Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भाडाको घरबाट आफ्नै भवनमा सर्यो झापा गाउँपालिका
    समाचार

    भाडाको घरबाट आफ्नै भवनमा सर्यो झापा गाउँपालिका

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन १६, सोमबार ०२:४० गते2 Mins Read

     झापा गाउँपालिका \ झापा गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा संचालन गर्ने भएको छ ।

    गाउँपालिकाले एक करोड ५६ लाख ८४ हजार ७ सय ७९ रुपैयाँको लागतमा निर्मित प्रशासनिक भवन उद्घाटन गर्दै आफ्नै भवनबाट सेवा संचालन गर्ने भएको हो । भवनको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले गरेका छन् । साढे चार वर्षसम्म भाडाको घरबाट गाउँपालिकाको सवै सेवा प्रवाह गरेको गाउँपालिकाले वडा नम्वर ३ मा छुट्टै भवन निर्माण गरेसंगै अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
    गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय पाँच जना दाताले जग्गा प्रदान गरेसंगै गाउँपालिकाले भवन निर्माण शुरु गरेको थियो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यसअघि झापा गाउँपालिकामा चारवटा वडा कार्यालयको समेत भवन निर्माण गरी उद्घाटन गरिएको बताए ।
    गाउँपालिकाको आफ्नै छुट्टै भवन नहुँदा साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको तर, नयाँ प्रशासनिक भवन निर्माण गरिएसंगै सेवा प्रवाहमा समेत सहज हुने उनले बताए । भवन निर्माणका लागि स्थानीयदाता नागेन्द्रप्रसाद राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी,चित्रबहादुर श्रेष्ठ र निताई राजवंशीले निःशुल्क जग्गा प्रदान गरेका थिए ।

    झापा गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मोतिलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी वुढाथोकीसहित नेकपा एमालेबाट गजेन्द्र ताम्ली, नेपाली कांग्रेसका तर्फबाट सागीरथ गणेश, नेकपा माओवादी केन्द्रबाट रुद्र बजगाई, वडा नम्वर २ का वडाध्यक्ष नेत्रबहादुर खड्का , ६ नम्वर वडाध्यक्ष हरिबहादुर वानिया, समाजसेवी विश्वनाथसिंह राजवंशी, नेपाल शिक्षक महासंघका तर्फबाट जगन्नाथ राजवंशी, नेपाल रेडक्रस सोसाइटी कुमरखोदबाट सुन्दरलाल गणेश, एनआइसी बंैकका तिलक शर्मा दुलाल , राप्रपाका तर्फबाट तारामाया राई, लोकतान्त्रिक समाजवादी पार्टीका प्रभुनारायण यादव, जनता समाजवादी पार्टीबाट विष्णु महत्तोलगायतले बोलेका थिए ।


    भवन उद्घाटन कार्यक्रमको सञ्चालन वडा नम्वर ६ का वडा सदस्य मोहन पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.