Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » खेलकुद महासंघ कनकाई अध्यक्षमा सुवेदी
    खेलकुद

    खेलकुद महासंघ कनकाई अध्यक्षमा सुवेदी

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २९, आईतवार २३:४९ गते2 Mins Read

    कनकाई खबर \ नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको कनकाई नगर अध्यक्षमा गोविन्द सुवेदी सर्वसम्मत चयन भएका छन् ।

    ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ नारासहित सम्पन्न कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रथम नगर अधिवेशनबाट सुवेदीको नेतृत्वमा ७१ सदस्यीय नगर कमिटी गठन गरिएको हो । कनकाई खेलकुद प्रतिष्ठान (कासा) का कार्यसमिति सदस्य, पुकार अपाङ्ग अशक्त सेवा समाजका सचिव, फ्रेन्ड्स् ग्रुप नेपाली मञ्च नेपालका केन्द्रीय सचिव लगायतका विभिन्न सामाजिक संघसंस्थामा रही जनसेवामा समर्पित रहेका सुवेदी कनकाई नगर क्षेत्रमा युवामाझ अति नै लोकप्रिय मानिन्छन् । हाल सुवेदी एमाले कनकाई ३ नम्बर वार्डको सहसचिवको भुमिकामा समेत रहेका छन् । कोभिड–१९ महामारीको समयमा उनले व्यक्तिगत पहलमा खाद्यान्न, रिचार्ज वितरण तथा भारत लगायतका देशबाट फर्कनेहरूलाई घरसम्म सुरक्षित अवस्थामा पु¥याउने, विभिन्न सार्वजनिक भवनमा क्वारिन्टिनमा राखिएकालाई आवश्यक सहयोग गरेका थिए ।


    नगर महासंघको उपाध्यक्षमा चेतराज श्रेष्ठ, सचिवमा सागर सुब्बा, सहसचिवमा शुक्रराज भण्डारी र अर्जुन चौधरी तथा कोषाध्यक्षमा सीता राई चुनिएका छन् । युवा नेता एवम् खेलकुद महासंघ कनकाईको इञ्चार्ज पूर्ण लिम्बुको सभापतित्व र नेपाल खेलकुद महासंघका प्रदेश अध्यक्ष राजकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य ओमप्रसाद पाठक, सामाजिक व्यक्तित्व श्याम ओली, नगर उपाध्यक्ष विनोद राना, नगर सहसचिव दीपक चापागाईं, एमाले नेतृ सीता बस्नेत, युवा नेता छबि थपलिया, कनकाई नगरपालिका वार्ड नं. ४ अध्यक्ष गोविन्द्रसाद पौडेल, ८ नं. वार्ड अध्यक्ष प्रेम कटुवाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा एमाले क्षेत्र नं. ४ का इञ्चार्ज एवम् प्रदेश सांसद हिराकुमार थापा, एमाले जिल्ला सदस्य तुलाराम बस्नेत, पार्टीका कनकाई नगर इञ्चार्ज रविन्द्र लम्साल, कनकाई नगर अध्यक्ष खडग प्रसाई, एमाले झापा गाउँपालिका अध्यक्ष गजेन्द्र ताम्ली, महासंघका केन्द्रीय सदस्य सुनिल भेटवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


    नेपाल खेलकुद महासंघ झापा अध्यक्ष भवानी बरालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन खेलकुद महासंघ सदस्य तथा कनकाई २ नम्बर वार्ड परिषद् सदस्य प्रताप राईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.