Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमसीसी अनुमोदनका लागि कांग्रेस-एमाले वार्ता ‘सहमति उन्मुख’
    राजनीति

    एमसीसी अनुमोदनका लागि कांग्रेस-एमाले वार्ता ‘सहमति उन्मुख’

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन १३, शुक्रबार ०१:१५ गते5 Mins Read

    काठमाडौं \ अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनका लागि सत्तारुढ दलबाटै साथ नपाएपछि नेपाली कांग्रेसले प्रमुख विपक्षी दल नेकपा एमालेसँग थालेको वार्ता सहमतितर्फ उन्मुख देखिएको छ । दुई दलको वार्तामा सहमति भएमा पाँचदलीय गठबन्धन टुट्ने छ भने एमसीसी संसदबाट अनुमोदनका लागि एमालेले साथ दिनेछ ।

    मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) माथि सैद्धान्तिक छलफल गर्न बोलाइएको प्रतिनिधिसभा बैठक रोक्न लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवनमै भेटेका थिए । एमसीसीलाई सैद्धान्तिक छलफलसँगै अस्वीकृत गर्ने खेल भएपछि बिहीबारको बैठक रोकेर एमालेसँग सम्वाद थालेको कांग्रेस नेताहरु बताउँछन् ।

    नेताहरुका अनुसार कांग्रेस र एमालेबीच बानेश्वरमा भएको छलफल लामो थियो, तर औपचारिकता सीमित थियो । कांग्रेस सभापति समेत रहेका प्राधनमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि सहयोग मागे भने एमाले अध्यक्ष ओलीले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, नभए सभामुख हटाउनुपर्ने अडान राखे ।

    कांग्रेस नेताहरु बाहिरिनासाथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसद भवनस्थित प्रमुख विपक्षी दलका नेता ओलीको कार्यकक्षमा पुगेका थिए । सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै, पछि दुबै दलका नेताहरुको उपस्थिथिमा छलफल भयो । त्यो छलफलमा माओवादी केन्द्रका नेताहरुले संसदमा विचाराधीन एमसीसी अस्वीकृत गर्न एमालेको सहयोग खोजेका थिए ।

    तर एमाले अध्यक्ष ओलीले एमसीसीको समर्थन मात्र गरेनन्, आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, नभए सभामुखले राजीनामा दिनुपर्ने शर्त राखे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा प्रचण्डले राजनीतिक प्रतिवेदनमार्फत आफूमाथि लगाएका गम्भीर आरोपहरु फिर्ता गर्नुपर्ने ओलीको माग थियो ।

    माओवादी नेताहरुसँग छुट्टिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न सोझै उनको सरकारी निवास बालुवाटार पुगेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेललाई लिएर बालुवाटार पुगेका उनले प्रचण्डको व्यवहारप्रति दिक्दारी मात्र पोखेनन्, माओवादीलाई एमालेले पनि नबोक्ने र कांग्रेसलाई पनि नबोक्न आग्रह गरेका छन् ।

    २०५२/५३ मा कांग्रेस र एमालेले राप्रपाका नेताहरु सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई बोकेझैं अहिले माओवादीलाई पालैपालो बोक्ने काम भएको भन्दै ओलीले भनेका थिए, ‘अब बोक्ने काम नगरौं ।’ ओली, प्रचण्डहरुसँग आजित भएको र एक पटक दण्डित गरौं भन्ने मुडमा देखिएकाले देउवा पनि मिलेर बढ्न सकारात्मक भएको बैठकमा सहभागी एक नेताले बताए । एमाले नेताहरुले माओवादीसामू राखेको शर्तहरु पनि कांग्रेस नेताहरुलाई सुनाएका थिए ।

    देउवा र ओलीबीच वान अन वान वार्ता

    नेताहरुका अनुसार बालुवाटारमा सुरुमा दुबै दलका नेताहरुको उपस्थितिमा छलफल भएको थियो । त्यसपछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली दुई जनाबीच मात्र लामै कुराकानी भयो । त्यसपछि फेरि अरु नेताहरुको उपस्थितिमा पनि छलफल भयो ।

    वान अन वान वार्ताका क्रममा के कुरा भयो, नेताहरुले संयुक्त छलफलमा सुनाएनन् । संयुक्त छलफलमा भने देउवाले एमसीसी अनुमोदनका लागि आग्रह गरे भने ओलीले पुरानै अडान दोहोर्‍याए । नेताहरु भोलि शुक्रबार संसदमा एमसीसीमाथि सैद्धान्तिक छलफल अघि बढाउने र दुई दलबीचको छलफललाई निरन्तरता दिने गरी उठेका छन् । ‘जे गर्ने हो दुई दल मिलेर गरौं भन्ने छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘वातावरण सकारात्मक छ, तर छिनेर कुरा भएको छैन ।’

