Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अपाङ्ग असक्त वालवालिकालाई ईच्छा भोजन गराइयो (भिडियो सहित)
    समाचार

    अपाङ्ग असक्त वालवालिकालाई ईच्छा भोजन गराइयो (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २६, बिहीबार १६:५६ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई ४ स्थित पुकार अपाङ्ग अशक्त समाजमा रहेका १३ जना असक्त वालवालिकालाई उनीहरुले ईच्छा गरेअनुसारको भोजन गराइएको छ ।

    दाताहरुकै सहयोगबाट संचालित आश्रममा हाल अमेरीका बस्दै आएको एक पारिवारीक समूहको अगुवाईमा वालवालिकाहरुले ईच्छा गरेअनुसारकै खानेकुरा खुवाइएको हो । दाताहरुले वालवालिकासँगै बसेर उनीहरुको ईच्छाअनुसार खाजाका रुपमा मःम साथै खाना खुवाइएको दाता जनक पौडेलले बताउँनुभयो ।

    दाता पौडेलले आफ्ना दिवङ्गत भइसकेका पिताको पुण्य तिथीको अवसर पारेर वालआश्रममा आई उनीहरुको ईच्छा भोजन गराएको बताउँनुभएको छ । भोजनका साथै वालवालिकाको व्यवस्थापनमा अतिआवश्यक अन्य सामाग्रीहरु समेत संस्थालाई हस्तान्तरण गरिएको छ ।

    हाल संस्थामा रहेका १३ जना अपाङ्ग असक्त वालवालिकाको खानपान साथै अन्य व्यवस्थापनकालागि वार्षिक रुपमा ६ लाख रुपैंयाँ खर्च हुँने गरेको संस्थाकी अध्यक्ष निर्मला ओझाले बताउँनुभयो । यसरी हुने खर्च व्यवस्थापनको दिगो स्रोत अन्य केही पनि नभई दाताहरुमै निर्भर हुँनु पर्ने भएकाले असक्त वालवालिकाको दैनिक जीवन धान्न धौ धौ पर्ने गरेको बताइएको छ ।

    यहि समस्यालाई मध्यनजर गर्दै दाताले नगद १३ हजारसहित अतिआवश्यकीय सामाग्रीका साथ भोजन गराएका हुन् । भोजनसहितको आवश्यक सामाग्री म्याट ४ थान, फर्म एक रोल, झुल,तन्दा,डाइफर, लुगाकपडा, स्टीलको थाल, चम्चा,फिनेल, कापी, पेन्सिल, साबुन, सरफ लगायतका सामाग्री हस्तान्तरण गरिएको संस्थाका सचिव गोविन्द सुवेदीले बताउँनुभयो ।

    सहयोग गर्ने दाताहरुमा जनक पौडेलसहित केदार घिमिरे, उत्तम निरौला, सोमनाथ तिम्सिना, राम भुजेल, योगेश अधिकारी, निशा घिमिरे, दिपक घिमिरे, दिपिका भट्टराई, हेमसागर र लक्ष्मी भट्टराई रहनुभएको बताइएको छ । बिगत १५ वर्षदेखि अमेरीका बस्दै आउँनुभएका सहयोगी दाताहरु ३५ वर्ष अघि भुटानको आन्दोलनबाट सरणार्थीका रुपमा नेपालमा १८ वर्ष विताएको अनुभव बताउँनुहुन्छ ।

    पुकार अपाङ्ग अशक्त समाजकी अध्यक्ष निर्मला ओझाको सभापतित्व एवम् कनकाई ४ का वडा सदस्य रोशन सुवेदीको प्रमुख आतिथ्य रहेको सामाग्री हस्तान्तरण कार्यक्रममा दाताका तर्फबाट केदार घिमिरे र जनक पौडेलले असक्त वालवालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँनुभयो । कार्यक्रम व्यवस्थापनकालागि स्थानीय युवा समाजसेवी गंगा अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.