Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई उद्योग वाणिज्य संघमा नयाँ प्याकेज लिएर आए विमली
    समाचार

    कनकाई उद्योग वाणिज्य संघमा नयाँ प्याकेज लिएर आए विमली

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र ४, शुक्रबार ०१:२० गते2 Mins Read

    कनकाई खबर \ कनकाई उद्योग वाणिज्य संघको अध्यक्षमा युवा उद्यमी तुलसी बिमली सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।


    संघको हालै सम्पन्न सातौ वार्षिक साधारण सभा एवम् तेस्रो अधिवेशनबाट युवा व्यवसायी विमली अध्यक्षमा सर्वसम्मत भएका हुन् । निर्वाचन समितिले सर्वसम्मत भएको घोषणा गरेसँगै नवनिर्वाचित अध्यक्ष विमलीले कनकाई खबरसँगको संक्षिप्त कुराकानीमा कनकाई उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुलाई व्यवसायीहरुकै संस्थाका रुपमा अनुभुती दिलाउँने गरी थप नयाँ योजना अनुसार अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । नयाँ प्याकेजका साथ वाणिज्य संघको नेतृत्व सम्हाल्न आँफु आएको नवनिर्वाचित अध्यक्ष विमलीले प्रतिक्रिया दिए ।

    स्थानीय स्तरमा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थाहरु मध्ये सुरुङ्गा जेसीज, रोटरी क्लव लगायतका संस्थामा समेत विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गरिसकेका विमलीले यस अघि कनकाई उद्योग वाणिज्य संघको महासचिवको जिम्मेवारी सफलतापुर्वक सम्हालिसकेका छन् । नेपाली कांग्रेस कनकाई ३ का वडासभापति समेत रहेका विमली सुरुङ्गास्थित चेलीबेटी ज्वेलर्सको संचालकका रुपमा रहेर व्यवसायी माझ लोकप्रिय बन्दै आएका हुन् ।
    विहिवार सम्पन्न निर्वाचन प्रक्रियामा बिमली सहितको सिंगो टिम सर्वसम्मत भएको निर्वाचन आयुक्त प्रेमप्रसाद चुडाल(प्रकाश)ले बताए । विभिन्न सामाजिक संघसंस्थाहरुको नेतृत्व तहमा रहेका सामाजिक अभियन्ताहरु नै यस व्यवसायीक संस्थाको जिम्मेवारीमा आएका कारण कनकाई उद्योग वाणिज्य संघले व्यवसायीहरुका विच थप रचनात्मक कार्य गर्ने विश्वास गरिएको छ ।


    अध्यक्षमा विमलीसँगै सर्वसम्मत भएका अन्य पदाधिकारी तथा सदस्यहरुमा क्रमशः वरिष्ठ उपाध्यक्षमा जनक काकीर्, वाणिज्य उपाध्यक्षमा जविन तिम्सिना, उद्योग उपाध्यक्षमा डिल्लीराम पाठक, महासचिवमा सरोज सिटौला, वाणिज्य सचिवमा अनिता मैनाली, उद्योग सचिवमा टिकाराम बराल र कोषाध्यक्षमा गोमादेवी कार्की रहेका छन् । कार्की यसअघि लामो समय उद्योग वाणिज्य संघको कार्यालय सचिवको जिम्मेवारीमा रहेकी थिइन् । सदस्यहरुमा क्रमशः भविन्द्र भण्डारी (झापा गाउँपालिका) उत्सव वास्तोला, हरिकुमार कार्की, कमल श्रेष्ठ, विन्दुराज दाहाल, तारानाथ प्रसाई, टंकप्रसाद भट्टराई, चन्द्रा वुडाथोकी, रुना श्रेष्ठ, चन्द्रकला भेट्वाल रहेको निर्वाचन समितिका सदस्य त्रिलोचन उप्रेतीले जानकारी दिए ।


    संघको कार्यसमिति सर्वसम्मत बनाउँनकालागि स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलहरुको दलिय सहमतिमा सम्भव भएको बताइएको छ । सामाजिक संघसंस्थाहरुको नेतृत्व परिवर्तनकालागि पछिल्लो समय राजनीतिक दलहरुले खेलेको भुमिकालाई स्थानीयवासीले स्वागत योग्य कामका रुपमा लिएको बताइएको छ । निर्वाचन प्रक्रियालाई सहजीकरण गर्न स्थानीय वौद्धिक व्यक्तित्व प्रेमप्रसाद चुडालको संयोजकत्वमा लिलाप्रसाद भेट्वाल र त्रिलोचन उप्रेती सदस्य रहेको निर्वाचन मण्डलले भुमिका खेलेको बताइएको छ । संघको नवनिर्वाचित कार्यसमितिले एक विशेष समारोहका विच चाँडै पदभार ग्रहण गर्ने जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.