Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई प्याव्सनले गर्यो शैक्षिक व्यक्तित्व सम्मान
    शिक्षा

    कनकाई प्याव्सनले गर्यो शैक्षिक व्यक्तित्व सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन १८, बुधबार १६:४९ गते2 Mins Read

    कनकाई खबर \ प्याव्सन कनकाई नगरले एक विशेष कार्यक्रमको आयोजना गरी शैक्षिक व्यक्तित्व सम्मानको कार्यक्रम सम्पन्न गरेको छ ।


    सम्मानित हुनेहरुमा शिक्षासेवी चन्द्रप्रसाद मैनाली साथै मरणोपरान्त स्व.गंगाप्रसाद उप्रेती र स्व.लक्ष्मण सुवेदी रहेका छन् । शिक्षा क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरेका तत्कालिन कनकाई मा. वि. सुरुङ्गाका प्रधानाध्यापकको जिम्मेवारीमा रहेका चन्द्रप्रसाद मैनालीले आफूले सरकारी सेवाबाट अवकास लिएर पनि संस्थागत विद्यालय संचालन गरेका थिए । आफ्ना परिवारका सदस्यहरुको सहयोग लिएर संस्थागत विद्यालय संचालन गरेका कारण शैक्षिक क्षेत्रमा थप उर्जा प्राप्त भएको भन्दै नगर प्याव्सनले सम्मान पत्रका साथ दोसल्ला ओढाएर विशेष सम्मान गरेको नगर प्याव्सन अध्यक्ष विनोद सुव्वाले बताए । वि. सं. २०५१ सालमा हरिकुल नमुना अंग्रेजी मा. वि. को स्थापना गरे पश्चात भने यस क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुमा संस्थागत विद्यालयप्रतिको आकर्षण झन बढेर गएको बताइएको छ ।

    त्यस्तै नगर क्षेत्रमा संस्थागत विद्यालयको पर्यायका रुपमा रहेका यस क्षेत्रका शिक्षासेवी स्व.गंगा प्रसाद उप्रेतीको पहलमा वि. सं.२०३९ सालमा पशुपति अंग्रेजी मा.वि. संचालनमा आएको हो । संस्थागत विद्यालयको रुपमा पशुपति अंग्रेजी मा.वि. को स्थापना गरी यस क्षेत्रमा अंग्रेजी माध्यमको विद्यालय संचालन गर्ने पहिलो व्यक्तिका रुपमा रहेका स्व.उप्रेतीलाई कनकाई प्याव्सनले मरणोपरान्त सम्मान गरेको छ । शिक्षासेवी स्व.उप्रेतीको २०७३ को वैशाख ६ गतेका दिन निधन भएको थियो । जीवन संगिनी गौरादेवी उप्रेती मार्फत स्व.उप्रेतीलाई मरणोपरान्त सम्मान गरिएको बताइएको छ ।

    त्यस्तै विभिन्न शैक्षिक संस्थाहरुमा आवद्ध भई शिक्षण पेशामा आफ्नो सम्पूर्ण समय व्यतित गरेका स्व.लक्ष्मण सुवेदीको योगदानलाई नगर प्याव्सनले स्मरण गरेको छ । स्थानीय स्तरमा रहेका शैक्षिक संस्थाहरु कनकाई मावि, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, पशुपति अंग्रेजी माविको प्रिन्सिपलको सफल जिम्मेवारीसँगै प्यारागन एकाडेमीको तत्कालिन संस्थापक प्रिन्सिपलका रुपमा रहेका स्व.सुवेदीको २०७२ को असार १९ गते निधन भएको थियो । स्व.सुवेदीले संस्थागत विद्यालयहरुको प्रतिनिधित्व गर्दै प्याब्सन संगठनात्मक अभियान तथा २०६४ सालमा प्यारागन एकाडेमीको स्थापना गरी कनकाई नगरको शैक्षिक पहिचान र विकासमा योगदान पुर्याएको भन्दै नगर प्याव्सनले मरणोपरान्त स्व.सुवेदीकी जीवन संगिनी चम्पा खनाल सुवेदी मार्फत सम्मान गरेको जनाएको छ । सम्मानित तीनैजनालाई कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद एलपी साँवा लिम्बू, नगर प्याव्सन अध्यक्ष विनोद सुव्वाले दोसल्ला ओढाएर सम्मान पत्रका साथ विशेष सम्मान गरेका हुन् ।


    नगर प्याव्सनका अध्यक्ष सुव्वाको सभापतित्व रहेको विशेष कार्यक्रममा कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, प्याव्सन झापाका निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार एलपी उप्रेती, प्याव्सन झापा अध्यक्ष गौरीमान फागो, कनकाई ९ का वडाअध्यक्ष प्रेमप्रसाद राजवंशी,समाजसेवी ओम पाठक र लिलाप्रसाद चिमरीया, विद्यार्थी नेता राजेन्द्र उप्रेती लगायतले सम्मानित व्यक्तित्वको प्रशंसा गरेका गरेका थिए । नगर प्याव्सनका कोषाध्यक्ष विनोद उप्रेतीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव मोहन थापाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.