Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाट सरसफाईमा रोटरीको अभियान (भिडियो सहित)
    समाचार

    कनकाई घाट सरसफाईमा रोटरीको अभियान (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २३, सोमबार १६:३२ गते2 Mins Read

    कनकाई खबर / रोटरी क्लब अफ सुरुङ्गाले पूर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई नदीको पूर्वी किनारमा रहेको कनकाई घाट परिसरमा सरसफाई गरेको छ ।
    कनकाई घाटमा गरिएको सरसफाईसँगै रोटरी क्लव अफ सुरुङ्गाले पवित्र धार्मिक क्षेत्र कोटीहोम परिसरमा रोटरी रोज गार्डेन निर्माण गरिदिने भएको छ । कोटीहोम क्षेत्रको आवश्यक्तालाई मध्यनजर गर्दै धार्मिक संस्थाका अध्यक्ष नवलकिशोर दत्तले राखेको प्रस्तावलाई रोटरीका तर्फबाट सहजै स्विकार गरिएको बताइएको छ । धाम परिसरमा भर्खरै स्थापना गरिएको योगीनरहरी नाथको सालिक नजिकै भएको खाली जमिनमा रोटरी रोज गार्डेन निर्माण गरिने भएको बताइएको छ ।

    धार्मिक आस्थाका रुपमा रहेको यस पवित्र स्थललाई सफा राख्नु हरेक नागरिकले आफ्नो नैतिक जिम्मेवारी सम्झनु पर्ने कुरालाई मध्य नजर गर्दै क्लवले कनकाई घाटमा सरसफाई अभियान संचालन गरेको हो । अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले कनकाई घाटको सरसफाईलाई अभियानका रुपमा संचालन गरेको क्लवका अध्यक्ष सुशिलकुमार श्रेष्ठले बताए ।

    रोटरीले आफ्नो वार्षिक क्यालेण्डरमा राखेर अघिल्लो वर्षदेखि कनकाई घाटको सरसफाईलाई अभियानका रुपमा अघि बढाएको क्लवका निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेलले जानकारी दिए । साँस्कृतिक महत्वको धरोहरका रुपमा रहेको कनकाई घाट आसपासको सरसफाइकालागि स्थानीय स्तरमा क्रियाशिल सामाजिक संघसंस्थाहरुले विशेष चासो राख्नु पर्नेमा निवर्तमान अध्यक्ष कट्टेलले जोड दिए ।

    दैनिक हजारौंको संख्यामा जाने गरेका मलामी र तिर्थयात्रीहरुले पानी खाएर फ्याँक्ने गरेका पानीका बोतल, अन्य प्लाष्टिक जन्य फोहोरले कनकाई घाट क्षेत्र अत्यन्तै प्रदुषित बन्दै गएको छ । यस तर्फ सरोकारवालाहरुको ध्यान जानु पर्नेमा जोड दिँदै क्लवका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले कनकाई घाट क्षेत्रको सरसफाईमा एक जुट हुन क्रियाशिल सामाजिक संघसंस्थाहरुलाई अनुरोध गरेका छन् ।

    फोहोरमैलाका कारण पवित्र धार्मिक क्षेत्र दिनप्रतिदिन दुषित बन्दै गएपछि क्लवले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत सरसफाई कार्यक्रमको आयोजना गरेको क्लवका पुर्व अध्यक्ष पोखरेल बताउँछन् । कम्तीमा महिनामा एक पटक यस क्षेत्रको सरसफाई अनिवार्य हुनु पर्ने भन्दै क्लवले सचेतनामूलक कार्यक्रम सहित कनकाई घाट आसपासको सरसफाई गरेको हो ।

    क्लवका अध्यक्ष सुशिलकुमार श्रेष्ठको सभापतित्व रहेको सचेतनामूलक सरसफाई कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता एवम् वडा नं.४ का वडाअध्यक्ष गोविन्द पौडेलले कनकाई घाटको सरसफाईमा रोटरी क्लवले खेलेको भूमिकाको प्रशंसा गरे । कनकाई घाट क्षेत्रको सरसफाईकालागि तत्काल आवश्यक्ता अनुसार डस्वीनको व्यवस्थापन साथै सचेतनामूलक प्ले कार्डको थप आवश्यक्ता पर्ने कुरालाई मध्यनजर गर्दै वडा कार्यालयबाट आवश्यक व्यवस्था मिलाउँने प्रवक्ता पौडेलले प्रतिवद्धता जनाए । कार्यक्रम संयोजक क्लवका उपाध्यक्ष शिवकुमार कडेलले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कनकाई घाट संस्थाका अध्यक्ष प्रभाखर कडरीया, कोटीहोम धार्मिक संस्थाका अध्यक्ष नवलकिशोर दत्त, महिला नेतृ कविता बस्नेत लगायतले कनकाई नदी आसपासमा भएको फोहोरमैलाको दिगो व्यवस्थापनकालागि तत्काल ध्यान जानु आवश्यक रहेको बताए । कार्यक्रमको संचालन क्लवकी सचिव सरला दहाल पोखरेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.