Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा हात्तीपाइले विरुद्धको औषधी खुवाउन ६५ कर्मचारीको तयारी
    समाचार

    कनकाईमा हात्तीपाइले विरुद्धको औषधी खुवाउन ६५ कर्मचारीको तयारी

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन १८, बुधबार १४:१६ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आमऔषधी सेवन कार्यक्रम अन्तरगत योजना तर्जुमा तथा बहु निकाय गोष्ठी भएको छ । स्वास्थ्य शाखाको आयोजनामा बुधबार सम्पन्न गोष्ठीमा फागुन २८ गतेदेखि सञ्चालन हुने हात्ती पाइले रोग विरुद्वको औषधी सेवन अभियानका बारेमा छलफल गरिएको हो ।

    कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले अभियानको तयारी, औषधी खाँदा र ख्वाउँदाका विषयमा ध्यानदिनु पर्ने कुरा,अभियानको व्यवस्थापनका विषयमा प्रशिक्षण दिए । कनकाई नगरपालिकाका हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रमका फोकल खगेन्द्र दगालले नगर क्षेत्रभित्र रहेका करिब ४९ हजार ५५५ जनालाई हात्तीपाइले रोग विरुद्वको औषधी ख्वाउने जानकारी दिए । उनले कनकाईमा भाडामा बस्नेहरुलाई पनि औषधी ख्वाउनबाट बञ्चित नगरिने बताए । यसअभियानका लागि कनकाईमा ४५ जना स्वास्थ्यकर्मी र २० जना स्वयमसेवक गरि ६५ जना खटाइने कनकाई स्वास्थ साखाका कर्मचारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । यसको लागि उनीहरुलाई तालिम प्रदान गर्ने काम भईरहेको पनि अधिकारीले बताए ।

    हात्तीपाइले रोग विरुद्वको औषधी २ वर्षभन्दा मुनिका बालबालिका, सिकिस्त बिरामी, गर्भवती महिला, ७ दिनसम्मको सुत्केरी बाहेकले निर्धक्क सेवन गर्न मिल्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । फागुन २८ गतेदेखि शुरु हुने यो अभियान औषधी ख्वाई नसकुञ्जेलसम्म लगातार सञ्चालन हुने छ । गएको वर्ष यस अभियानमा कनकाईले ६७ प्रतिशत र स्वास्थ्य कार्यालय झापाले ८५ प्रतिशत प्रगति हासिल गरेको बताईएको छ ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, उप प्रमुख मन्जु प्रसाईं वडा न १ का प्रतिनिधि देबिप्रसाद अधिकारी, वडा नं. ३ वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णबहादुर राई, वडा नंं. ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, वडा नं. ७ का वडाअध्यक्ष लीला बहादुर कन्दवा, ९ का वडाअध्यक्ष प्रेम राजबंशी, स्वास्थ्यकर्मी इन्द्रहरि भट्टराइर्, स्वास्थ्य कार्यालय झापाका प्रमुख जिवन चौलागाई, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख, ईलाका प्रहरी कार्यालय घैलाडुबाका प्रमुख, नगर कार्यपालिका सदस्य, न्यायिक समिति सदस्य लगायत कनकाई नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य चौकी तथा नगरअस्पतालका कर्मचारीहरुकोसमेत उपस्थिति रहेको नगर स्वास्थ्य कर्मचारी अधिकारीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.