Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहाराको शाखा व्यवस्थापन तालिम सम्पन्न
    समाचार

    सहाराको शाखा व्यवस्थापन तालिम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन ११, बुधबार १६:३७ गते2 Mins Read

    के.पी. लुइटेल,

    कनकाई खबर (ईलाम सम्बाददाता) \ झापाको विर्तामोड—२ स्थित चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल साकोसले दुई दिवसिय शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

    जर्सिज ओभरसिज एड (जेओए) तथा ह्याबिटाट फर ह्युमिनिटि नेपालको आर्थिक सहयोगमा सम्पन्न तालिम मोरङको कृषि विकाश बैंकको तालिम केन्द्र लेटाङमा सम्पन्न भएको हो । सहारा नेपाल साकोसका झापा,मोरङ,इलाम,सुनसरी,पाँचथर र उदयपुर जिल्लामा रहेका अनुगमन कार्यालय अन्तर्गतका विभिन्न सेवाकेन्द्रमा कार्यरत ३० जना सेवाकेन्द्र प्रमुखहरुले तालिममा सहभागिता जनाएका थिए । सेवा केन्द्रको सञ्चालनमा र गुणस्तरिय सेवा प्रवाह गर्न आवश्यक विभिन्न पक्षहरुमा आफ्ना सेवा केन्द्रमा आउने सदस्यहरुसँग गर्नुपर्ने व्यवहार साथै बदलिँदो परिवेशमा संस्थाले खेल्नु पर्ने भूमिकाको बारेमा तालिम केन्द्रित रहेको बताइएको छ ।

    सिभिल बैंक प्रदेश १ का प्रमुख राजेश ढकालले दुई दिनसम्म सहजिकरण गरेको कार्यक्रममा वर्तमान मौद्रिक तरलताको समस्या, नगद कारोवार गर्ने संस्थाका कर्मचारीहरुमा हुनुपर्ने आवश्यक सिप,ज्ञान,चेक(भुक्तानी भर्पाइ)का प्रकार तथा प्रयोगको अवस्थाका बारेमा जानकारी गराइएको थियो ।

    कार्यक्रममा सरकारको निती तथा कानुन, सम्पत्ति शुद्धिकरण लगायत आर्थिक कारोवार गर्ने बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुले जान्नैपर्ने र बुझ्नै पर्ने विषयमा प्रष्ट पारिएको थियो । नेपाल सरकारले लागु गरेको कानुन,व्यवस्थित फायलिङ आदि विषयमा समेत जानकारी गराइएको थियो । सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरीएको तालिम समापन सत्रलाई सम्बोधन गर्दै (जेओए) प्रोजेक्टका अनुगमन तथा मूल्याङ्कन अधिकृत किसन गौतमले तालिमबाट प्राप्त ज्ञान,सिपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गरे ।

    ह्याबिटाट फर ह्युमिनिटि नेपालका पूर्वान्चल क्षेत्रीय प्रमुख रामवहादुर श्रेष्ठले तालिमलाई आर्थिक सहयोग गरेको र त्यसको सार्थकता चाहि सहभागिहरुको कार्यान्वयनले देखाउने बताए । श्रेष्ठले आफूले पनि लामो समय संघसंस्थामा रहँदा लिएको तालिमबाट प्राप्त उपलव्धीका बारेमा समेत आफ्नो अनुभव बताएका थिए । आफू कार्यरत संस्थाको संक्षिप्त परिचय गराउँदै आयोजकसँगको सम्बन्धका बारेमा समेत क्षेत्रीय प्रमुख श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रममा सहभागिहरुका तर्फबाट सरिता गिरी, के.पी.लुईटेल, दामोदर भट्टराई, पदम सापकोटा, विवेक काफ्ले , महेन्द्रप्रसाद राजवंशी लगायतले तालिमबाट प्राप्त विषयवस्तुहरु वर्तमान अवस्थामा अत्यन्तै आवश्यकता साथै उपलव्धीमूलक रहेको बताए ।

    तालिमबाट प्राप्त ज्ञान, सिप वित्तिय संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई बोध हुनैपर्ने साथै ‘गरे कानुन बाट बचिन्छ, नगरे कानुन लाग्छ’ भन्ने कुराको सन्देश प्राप्त भएको सहभागीहरुले प्रतिक्रिया दिए ।

    तालिमबाट सिकेको कुराले आफूले संस्थामा गरिने दैनिक क्रियाकलापमा प्रभावकारी कार्यसम्पादन गर्न उर्जा प्राप्त भएको भन्दै तालिममा सहभागीहरुले यस किसिमको तालिमबाट संस्थाको शाखमा समेत वृद्धि गर्न सकिने बताएका छन् । सहारा नेपाल साकोस केन्द्रिय कार्यालय अन्तर्गतका तालिम अधिकृत मातृका सुवेदीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.