Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माविको वार्षिकोत्सवमा शिक्षक साथै दुई दर्जन बढी विद्यार्थी सम्मानित
    शिक्षा

    कनकाई माविको वार्षिकोत्सवमा शिक्षक साथै दुई दर्जन बढी विद्यार्थी सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २२, आईतवार ०३:३८ गते4 Mins Read

    कनकाई खबर \ झापाको कनकाई माध्यमिक विद्यालय सुरुङ्गाको ६४औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा शिक्षकसहित दुईदर्जन बढी विद्यार्थी सम्मानसहित पुरस्कृत भएका छन् ।


    सम्मानित हुने सेवा निवृत्त शिक्षकहरूमा तुलसा मैनाली र वेदप्रसाद खतिवडा तथा कार्यरत शिक्षकहरू दिलिपकुमार खतिवडा, राधादेवी के.सी., झरेन्द्र तिम्सिना र मीना उप्रेती रहेका छन् । सम्मानित सबै शिक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ विशेष सम्मान गरिएको छ भने कार्यरत शिक्षकहरुलाई वर्ष उत्कृष्ट शिक्षकका रुपमा विद्यालयले सम्मान गरेको बताइएको छ ।

    सोही अवसरमा प्रतिमान—गंगादेवी उप्रेती छात्रवृत्तिका संरक्षक गंगादेवी उप्रेती, सञ्चालकहरू जनार्दन उप्रेती र अम्बिका उप्रेतीले विद्यार्थीहरू किरण डाँगी, प्रमिश कोइराला, प्रनिता खुलाल, डेभिड चापागाईं र पुनम राईलाई छात्रवृत्ति प्रदान गरेका थिए । प्रतिमान—गंगादेवी उप्रेती अक्षयकोषमा ५० हजार रुपैयाँ थप गरी २ लाख ५० हजार रुपैयाँ पु¥याइएको कोषका सञ्चालक खेमप्रसाद उप्रेतीले जानकारी दिए । त्यसै गरी, कनकाई भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष दिनेशकुमार उप्रेती र महासचिव अखिलकुमार कोइरालाले कक्षा १२ विज्ञान समूहका उत्कृष्ट विद्यार्थीहरू अंकिता उप्रेती र पूजा बम्जनलाई जनही १० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेका थिए । सो अवसरमा धनबहादुर सुबेदी स्मृति अक्षय कोषबाट एसईई २०७७ मा ए प्लससहित उत्तीर्ण हुने २१ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।


    सो अवसरमा कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट हुने विज्ञान समूहतर्फ प्रतिमा भट्टराई, निशा अधिकारी र विकास हलुवाई, व्यवस्थापन समूहतर्फ शारदाकुमारी कारक, कमल प्रसाई र हेमन्त मैनाली तथा शिक्षा÷मानविकीतर्फ कञ्चन पोखरेल, अनुजा भण्डारी र रोश्ना गोलेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । एसईई २०७७ का उत्कृष्ट ५ जना विद्यार्थीहरू विनिता चुडाल, सार्थक बस्नेत, पुनम राई, रिजन सुवेदी र डेभिड चापागाईलाई नगद पुरस्कार प्रदान गरिएको थियो । वार्षिक उत्सवका अवसरमा विद्यालयको कक्षा ११ का विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए । कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाई, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्मा लगायतका अतिथीहरुले उत्साहका साथ विज्ञान प्रदर्शनीको अवलोकन गरेको विद्यालयका पुर्व प्रधानाध्यापक गोपीकृष्ण भट्टराईले जानकारी दिए ।

