Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राष्ट्रिय विभुतिका रुपमा पृथ्वीनारायण शाहको सालिक अनावरण
    समाचार

    राष्ट्रिय विभुतिका रुपमा पृथ्वीनारायण शाहको सालिक अनावरण

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन ७, शनिबार १५:२० गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभुतिको सम्मान दिँदै पूर्ण कदको सालिक अनावरण गरेको छ ।

    कनकाई नगरले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिवार पृथ्वी नारायण शाहको सालिक अनावरण गरेको हो । नगरपालिका प्रवेश द्वारमा भएको एक संक्षिप्त कार्यक्रमका विच पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायतले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका हुन् ।
    गजुरसहित निर्माण गरिएको सात फुट पाँच ईन्च उचाईको पृथ्वी नारायण शाहको सालिक नेपालकै पहिलो ठूलो सालिक भएको अनुमान गरिएको छ । नगरवासीमा एकताका साथ अघि बढ्नुपर्छ भन्ने सन्देश दिने उद्येश्यले एकताका प्रतिक पृथ्वी नारायण शाहको सालिक निर्माण गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । पृथ्वीनारायण शाहलाई राजसंस्थासँग जोडेर नभई राष्ट्रनिर्माताका प्रतिकका रुपमा सम्मान गर्दै सालिक स्थापना गरेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    राष्ट्रिय,अन्तर्राष्ट्रिय मुर्तीकला कार्यशालामा सहभागिता जनाइसकेका कनकाई ३ निवासी राष्ट्रिय मुर्तीकार हिम्मत नेम्वाङबाट छोटो समयमै निर्माण गरिएको सालिक कनकाई नगरपालिकाको प्रवेश द्वारमा अनावरण गरिएको हो । दुईजना मुर्तीकारले दुई महिना लगाएर निर्माण गरेको सालिकको मुल्य एघार लाख भन्दा बढी पर्ने भएपनि मुर्तीकार नेम्वाङ स्थानीयवासी भएकाले सम्मानसहित उनको श्रम बापतको पाँच लाख रुपैंयाँ मात्र लिने र दिने गरी सम्झौता भएको बताइएको छ । सालिक अनावरण कार्यक्रमका अवसरमा मुर्तीकार नेम्वाङलाई विशेष सम्मान समेत गरिएको छ । आधुनिक मुर्तीकला तर्फ राष्ट्रिय ललितकला विशेष पुरस्कार प्राप्त नेम्वाङ एक सफल चित्रकार एवम् साहित्यकारका रुपमा समेत स्थापित स्रष्टा हुन् । नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुमा समेत नेम्वाङका दर्जनौ आधुनिक मुर्तीकलाले पार्कहरु सजिएको पाइन्छ ।


    स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै कनकाई नगरका जनप्रतिनिधिहरुले यस अघि महामानव वि.पी. कोइरालाको पूर्ण कदको सालिक कनकाईको वडा नं.—५ मा निर्माण गरिसकेको बताइएको छ । वि.पी.को सालिक समेत मुर्तीकार नेम्वाङकै सिर्जना रहेको बताइएको छ । लामो समयदेखि बन्द निषेधित नगरका रुपमा पहिचान बनाएको कनकाईमा पृथ्वीनारायण शाहको सालिक निर्माण हुनु नगरवासीकैलागि ऐतिहासिक कार्य भएको भन्दै सहभागीहरुले स्थानीय सरकारको प्रशंसा गरेका छन् ।

    नगर प्रमुख पोखरेलको सभापतित्वमा सम्पन्न सालिक अनावरण कार्यक्रममा संविधान सभा सदस्य अम्बिका राजवंशी, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, एमाले कनकाई नगर अध्यक्ष खड्गप्रसाद प्रसाईँ, नेपाली कांग्रेस कनकाईका उपसभापति सूर्यकुमार थापा, सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, राप्रपाका विष्णुप्रसाद ओली, सुकेडाँगी सामुदायिक वनकी अध्यक्ष शान्ती उपाध्याय लगायतले पृथ्वीनारायण शाहका दिव्योपदेशको मनन गर्दै सोही अनुरुप गतिविधि अघि बढाउँन सुझाव दिएका थिए ।

    कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन कनकाई नगरपालिकाका प्रवक्ता एवम् वडा नं.४ का वडाअध्यक्ष गोविन्द पौडेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.