Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा वृहत योग विज्ञान शिविर
    समाचार

    कनकाईमा वृहत योग विज्ञान शिविर

    ramBy ram२०७५ फाल्गुन १२, आईतवार १४:३८ गते2 Mins Read

    कनकाई \ ‘गरौं योग , रहौं निरोग ’ भन्ने अभियानलाई सफल पार्ने उद्येश्यले पतञ्जली योग कनकाई नगर समितिको आयोजनामा आइतवारदेखी बृहत योग विज्ञान शिविर संचालन भएको छ ।

    कनकाई नगरपालिका वडा नं.५ स्थित भगवती आधारभूत विद्यालयमा एक सातासम्म चल्ने निशुल्क योग विज्ञान शिविरको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले दिप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका हुन् । योग शिविरको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी नगरप्रमुख पोखरेलले शारिरीक र मानसिक रुपमा अस्वस्थ बन्दै गएको मानव समुदायलाई स्वस्थ वनाउँनका लागि योगअभ्यास मात्र एउटा विकल्प रहेको वताएका छन् । दिनप्रतिदिन व्यस्त बन्दै गएको आजको मानव समुदायले सकारात्मक सोचका साथ हरेक दिन व्यायाम गर्दै अघि बढ्ने हो भने दैनिक जीवन सहज बन्दै जाने कुरामा नगर प्रमुख पोखरेलले जोड दिएका छन् ।

    पतञ्जली योग कनकाई नगर समितिका अध्यक्ष योगगुरु टिकाप्रसाद कट्टेलको सभापतित्व रहेको योग विज्ञान शिविरमा दुईसय बढी योगप्रेमी स्थानीयवासीको सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक पुण्यप्रसाद ओझाले स्वागत तथा योग शिविरको कक्षा संचालन संयोजक एवम् बालगोपाल योग साधना केन्द्र भक्तपुरकी संयोजक जमुना सेलवालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

        उद्घाटन कार्यक्रममा कनकाई नगरकी उपप्रमुख मन्जु प्रसाईं, पतन्जली योग समिति १ नं. प्रदेशका महामन्त्री योग गुरु लक्ष्मीप्रसाद काफ्ले, पतन्जली योग जिल्ला समिति झापाका अध्यक्ष योगगुरु देवीचरण घिमिरे,कनकाई नगर वडा नं.५ का अध्यक्ष कृष्ण राई, भगवती आधारभूत विद्यालयका अध्यक्ष ओम पाठक लगायतले मन्तव्य राखेको कार्यक्रममा महिला पतञ्जली योग समिति झापाकी अध्यक्ष प्रेमकला निरौला, पतञ्जली योग समिति झापाका सहसचिव रुद्र ओली, योग समितिका झापा गाउँपालिका अध्यक्ष भविन्द्र भण्डारी, भगवती आधारभूत विद्यालयका संस्थापक अध्यक्ष डिल्लीराम सेलवाल, प्रधानाध्यापक खड्गप्रसाद विमली, सामाजिक व्यक्तित्व गोकर्ण ओझा लगायत विभिन्न क्षेत्रवाट आएका योग गुरुहरुको आतिथ्यता रहेको थियो ।

        पतञ्जली योग कनकाई नगर समितिका महासचिव रामप्रसाद निरौलाले संचालन गरेको योग शिविरको समुद्घाटन कार्यक्रममा स्थानीय विभिन्न १५ वटा संघ संस्थाहरु सह आयोजकका रुपमा रहेका छन् । यसरी सहआयोजकका रुपमा रहेका संस्थाहरुमा क्रमशः कनकाई नगर वडा नं.५, भगवती आधारभूत विद्यालय, बालगोपाल योग साधना केन्द्र भक्तपुर, प्रगतिपथ कृषि सहकारी संस्था, पञ्चेश्वर शिवालय मन्दिर, नवदुर्गा मन्दिर , पन्चकन्या किर्तन मण्डली ,सुनौलो युवा क्लव , आत्माजागरण सतसङ्ग मण्डली , मनोकामना किर्तन मण्डली , आत्माजागृति किर्तन मण्डली , एकता किर्तन मण्डली, कनकाई किर्तन मण्डली , पाथीभारा किर्तन मण्डली लगायत रहेका छन् । कनकाई नगरका नौवटै वडामा योग शिविर संचालन गर्दै जाने योजना भए अनुरुप यसपछि वडा नं.६ मा शिविर संचालन हुने वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.