Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जनचेतना आधारभूत विद्यालयको रजत वार्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न
    शिक्षा

    जनचेतना आधारभूत विद्यालयको रजत वार्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २५, बुधबार ०५:५६ गते2 Mins Read

    कनकाई खबर \ कनकाई -३ स्थित जनचेतना आधारभूत विद्यालयको रजत वार्षिक उत्सव उद्घाटन तथा अविभावक दिवस सम्पन्न भएको छ ।


    फागुन २२ र २३ गते २ दिनमा विविध कार्यक्रमका साथ सो कार्यक्रम सम्पन्न भएको हो । फागुन २२ गते प्रधानाध्यापक होमकुमारी कुमालको सभापतित्वमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई कक्षागत रुपमा क्रमसः चकलेट दौड, चम्चा दौड, बेलुन फुटाई, हिसाब दौड, विस्कुट टिपाई, स्कीपिङ दौड, २०० मिटर दौड जस्ता खेलकूदहरु गरेर प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

    दोस्रो दिन २३ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाप्रसाद लामिछानेको सभापतित्व र नगर शिक्षा प्रमुख पिताम्बर गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस विद्यालयलाई चाडै २ वटा दरबन्दी दिने, विज्ञानप्रयोग शाला पनि बिस्तारै उपलब्ध गराउने बताए । त्यस्तै शुभकामना मन्तव्य दिदै सामाजिक व्यक्तित्व श्याम ओलीले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कपडा, जुत्ता र ब्याग जस्ता सामाग्री उपलब्ध गराउने बचन दिए । त्यस्तै सामाजिक व्यक्तित्व शेरबहादुर थापाले विद्यालयको मञ्चको सम्पुर्ण कार्य पुरा गर्ने वचन दिए। यस्तै गरि कनकाई मा.वि.का प्रधानाध्यापक कर्ण बहादुर डाँगी, संस्थापक सदस्य हिरण्यकुमार राई, सामाजिक व्यक्तित्वहरु मदनकृष्ण उप्रेती, शिक्षक महासंघको नगर अध्यक्ष शारदा प्रसाई लगायतले विद्यालयको विकाशको लागि शुभकामना व्यक्त गरे ।


    सोहि अवसरमा दधिराम प्रसाई र नरमाया प्रसाईले आफ्ना ७ जना छोराछोरीको संरक्षकत्वमा रु १ लाख, लिलाराज उप्रेतीले आमा विष्णुमायाको स्मृतिमा रु १ लाख, लक्ष्मी प्रसाद र यसोधा भेट्वालले छोरा राजु भेट्वालको संरक्षकत्वमा रु १ लाख, अक्षयकोष हस्तान्तरण गरेकोमा विद्यालयले दोसल्ला र सम्मान पत्रका साथ प्रमुख अतिथिको बाहुलीबाट सम्मान गरेको छ ।

    त्यस्तै कर्मचारी हरिप्रसाद खनालको स्मृतिमा कनकाई सामुदायिक वन उपभोक्ता समूहको संरक्षकत्वमा रु १ लाख ५ हजार अक्षयकोष उपलव्ध् हुने भएको छ । त्यस्तै अवकाश प्राप्त ३ जना शिक्षकहरु अम्बिका उप्रेती, टिकामाया देवकोटा र सुमित्रा उपे्रतीलाई पनि दोसल्ला ओडाएर सम्मान पत्र साथै मायाको चिनो दिई सम्मान गरिएको थियो । त्यसै अवसरमा अविभावक महिला तर्फको म्युजिकल चियरमा लिला प्रसाई प्रथम, अम्बिका इङनाम दोस्रो र समिक्षा चौधरी तेस्रो भएका थिए भने पुरुष तर्फको हण्डि फुटाई खेलमा पुरुषबाट हण्डि नफुटेपछि तुलसा सेढाई महिला तर्फबाट नै हण्डि फुटाई प्रथम हुनु भएकी थिइन् ।

    विजेता सबैलाई अध्यक्ष टिका लामिछाने र प्रधानाध्यापकबाट आकर्षक पुरस्कार वितरण गरिएको थियो भने अन्त्यमा अतिथि सम्पुर्ण महानुभावहरुलाई विद्यालयले रजत मायाको चिनो पनि वितरण गरेको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक होमकुमारी कुमालबाट स्वागत मन्तव्यको साथ शैक्षिक प्रतिवेदन पेश गर्दै रजत वर्षको कार्यक्रम आगामी वर्ष समापन हुने बताइएको छ । कार्यक्रमको संचालन शिक्षक कमला पौडेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.