Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई छठको नयाँ समितिलाई पद हस्तान्तरण
    समाचार

    कनकाई छठको नयाँ समितिलाई पद हस्तान्तरण

    ramBy ram२०७५ फाल्गुन १६, बिहीबार १३:३७ गते2 Mins Read

    सुरुङ्गा  \ कनकाई छठ सेवा समाजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

       छठसेवा समाजको पाँचौ साधारण सभा एवम् चौथो अधिवेशनवाट आगामी दुई वर्षे कार्यकालका लागि स्थानीय सामाजिक व्यक्तित्व सुरेन्द्र प्रधानको अध्यक्षतामा सर्वसम्मत रुपमा निर्वाचित भएको १३ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक जगतनारायण मण्डलले पदभार ग्रहण गराउँदै सपद ग्रहण गराएका छन् ।

      यसरी सपद लिनेहरुमा नवनिर्वाचित अध्यक्ष प्रधानसँगै वरिष्ठ उपाध्यक्ष राजकिशोर चौधरी, उपाध्यक्ष विजयकुमार शर्मा, महासचिव राजकुमार शाह, सचिव नागेन्द्र शाह, कोषाध्यक्ष नरेश पोद्धार रहेका छन् भने महिला सदस्यमा ममता शाह र प्रमिला शाह साथै खुल्ला तर्फका सदस्यहरुमा कुलेश ठाकुर, विनोद चौधरी, नन्दकिशोर कारक, ओमप्रकाश पंजीयार र पुरन शहनी रहेका छन् ।
    कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य हीराकुमार थापा, समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधान, पूर्व अध्यक्षहरु चन्दन शाह, किशनकुमार सोनी लगायतको सहयोगमा अध्यक्ष पवन शाहको गलामा भएको माला नवनिर्वाचित अध्यक्ष प्रधानलाई हस्तान्तरण गरीएको हो । पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष प्रधानले समाजको समृद्धिका लागि छठ समाजको माध्यमवाट विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । छठ समाजको प्रस्तावका रुपमा रहेको छठ वचत तथा ऋण सहकारी संस्था लि.को संचालनका लागि पहिलो वैठकवाट नै प्रक्रिया अघि बढाउँने साथै सूर्य भगवानको मन्दिर सहितको सामुदायिक भवनको निर्माण कार्यलाई तत्काल सुरुवात गर्ने समेत नवनिर्वाचित अध्यक्ष प्रधानले प्रतिवद्धता जनाएका छन् ।
    कनकाई छठ सेवा समाजका अध्यक्ष पवन शाहको अध्यक्षता एवम् प्रदेश सभा सदस्य हीराकुमार थापाको प्रमुख आतिथ्य रहेको पद हस्तान्तरण तथा सम्मान कार्यक्रममा विर्तामोड छठ सेवा समाजका पूर्व अध्यक्ष प्रेमचन्द चौधरी लगायत संस्थालाई महत्वपूर्ण योगदान दिने केही व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो । वरिष्ठ उपाध्यक्ष शिवशंकर महासेठको स्वागत तथा महासचिव खगेन्द्र महतोले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता देउकुमार थेवे, समाजका सल्लाहकार नवलकिशोर दत्त, प्यारागन एकाडेमीकी संस्थापक अध्यक्ष चम्पा सुवेदी, समाजसेवी लिलाप्रसाद चिमरीया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.