण्ड कन्ट्रक्सन प्रालिका सन्चालकहरु टिकाराम अधिकारी , गोकुल उप्रेती , निलकृष्ण उप्रेती लगायत स्थानीय उपभोक्ताको बाक्लो उपस्थित रहेको थियोे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.