    अनौपचारिक सम्वादका क्रममा भने सम्भावित समझदारीबारे थुप्रै छलफल भएको नेताहरु बताउँछन् । कांग्रेस नेताहरुले संसदबाट एमसीसी अनुमोदन गर्नुअघि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुलाई हटाउन सक्ने बताएका छन् । एमालेले भने सभामुख अग्ग्निप्रसाद सापकोटा हटाउन चाहेको छ ।

    ‘सभामुख र माधव नेपालहरुलाई हटाउने हाम्रो हातमा छैन, हाम्रो हातमा मन्त्री हटाउने छ । प्रधानमन्त्रीले कुनै पनि विन्दुमा मन्त्रिपरिषद् पुनर्गठन भन्न हुन्छ,’ एमाले नेताहरुसँग सम्वादमा रहेका कांग्रेस नेता भन्छन्, ‘उहाँहरुको कुरा सकारात्मक नै छ, तर हामीले त सभामुख नै भनेका हौं पनि भन्नुहुन्छ ।’ सभामुख हटाउन चाहिने दुई तिहाई सुनिश्चित नभएकाले पनि प्रधानमन्त्री देउवा यसमा जान अग्रसर नभएको कांग्रेस नेताहरु बताउँछन् ।

    यस्तै कांग्रेसले देउवा सरकारमा एमाले पनि सहभागी होस् भन्ने चाहेको छ, तर एमालेले भने केन्द्रमा होइन, प्रदेश सरकारको नेतृत्व लिने संकेत गरेको छ । आफैंले ‘परमादेश सरकार’ भनेको सरकारमा जान एमालेलाई सहज छैन । त्यो अवस्थामा एमालेले फ्लोरबाट समर्थन गर्ने वा देउवाले राजीनामा दिएर मुलुकलाई ‘अर्ली इलेक्सन’मा लैजान दुबै दल तयार हुनुपर्ने हुन्छ ।

    यस्ता विषयमा मसिनो गरी छलफल गरेर सहमति जुट्न बाँकी रहेको दुबै दलका नेताहरु बताउँछन् । ‘कुनै न कुनै समझदारी गरेर यही (कांग्रेस र एमाले मिल्ने) कोर्स अगाडि जाने देखिन्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘दुबै एकअर्कासँग मिलेर जान खोजेकाले आफ्नो अनुकुल सहमति गर्न खोज्नु स्वभाविक छ । तर प्रधानमन्त्रीले मन्त्रीहरु हटाएर गठबन्धन छैन भन्ने सुनिश्चितता गर्ने र एमालेले एमसीसी पास गर्न सघाउने समझदारी हुनसक्छ ।’

    त्यसो भएमा तत्कालीन प्रधानमन्त्री ओलीलाई हटाउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बनाएको ५ दलीय गठबन्धन टुट्नेछ । केन्द्र मात्र होइन, प्रदेश सरकारहरु समेत विघटन हुनेछन् । जबकी गठबन्धनको बलमा ६ प्रदेशको सरकारबाट एमाले हटाइएको थियो । कांग्रेस र एमालेबीचको सहमति अघि बढेमा प्रदेशहरुमा कतै एमाले नेतृत्व त कतै एमाले सम्मिलित सरकार बन्नेछ ।

    कांग्रेस महामन्त्री गगनकुमार थापा अहिलेको सत्तारुढ गठबन्धन धरापमा परिसकेको बताउँछन् । एमसीसीमा सहयोगको अपेक्षा राखेका प्रधानमन्त्रीले एमालेलाई संसदभित्र आएर मत दिन सजिलो बनाउन गर्न सक्ने सबै प्रबन्धमा छलफल गर्ने बताएको भन्दै बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग उनले भनेका थिए, ‘गठबन्धन अगाडि जान समस्या रह्यो, धरापमा परिसक्यो ।’

    समझदारी भइसकेको माओवादी आशंका

    कांग्रेस मात्र होइन, माओवादी केन्द्रले पनि प्रमुख विपक्षी एमालेसँग निरन्तर सम्वादमा छ । माओवादी केन्द्रका नेताहरुले आगामी निर्वाचनमा वाम गठबन्धन बनाएर जानसक्ने संकेत गरेका छन् । बिहीबार बानेश्वरमा भएको छलफलमा एमाले अध्यक्ष ओलीका शर्तहरु सुनेपछि माओवादी नेताहरुको निष्कर्ष छ, ‘कांग्रेससँग समझदारी भइसकेछ । खाली बुँदागत टुंग्याउन बाँकी जस्तो छ ।’

    कांग्रेससँग सहमति गर्नुअघि एमालेले देखाउन मात्र आफूहरुसँग वार्ता गरेको उनीहरुको आशंका छ । राजनीतिक कोर्स नै फेरिने देखेको माओवादी केन्द्रको नेतृत्वले पूर्व स्थायी समिति सदस्यहरुको बैठक समेत बोलाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.