Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई मेयरको लाइनमा संग्रौला बने आकांक्षी
    राजनीति

    कनकाई मेयरको लाइनमा संग्रौला बने आकांक्षी

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २, सोमबार ०७:१० गते2 Mins Read

    कनकाई खबर \ सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी चहलपहल बढेको झापाको कनकाई नगरपालिकाको मेयरकालागि केही आकांक्षीहरुको अनुहार सामाजिक संजाल मार्फत सार्वजनिक हुन थालेको छ ।


    यसै क्रममा हाल संघीय सरकारको नेतृत्व समेत समालिरहेको नेपाली कांग्रेसका तर्फबाट कनकाई ३ सुरुङ्गा निवासी टेकनारायण संग्रौला समेत कनकाई नगरपालिकाको मेयरको आकांक्षी रहेको बताउँछन् । स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाको पहिलो मेयरका रुपमा नेकपा एमालेका तर्फबाट निर्वाचित भइ नेतृत्व सम्हालेका राजेन्द्र पोखरेल फेरी पनि मेयरको जिम्मेवारी दोहोर्याउँने दाउमा रहेको अवस्थामा आउँदो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कांग्रेस नेता संग्रौला मेयरको आकांक्षी बनेका छन् । कांग्रेसबाटै यस अघिको मेयरका प्रत्यासी बनेका नेता एकराज उप्रेती, अर्का नेता शेरबहादुर थापा साथै कनकाई ३ का वडाअध्यक्ष समेत रहेका रुद्रप्रसाद चिमरीया समेतको नाम कनकाईको मेयरकालागि चर्चामा रहेको छ ।


    पार्टीको पूर्व जिल्ला सदस्य समेत रहेका संग्रौला क्याम्पस स्तरको विद्यार्थी राजनीतिदेखी नै सक्रिय राजनीतिमा क्रियाशिल छन् । पञ्चायत विरोधी आन्दोलनका क्रममा १४ वर्षको उमेरमै २०३९ सालमा जेल जीवन बिताएका संग्रौला त्यसपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसको हरेक गतिविधिमा सक्रिय हुँदै आएका छन् ।


    पछिल्लो समय स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाको नेतृत्व सम्हाल्दै आएको नेकपा एमालेले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै अबको कनकाई नगरको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने पक्का भएकोले नेतृत्वकालागि आँफू आकांक्षी रहेको संग्रौला बताउँछन् । समृद्धिको प्रचुर सम्भावना बोकेको कनकाई नगर क्षेत्रमा एमालेको नेतृत्व असफल भएको दावी गर्दै कांग्रेस नेता संग्रौलाले कनकाई नगरवासीले अब एक पटक कांग्रेसको नेतृत्व हेर्ने चाहाना गरेको बताएका छन् । स्थानीय स्तरका विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रमा सफल नेतृत्व सम्हालिसकेको आधारमा विकास निर्माण लगायत महिला,वालवालिका, युवा साथै विभिन्न वर्ग , समुदाय र जातजाती, धर्मसंस्कृति र सम्प्रदायको भावनाको सम्बोधन हुन नसकेको वर्तमान अवस्थामा नगरवासीको चाहाना अनुरुप आफूले उम्मेद्वार बन्ने ईच्छा राखेको कांग्रेस नेता संग्रौला बताउँछन् ।


    आँफू लगायत अन्य केही सहयात्रीहरुबाट मेयरको उम्मेद्वार बन्ने आकांक्षा रहेको भएपनि एउटा पार्टीबाट एकजनाको मात्र उम्मेद्वारी हुनु पर्ने भएकाले नेपाली कांग्रेसबाट आफ्नो उम्मेद्वारीको निर्णय भएको खण्डमा पार्टीले दिएको जिम्मेवारी ईमान्दारीताका साथ पूरा गर्नु आफ्नो मुख्य दायित्व हुने नेता संग्रौला बताउँछन् । आम नगरवासीहरुको जनअपेक्षालाई सदैव आत्मसाथ गर्दै नगर र नगरवासीहरुको हितमा आँफूलाई समर्पित गर्ने नेता संग्रौलाले प्रतिज्ञा गरेका छन् । प्रजातान्त्रीक पद्धतिमा कुनै पनि कुरा निर्विकल्प नहुने भन्दै कांग्रेस नेता संग्रौलाले संस्तो प्रचारवाजीलाई राजनीतिको आधार बनाउँन उचित नहुने बताएका छन् । नेता संग्रौलाले गहन, सौम्य र तर्कपूर्ण राजनीतिक अभ्यास गर्ने बानी बसाल्न सम्बन्धित सबैमा अनुरोध समेत गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.