Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » घैलाडुबामा ५० लाख बढीको लागतमा कवर्ड हल संचालनमा
    खेलकुद

    घैलाडुबामा ५० लाख बढीको लागतमा कवर्ड हल संचालनमा

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २९, आईतवार ०२:३६ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई ९ स्थित घैलाडुवामा कवर्ड हल संचालनमा आएको छ । कनकाई नगरकै पहिलो कवर्ड हल संचालनमा आएसँगै सबै उमेर समूहका स्थानीयबासीले भरपुर मनोरञ्जन लिने विश्वास गरिएको छ ।


    प्रदेश सभा सदस्य एकराज कार्की एवम् कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलबाट संयुक्त रुपमा उद्घाटन भएको कवर्ड हल ५० लाख ५० हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।
    कवर्ड हल निर्माणकालागि प्रदेश सभा सदस्य एकराज कार्की मार्फत सांसद विकास कोषबाट १२ लाख साथै कनकाई नगरपालिकाबाट ३८ लाख ५० हजार बजेट व्यवस्थापन भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द उप्रेतीले बताउँनुभएको छ ।

    शनिवार एक विशेष कार्यक्रमका विच कबर्ड हल उद्घाटन गर्दै प्रदेश सभा सदस्य कार्कीले कबर्ड हल निर्माण कार्यमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको महत्वपूर्ण योगदान रहेको बताए । नगर प्रमुख पोखरेलकै पहलमा यो छोटो समयमै कबर्ड हलको निर्माण कार्य सम्पन्न भइ संचालनमा आएको बताउँदै प्रदेश सभा सदस्य कार्कीले विकास निर्माणको गति तिव्र रुपमा अघि बढेकै कारण कनकाई नगर देशकै उत्कृष्ट नगरपालिका घोषणा भएको बताएका छन् । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै हरेक ग्रामिण क्षेत्रहरु दिनप्रतिदिन शहरीकरण हुँने क्रममा अघि बढेको भन्दै प्रदेश सभा सदस्य कार्कीले सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा कनकाई नगर प्रमुखको भूमिकाप्रति खुशी व्यक्त गरेका छन् ।


    मुलुकको विकास राजनीति बेगर सम्भव नहुने भन्दै प्रदेश सभा सदस्य कार्कीले राजनीतिक दलहरुबाट भएको देशको शासन व्यवस्थाका कारण समाज रुपान्तरण हुँदै गएको बताएका छन् । स्थानीय निर्वाचन हुनु अघिको घैलाडुवा र निर्वाचनपछि परिवर्तन भएको घैलाडुवालाई हेरेर पनि राजनीतिक दलहरुले विकास निर्माणमा खेलेको भुमिकाको अनुमान गर्न सकिने प्रदेश सभा सदस्य कार्कीले बताए । यो पाँच वर्षको अवधिमा कनकाई नगरले ठूलो फड्को मारेको बताउँदै प्रदेश सभा सदस्य कार्कीले कनकाई नगर प्रमुख पोखरेललाई बधाई तथा शुभकामना व्यक्त गरे ।


    निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले कनकाई नगर क्षेत्रलाई समृद्धिको यात्रामा अघि बढाउँन सबै किसिमका उपाय गरिरहेको बताएका छन् । स्वस्थ शरिरबाट सकारात्मक साथै रचनात्मक उर्जा प्राप्त हुने भएकाले घैलाडुवा साथै आसपासका स्थानीयवासीको भावनालाई सम्बोधन गर्दै खेल क्षेत्रलाई मध्यनजर गरी कबर्ड हल संचालनमा ल्याइएको नगर प्रमुख पोखरेल बताउँछन् ।

    निर्माण उपभोक्ता समितिका सदस्य किरण चुडालको स्वागत साथै सचिव धर्मानन्द निरौलाले संचालन गरेको उद्घाटन विशेष समारोहमा प्रदेश सभा सदस्य जसमाया गजमेर, कनकाई ९ का वडाअध्यक्ष प्रेमप्रसाद राजवंशी लगायत वडाका जनप्रतिनिधिहरु, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठसहित स्थानीय खेलप्रेमी व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.