Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बाख्रा लगायत पशु चौपायलाई निशुल्क पिपिआर तथा एफएमडि खोप
    समाचार

    बाख्रा लगायत पशु चौपायलाई निशुल्क पिपिआर तथा एफएमडि खोप

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ २६, बुधबार ०८:३८ गते2 Mins Read

    के.पी. लुईटेल,

    कनकाई खबर (ईलाम सम्वाददाता) \ माइजोगमाई गाउँपालिकाको पशुपंक्षी तथा मत्स्य विकाश शाखाको आयोजना एवम् सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लि. को प्राविधिक सहयोगमा पशुपालक कृषकका पशु चौपायलाई पिपिआर भ्याक्सिन खोप निशुल्क लगाइएको छ ।

    हरेक वाख्रापालन गर्ने कृषककालागि वाख्रालाई दिइने विभिन्न खोपको जानकारी हुनु अति नै महत्वपूर्ण हुन्छ । पिपिआर वाख्रावस्तुमा देखिने एक प्रकारको जटिल विराम हो र यो हैंजाको रुपमा पनि फैलिने हुन्छ । जसका कारण अन्य स्वस्थ वाख्रामा पनि संक्रमण फैलाउन सक्छ । तसर्थ माइजोगमाई गाउँपालिकासँगको सहकार्य र सहारा नेपाल साकोसको प्राविधिक सहयोगमा पशु चौपायलाई निशुल्क खोप लगाइएको हो । नेपाल सरकारले ल्याएको कार्यक्रममा स्थानीय गाउँपालिकामा प्राप्त खोपलाई स्थानीय माइजोगमाइ गाउँपालिकाको वडा नं.४मा वाख्रापालन गरिरहेका कृषकहरुका करिब २ सय वटा वाख्रामा निशुल्क पिपिआर भ्याक्सिन लगाइएको सहारा नेपाल साकोस इलामका अनुगमन अधिकृत तोयानाथ आचार्यले बताए ।


    वाख्रामा देखिने रोगका कारण मृत्युदर पनि वढि हुने हँुदा खोपका कारण कृषकलाई हुने ठूलो क्षतिको न्युनीकरण हुन सक्ने बताइएको छ । यस गाउँपालिका क्षेत्रमा कृषकहरुबाट भएको व्यवस्थित पशुपालनका माध्यमले थप लाभ हुने प्रकृतीका अन्य कार्यक्रमहरु समेत आगामी दिनमा ल्याइने कुरा माइजोगमाई गाउँपालिका पशु शाखा प्रमुख सुमन देवानले बताए । बाख्रामा पहिले ज्वरो आउने, शरिरको तापक्रम १०४ डिग्री देखि वृद्धि हुँदै जाने, मुख र नाकबाट पानी आउने, निमोनिया हुने जस्ता समस्याहरु पिपिआरका लक्षण भएको बताइएको छ । यस्ता संक्रमणबाट जोगाउनकालागि यस किसिमका पिपिआर भ्याक्सिन लगाउने गरेको सहारा नेपाल साकोसका पशु प्राविधिक निरोज लुईटेलले जानकारी दिए ।

    एउटा बाख्राकालागि एक एम.एल. को मात्रा कम्तिमा पनि ४ महिना भन्दा माथिको उमेर भएका वाख्रालाई यो खोप दिन उपयुक्त हुने साथै एकपटक लगाएको खोपले तीन वर्षसम्म काम गर्ने प्राविधिक लुईटेलले बताए । त्यस्तै एफएमडी भ्याक्सिन विशेष गरेर खुरफट्टा जनावर जस्तै गाई, भंैसी, भेडा, वाख्रा आदिमा देखापर्ने एक प्रकारको भाइरल रोग नै रहेको हुनाले यो खोप वाख्रालाई पनि दिनु उपयुक्त हुने प्राविधिक बताउँछन् । वाख्राको शरिरमा हुने तापक्रम १०३.५ डिग्री सम्मलाई सामान्य नै मानिने भएपनि थोरै ( ०.५) मात्र पनि तापक्रम बढेर १०४ डिग्री भएमा यसलाई संवेदनशील समस्याकै रुपमा हेर्नु पर्ने बताइएको छ । एफएमडी भ्याक्सिन दिएका वाख्रालाई यस किसिमको समस्याबाट समेत बचाउन सकिने सहारा नेपाल साकोसका पशु प्राविधिक लुईटेलले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.