Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकाले दियो ६३४ विद्यार्थीलाई छात्रवृत्ति
    शिक्षा

    झापा गाउँपालिकाले दियो ६३४ विद्यार्थीलाई छात्रवृत्ति

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २३, सोमबार १८:१६ गते2 Mins Read

    कुमरखोद \ झापा गाउँपालिकाले ६३४ विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

    झापा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई जनही ९ हजार २ सय पचासका दरले छात्रवृत्ति वितरण गरिएको हो । झापा गाउँपालिकामा कक्षा १२ सम्म पढाइ हुने २ वटा सामुदायिक विद्यालय मात्र रहेका छन्। एउटा वडा नं ४ को डिल्लीराज मावि टाँघनडुब्बा र अर्को वडा नं ६ को जनता मावि शरणामतीमा रहेको छ । डिल्लीराज माविको कक्षा ११ मा १९६ र कक्षा १२ मा १४८ जना गरी कुल ३४४ जना विद्यार्थी अहिले अध्ययनरत छन् । त्यसैगरी जनता मावि शरणामतीमा कक्षा ११ मा १४७ र कक्षा १२ मा १४३ जना गरी जम्मा २९० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

    झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक बजेटबाट नै छात्रवृत्ति कार्यक्रमलाई स्वीकृत गरेको थियो । रकम अभावका कारण कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई कक्षा ११ र १२ मा अध्ययन गराउनबाट वञ्चित नहोस् भन्ने गाउँपालिकाको उद्धेश्य रहेको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए । अध्यक्ष शाहले प्रोत्साहनस्वरुप मुस्लिम समुदायका कक्षा ११ र १२ मा पढ्ने छात्राहरुलाई थप वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको जानकारी गराए ।

    डिल्लीराज माविको सभाहलमा वडा नं ४ का अध्यक्ष राजुजङ्ग भारतीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाह रहेका थिए । कार्यक्रममा डिल्लीराज माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज गणेश , शिक्षक महासंघका विष्णुमाया सिटौला , डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ता , जनता माविका सहायक प्रअ टिकाप्रसाद कट्टेल, अभिभावक संघका अध्यक्ष कलाम शेखलगायतले बोलेका थिए । देवेन्द्रचन्द्रसिंह राजवंशीले संचालन गरेका कार्यक्रममा स्वागत मन्तव्य झापा गाउँपालिका शिक्षा प्रमुख जीवनप्रसाद ढकालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.