कनकाई खबर \ झापाको सुरुङ्गामा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिनुका साथै पार्टी विधान र डायरी वितरण गरिएको छ ।
कनकाई नगर प्रशिक्षण विभाग प्रमुख सन्तोष रायमाझीको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी इतिहास, नेपाली झन्डाको ईतिहास, झन्डामा लेखिएको ४ वटा ताराको अर्थ र महत्व, पार्टीको आगामी रणनीति, अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयमा कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी जिल्ला सचिव कृष्ण हुमागाँई र पार्लियामेन्ट्री प्रोसिडरका विषयमा कुमारमणी पोखरेलले सहजीकरण गर्नुभएको थियो ।
चुनावी घोषणापत्र बनाउने, क्षेत्र नम्बर–४, प्रदेश ख का सभापति ख्यामराज सिटौलाले पार्टिमा विधान अध्ययन गर्नु पर्नेमा जोड दिएका थिए । पार्टीको निर्णय प्रतिको प्रतिवद्धता हुनुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा नगर सभापति दुर्गा प्रसार्इले नगरमा पार्टीले सञ्चालन गर्ने भावी योजनाबारे अवगत गराउनु भएको थियो । सो अवसरमा जिल्ला सदस्य लिला चिमरिया, महाधिवेशन प्रतिनिधि शेरबहादुर थापा, धनमाया चिमरिया, पूर्व जिल्ला सदस्य गोपाल उप्रेती, प्रशिक्षण विभाग सदस्य हरि फुयाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गोमा कार्की, गंगाराम दाहाल, धनपती चापगार्इ , हर्क ल्वागुन, स्वागत कबिता बस्नेत रेणुका उप्रेती, अशोक पाठक लगायतले जिज्ञासा राखेका थिए ।
सचिव दिपक खतिवडाले सन्चालन गरेको कार्यक्रममा कनकाइ नगपालिकाका सबै वडा सभापतिहरुसहित कार्यकर्ताको सहभागिता रहेको थियो ।