Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » किसानको पशुधन संरक्षणकालागि कनकाईमा पशु विमा धमाधम
    समाचार

    किसानको पशुधन संरक्षणकालागि कनकाईमा पशु विमा धमाधम

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र ३, बिहीबार ०८:०१ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले किसानको पशुधन संरक्षणकालागि नगरका सबै वडामा पशु विमा कार्यक्रम संचालन गरेको छ ।


    पशु विमालाई थप व्यवस्थित बनाउँन विमा कम्पनीसँग गरेको सम्झौता अनुसार नगरपालिकाले कामलाई तिव्रता दिन थालेको हो । कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै आएको कनकाई नगरपालिकाले यस आ.व.मा २० हजार पशु चौपायको विमा गर्ने लक्ष्य राखेको बताइएको छ ।


    कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजीकरणमा संचालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तर्गतको पशु विमा कार्यक्रमकालागि यस अघि नै हिमालयन इन्सोरेन्स कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भए अनुसार विमा कार्यक्रम संचालन भएको हो । कनकाईको वडा नं.७ बाट पशु विमा कार्यक्रमको उद्घाटन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले विमा कार्यक्रमबाट वास्तविक कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको बताए ।कृषि तथा पशुपालनलाई नै मुख्य व्यवसाय बनाउँदै आएका कनकाई नगर क्षेत्रका कृषकहरुलाई लक्षित गरी नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र अभियान नेपालसँगको साझेदारीमा पाँच करोडको कार्यक्रम संचालनमा ल्याएको कनकाई नगर प्रमुख पोखरेल बताउँछन् ।


    पशुधनको विकास अनि संरक्षणकालागि यस अघि पनि कनकाई नगर क्षेत्रमा सप्ताह व्यापी पशुस्वास्थ्य शिविर संचालन भइसकेको बताइएको छ । यसै गरी पशु स्वास्थ्य विमाको कार्यक्रमलाई पनि अभियानका रुपमा अघि बढाइने लक्ष्य रहेको नगर प्रमुख पोखरेल बताउँछन् । आफ्नै भूमिमा केही गर्न चाहने नगरवासीले अब विदेशिनु नपर्ने व्यवस्थाकालागि कनकाई नगरपालिकाले नगर समृद्धिका थप योजना अघि सारेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।


    कनकाईको पशु विमा कार्यक्रमकालागि संघीय सरकारबाट ८० प्रतिशत प्रिमियम अनुदानमा उपलव्ध हुने छ भने कनकाई नगरपालिकाबाट थप एक लाख रुपैंयाँ बराबरको प्रिमियम अनुदानमा व्यवस्थापन गरीएको परियोजनाका प्राविधिक संयोजक जीवन सुवेदीले जानकारी दिए । यस आधारमा एउटा पशु चौपायको एक लाख बराबरको बिमा गर्दा कृषकले ६ सय ५० रुपैंया मात्र बुझाउँनु पर्ने गरी व्यवस्था भएको प्राविधिक सुवेदी बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.