Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको वडास्तरीय फुटबलको उपाधि वडा नं.५ को पोल्टामा
    खेलकुद

    कनकाईको वडास्तरीय फुटबलको उपाधि वडा नं.५ को पोल्टामा

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन १३, शुक्रबार १७:०० गते2 Mins Read

    कनकाई खबर \ कनकाई नगर खेलकुद विकास समितीले संचालन गरेको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं.५को पोल्टामा परेको छ ।

    शुक्रबार वडा नंं.३ र वडा नं.५ विच भएको प्रतिस्पर्धात्मक खेलमा १—० गोलको अन्तरले वडा नं. ५ विजयी बनेको हो । विजेता टिमका खेलाडी भीम मगरले खेलको १२ औं मिनटमा गरेको पहिलो गोल नै निर्णायक बनेको खेल संयोजक गोविन्द उप्रेतीले जानकारी दिए । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमख राजेन्द्र पोखरेलले नगद ५१ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरे । त्यस्तै उपविजेता टिम कनकाईको वडा नं. ३ लाई समेत नगद ३१ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरेको बताइएको छ ।

    खेलको म्यान अफ द म्याच विजेता टिमका गोल कर्ता भीम मगर घोषित भए । उनलाई खेल संयोजक गोविन्द उप्रेतीले म्यानअफद म्याचको पुरस्कार प्रदान गरेका थिए । त्यस्तै कनकाई ३ का खेलाडी सनम देवान खेलको म्यान अफ द सिरीज घोषित भए । उनलाई कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाइँले पुरस्कार वितरण गरेकी थिइन् । कार्यक्रमकै अवसरमा यस अघि नै सम्पन्न भएको कनकाई नगर क्षेत्रको वडास्तरीय कराँते प्रतियोगिताको पुरस्कार साथै ट्रफी र प्रमाण पत्र समेत वितरण गरिएको बताइएको छ ।

    विजया दशमीको अवसरमा गत असोज १७ मा उद्घाटन भई २५ गते समापन हुने गरी संचालन भएको प्रतियोगिताको अन्त्यतिर प्राविधिक कारणले खेल स्थगित हुन पुगेको थियो । त्यसपछि चाडपर्व समापनसँगै कोरोना कहरका विच केही समय ढिला हुन गएको भएपनि बाँकी खेललाई पुनः संचालन गरेर आयोजक समितिले एक विशेष समारोहका विच समापन कार्यक्रम सम्पन्न गरेको छ ।

    कनकाई माविको खेल मैदानमा सम्पन्न प्रतियोगितामा खेल संयोजकका रुपमा रहेका आयोजक समितिका सदस्य गोविन्द उप्रेतीको सभापतित्व एवम् नगर प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । आयोजक समितिका तर्फबाट जविन तिम्सिना साथै राजु पाठकले संयुक्त रुपमा संचालन गरेको समापन समारोहमा जनप्रतिनिधिहरु, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.