    भीमप्रसाद–पद्मकला सुबेदी छात्रवृत्ति कोेषका तर्फबाट कोषका सञ्चालक तीर्थराज सुवेदीले सम्ब्रेस भेटवाल, स्मारिका गौतम, रूपेश राई, सबिना अर्याल र भारती योगीलाई छात्रवृत्ति प्रदान गरेका थिए । त्यसै गरी, रामप्यारी शिवाकोटी स्मृति अक्षयकोषका तर्फबाट संस्थापकद्वय ईश्वरीप्रसाद शिवाकोटी र आशा शर्मा शिवाकोटीले सक्षम घिमिरे, समीक्षा बस्नेत, पुरन गुरुङ र प्रसिद्ध नेपाललाई छात्रवृत्ति प्रदान गरेका थिए ।


    सो अवसरमा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुरूप कम्तीमा १ करोड रुपैयाँको छात्रवृत्ति अक्षयकोष पु¥याउने संकल्पलाई समर्थन गर्दै दिनेशकुमार उप्रेती, बुद्धदेवप्रसाद घिमिरे, कुबेरप्रसाद संग्रौला, टेकनारायण संग्रौला, भक्तिप्रसाद संग्रौला, ईश्वरीप्रसाद कट्टेल, ख्यामप्रसाद ओली, कोमलप्रसाद पोखरेल, चन्द्रप्रसाद शिवाकोटी, खगप्रसाद प्रसाई, पुण्यवती गौतम र राजेन्द्रकुमार पोखरेलले कार्यक्रममै अक्षयकोष स्थापना गर्ने घोषणा गरे भने यामनाथ सेडाई, शेरबहादुर थापा,.राधेश्याम अग्रवाल, कुमारमणि पोखरेल, खगेन्द्रमणि ओलीले विद्यालयमा अक्षयकोष स्थापना गर्ने वचन दिएको विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रप्रसाद प्रसाईले जानकारी दिए ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको आर्थिक, शैक्षिक, भौतिक गतिविधिसहित भावी कार्यक्रम समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षक अभिभावक संघका अध्यक्ष नेत्रप्रसाद प्रसाई, विद्यार्थीहरु गङ्नेश लम्साल र जिज्ञासा गौतमले विद्यालयको पठनपाठन तथा अतिरिक्त क्रियाकलापका सम्बन्धमा प्रकाश पारेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षता र स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्मा, पूर्व प्रअ तथा सल्लाहकार संयोजक कोमलप्रसाद पोखरेल, पूर्व अध्यक्ष खगेश्वर उप्रेती, पूर्व सहायक प्रअ बुद्धदेवप्रसाद घिमिरे, पूर्व शिक्षक भक्तिप्रसाद संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


    कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाई र कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव पीताम्बर गौतमको विशेष आतिथ्य रहेको कार्यक्रममा शिक्षक प्रतिनिधि बल्लभकुमार गौतम र विद्यार्थी अश्लेषा कँडेलले स्वागत मन्तव्य राखेका थिए ।


    कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रूद्रप्रसाद चिमरिया, विव्यस पूर्व अध्यक्ष तिलचन्द्र उप्रेती, पूर्व प्रअ चन्द्रप्रसाद मैनाली, सल्लाहकारहरू टेकनारायण संग्रौला, डिल्लीराम मैनाली, अखिलकुमार कोइराला, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा पाठक, कनकाई भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष दिनेशकुमार उप्रेती, समाजसेवी व्यक्तित्व शेरबहादुर थापा लगायतको आतिथ्य रहेको कार्यक्रममा विद्यार्थीहरूले विविध सांगीतिक प्रस्तुति राखेका थिए ।

    विद्यार्थीहरु अभिषेक मिश्र, सार्थक निरौला, लोकनाथ सुवेदी, उत्तम लोहार, निमिता सापकोटा, मनिष हिङमाङ, आयुष्मा कोइराला, टीकाराम बाँस्तोला र श्रद्धा गौतमले सांगीतिक कार्यक्रम सञ्चालन गरेका थिए भने औपचारिक कार्यक्रम शिक्षकद्वय तीर्थराज खरेल र भीमप्रसाद दाहालले संयुक्त रुपमा गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.