Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका सबै वडा कार्यालय अब आफ्नै भवनमा
    समाचार

    कनकाईका सबै वडा कार्यालय अब आफ्नै भवनमा

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र ३, बिहीबार ०६:५६ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा रहेका नौ वटै वडा कार्यालयहरु आफ्नै भवनबाट सेवा संचालनको तयारीमा जुटेका छन् ।

    जनतालाई घर घरमै सिंहदरवारको अनुभुती दिलाउँने अभियानमा क्रियाशिल जनप्रतिनिधिहरुको पहल साथै स्थानीयवासीको साथ र सहयोगमा यो सम्भव भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल बताउँछन् । कनकाईको वडा नं. ७ मा नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन, भवन हस्तान्तरण एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले नगरवासीको स्वास्थ्य सुरक्षाका निम्ति स्थानीय सरकार गम्भीर रहेको बताएका छन् ।


    नगर प्रमुख पोखरेलले निर्वाचनका समयमा जनता समक्ष गरेका प्रतिवद्धता अधिकांश पूरा भइसकेको बताउँदै नगर क्षेत्रभित्र भएका पूर्वाधार विकास, कृषि, शिक्षा,स्वास्थ्य, खानेपानी, विद्युत विस्तार, पर्यटन प्रवद्र्धन, गरिवी न्युनिकरण लगायतका क्षेत्रमा ६० वर्षमा नभएको विकास यो पाँच वर्षको अवधिमा हुनु सामान्य कुरा नभएको प्रष्ट पारेका छन् ।

    विकास निर्माणकै चरणमा रहेको कनकाईमा वडा कार्यालयहरु समेत धमाधम वडामा नै संचालनमा रहनु विकासकै एउटा महत्वपूर्ण पाटो भएको नगर प्रमुख पोखरेल बताउँछन् । यसै क्रममा निर्माण कार्य भइरहेको वडा नं.७ को वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न नहुन्जेल वडाको समेत सम्पूर्ण कार्य संचालन हुने गरी आधारभुत सहरी स्वास्थ्य केन्द्रबाट सेवा सुरु भएको बताइएको छ । कार्यक्रममा नगर प्रमुख पोखरेलले भवनको साँचो नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र कनकाई ७ का प्रमुख शिव प्रसाद शाहलाई हस्तान्तरण गरेका छन् ।


    नवनिर्मित आधारभुत सहरी स्वास्थ्य केन्द्र भवन निर्माणकालागि ३१ लख, ९३ हजार, ७ सय ७१ रुपैंयाको बजेट खर्चमा निर्माण सम्पन्न भएको निर्माण समितिका सचिव परशुराम दहालले जानकारी दिएका छन् । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाल्नु अघि सामान्य अवस्थामा संचालनमा रहेको साविक सुरुङ्गा र घैलाडुवा गाविस भवनमा समेत हाल वडा कार्यालय संचालनमा रहेका छन् । त्यस्तै अन्य केही वडा कार्यालय बाहेक अधिकांश वडाहरु आ—आफ्नै वडामा भवन व्यवस्थापन गरी संचालनमा आएका छन् । कनकाई नगरपालिकाको कार्यालय वडा नं.१मा पर्ने भएकाले हाल सम्म वडा नं.१ को समेत सम्पूर्ण सेवा नगरपालिकाको कार्यालयबाटै संचालनमा रहेका छन् भने अन्य वडाहरुले कार्यालय व्यवस्थापन गरिसकेको बताइएको छ ।


    कनकाई ७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्वाको सभापतित्व एवम् नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा भवन निर्माणकालागि जग्गादान गर्ने दातासहित वडाको हरेक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने ३१ जना विभिन्न व्यक्तित्वहरुलाई विशेष सम्मान गरिएको वडासदस्य प्रकाश शिवाकोटीले जानकारी दिए । कार्यक्रममा कनकाई ८ का वडाअध्यक्ष प्रेम कट्वाल, साझा बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्षगोपाल उप्रेती, कनकाई नगरपालिकाका जनस्वास्थ्य प्रमुख नारायण अधिकारी , नेपाली कांग्रेस कनकाई ७ का वडासभापति ईश्वरीप्रसाद शिवाकोटी, सम्मानित व्यक्तित्व राधा खड्का, समाबेसी टोल विकास संस्थाका अध्यक्ष तुलसीराज सुबेदी , नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र भवनका प्रमुख शिवप्रसाद शाह, सरस्वती वाल क्लवकी उपाध्यक्ष एनिङ कन्दङवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    वडासदस्य गीता चौहानले स्वागत गरेको कार्यक्रमको संचालन वडा सदस्य प्रकाश शिवाकोटीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.