
सुरुङ्गा,१५ फागुन / कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा जिल्लास्तरीय महिला फुटवल प्रतियोगिता हुने भएको छ ।
कनकाई माविको खेलमैदानमा यहि फागुन १८ गतेदेखी २४ गते सम्म संचालन हुने प्रतियोगितामा झापा जिल्लाका आठवटा टिमको सहभागिता रहने खेल मूल आयोजक समितिकी संयोजक अम्विका खरेलले वताएकी छन् ।
प्रतियोगितामा आयोजक कनकाई खेलकुद प्रतिष्ठानको महिला टिम सहित झापा गाउँपालिका, दमक नगरपालिका, हल्दीवारी गाउँपालिका, जयुन क्लव विर्तामोड, जुनतारा स्पोर्टिङ क्लव खुदुनावारी, पारिजात महिला एफसी सालवारी र शिवसतासी नगरपालिकाको टिम रहने वताइएको छ । वडा साथै नगरपालिका स्तरीय फुटवल, भलीवल, क्रिकेटका प्रतियोतिाहरु यस अघिका वर्षहरुमा सफलतापूर्वक सम्पन्न गरिसकेको प्रतिष्ठानको यस पटकको महिला फुटवल प्रतियोगिता चौथो संस्करणका रुपमा रहेको प्रतिष्ठानका सचिव दिननाथ खतिवडाले वताएका छन् ।
प्रतियोगिताको पहिलो पुरस्कार नगद रु.६० हजार र दोस्रो पुरस्कार ४० हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मूल समिति संयोजक अम्विका खरेलले नगद ५ हजार प्रदान गर्ने जनाइएको छ । प्रतियोगीतामा आर्थिक सहयोग कनकाई नगरपालिकाले गर्ने भएको छ ।
प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य हीराकुमार थापाले गर्ने छन् भने समापन कार्यक्रममा प्रतिनिधी सभा सदस्य एल.पी. साँवाको उपस्थिती रहने आयोजक समितिले जनाएको छ । आयोजक समितिले मंगलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतियोगिताका वारेमा जानकारी गराएको हो ।
प्रतियोगिता सव्य र भव्य रुपमा सम्पन्न गर्नका लगि विभिन्न उपसमिति समेत निर्माण गरीएको छ । प्रतिष्ठानकी सदस्य अम्विका खरेलको संंयोजकत्वमा नौ सदस्यीय मूल समारोह समिति, विनोद राना मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, झलक सिटौलाको संयोजकत्वमा प्रचार प्रसार समिति लगायत रहेका छन् । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्व रहेको पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योती उप्रेती, समाजसेवी ओम पाठक र श्याम ओली लगायतले मन्तव्य राखेका थिए ।