Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवालय मन्दिर तथा बालआश्रमको अक्षयकोषमा उप्रेती दम्पतीबाट २ लाख
    समाचार

    शिवालय मन्दिर तथा बालआश्रमको अक्षयकोषमा उप्रेती दम्पतीबाट २ लाख

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ २६, बुधबार १२:१४ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई ७ स्थित शिवालय मन्दिर तथा बालआश्रमले स्थापना गरेको अक्षयकोषमा स्थानीय समाजसेवी देवीप्रसाद र लिला उप्रेतीबाट सहयोग रकम प्राप्त भएको छ ।

    मन्दिर परिसरमा एक संक्षिप्त कार्यक्रमका विच दाता उप्रेती दम्पतीले संस्थाका अध्यक्ष भिष्म सिटौलालाई अक्षयकोष बापतको २ लाख बराबरको चेक हस्तान्तरण गरेका छन् । हाल काठमाण्डौ किर्तिपुरमा बस्दै आएका उप्रेती दम्पतीले बुबाआमा स्व.धनपति र लछिमा उप्रेती (काभ्राबोटे) को स्मृत्तिमा सहयोग रकम हस्तान्तरण गरेको बताएका छन् । काभ्राबोटे उपनामले परिचित बुबा स्व.धनपति उप्रेतीले आफ्नो जीवनकालमा सामाजिक क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिकालाई जीवित राख्नकालागि समेत अक्षयकोषले थप सहयोग पुग्ने विश्वास गरिएको स्व.धनपतिका कान्छा छोरा समेत रहेका देवीप्रसादले कनकाई खबरलाई बताए ।

    स्थानीयस्तरमा रहेको शिवालय मन्दिर तथा बालआश्रमको थप व्यवस्थापन साथै संरक्षणमा सहज होस् भन्ने उद्येश्यले अक्षयकोष वृद्धिकालागि सहयोग गरेको दाता देवीप्रसाद उप्रेती बताउँछन् । शिवालय मन्दिर हिन्दुहरुको आस्थाको केन्द्र बन्नु पर्ने तर्फ जोड दिँदै दाता उप्रेतीले यसको स्थायीत्व साथै दैनिक पूजापाठ, भजन किर्तन जस्ता गतिविधिले निरन्तरता पाइरहोस् भन्ने कामना व्यक्त गरेका छन् ।
    संस्थामा २० लाखको अक्षयकोष बनाउँने लक्ष्यका साथ दुई वर्ष अघि मात्र स्थापना गरेको यस अक्षयकोषमा हाल सम्ममा करिव ११ लाख रुपैंया जम्मा भइसकेको संस्थाका कार्यवाहक सचिव दिपक कार्कीले जानकारी दिएका छन् । संस्थालाई लक्ष्यमा पुग्नकालागि सम्पूर्ण धर्मप्रेमी, सहयोगी मनहरुलाई समेत संस्था परिवारका तर्फबाट अनुरोध गरिएको छ ।

    संस्थाका अध्यक्ष भिष्म सिटौलाको सभापतित्वमा सम्पन्न सहयोग रकम हस्तान्तरणका अवसरमा संस्थाको कार्यसमितिका तर्फबाट उपाध्यक्ष भिमादेवी पौडेल, कोषाध्यक्ष शान्ता बस्नेत, सदस्यहरु प्रेमप्रसाद उप्रेती, वालकृष्ण सिटौला, अनिरुद्र ओली, भीष्म उप्रेती, कुलप्रसाद थपलिया चन्दादाताहरु युवराज उप्रेती, निलम मैनाली, कुमार मैनाली लगायतको उपस्थिती रहेको संस्थाका कार्यबाहक सचिव दिपक कार्कीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.