Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा जेष्ठ नागरिकको मुटु परिक्षणकालागि रगत संकलन
    समाचार

    कनकाईमा जेष्ठ नागरिकको मुटु परिक्षणकालागि रगत संकलन

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २६, बिहीबार १५:०८ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाईमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानले नगर क्षेत्रका ५० जना जेष्ठ नागरिकको मुटु रोगसँग सम्बन्धित स्वास्थ्य परिक्षणकालागि रगत संकलन गरेको छ ।


    स्वास्थ्यको पहुँचबाट टाढा रहेका ग्रामिण समुदायका जेष्ठ नागरिकको लिपिड प्रोफाएल परिक्षणकालागि रगत संकलन गरिएको प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणि पोखरेलले बताए । लक्षित समुदायलाई मुटु रोगको उपचारमा सहजिकरण र सहयोग गर्ने उद्येश्यका साथ स्थापना भएको प्रतिष्ठानले झापाका ग्रामिण क्षेत्रमा मुटु रोगसँग सम्बन्धित सचेतना साथै स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष पोखरेलले बताए । यसै बर्ष मात्र प्रतिष्ठानले ८ जनालाई शहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारको लागि सिफारिस गरिएको अध्यक्ष पोखरेलले बताए ।


    प्रतिष्ठानका अध्यक्ष पोखरेलको सभापतित्व एवम् प्रेस चौतारी नेपाल प्रदेश नं. १ का कार्यसमिति सदस्य पत्रकार रामप्रसाद निरौलाको प्रमुख आतिथ्य रहेको कार्यक्रम कनकाई—७ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पत्रकार निरौलाले समाजमा रहेका अन्य संस्थाहरु भन्दा फरक उद्येश्य लिएर स्थापना भएको हृदय रोग निवारण प्रतिष्ठानले गरेको कार्यप्रति प्रशंसा गरे । झापाका ग्रामिण क्षेत्रमा यस अघिदेखि नै संस्थाले गर्दै आएको नामअनुसारको काम आफैंमा अब्बल रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथी निरौलाले मानव स्वास्थ्यकालागि समर्पित प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।


    प्रतिष्ठानका उपाध्यक्ष स्वास्थ्य प्राविधिक लक्ष्यन्द्र यादवले संस्थाका तर्फबाट संकलन गरेको रगत निवर्तमान अध्यक्ष डाक्टर सि.पी. यादवले परिक्षण गर्ने जनाइएको छ । रगत परिक्षणपछिको रिपोर्टका साथमा डाक्टर यादवले सम्बन्धित जेष्ठ नागरिकहरुसँग समन्वय गर्ने बताइएको छ ।

    नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको आयोजना एवम् जेष्ठ नागरिक संघ कनकाईको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अवसरमा सबै उमेर समूहका मानिसको मुटु सम्बन्धि समस्या साथै यसको रोकथामका बारेमा सचेतना जगाइएको थियो । कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष एवम् मेचीनगर लेडी जेसिजकी पूर्व अध्यक्ष उषा श्रेष्ठ, सुरुङ्गा जेसीजकी पुर्व अध्यक्ष सरला दहाल पोखरेल, जेष्ठ नागरीक संघ कनकाई ७ का अध्यक्ष धनराज खड्का, पत्रकारद्वय सि.एम. शर्मा र चन्द्र बस्नेत, कनकाई नगर वाल संजालका सचिव सार्थक निरौला लगायत अन्य जेष्ठ नागरिक सदस्यहरुको उपस्थिती रहेको बताइएको छ ।


    जेष्ठ नागरिक संघ कनकाईका सचिव शम्भु पोखरेलको स्वागत तथा प्रतिष्ठानका सचिव लुवराज उप्रेतीले संचालन गरेको कार्यक्रममा प्रतिष्ठानकै सदस्य दिनेश पोखरेलले औचित्यमाथी प्रकाश पारेका थिए ।


    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.