Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रानी सामुदायिक वनको साधारण सभा सम्पन्न
    समाचार

    रानी सामुदायिक वनको साधारण सभा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ २५, मंगलवार ०१:३६ गते2 Mins Read

    कनकाई खबर \ झापा गाउँपालिकाको वडा नं. ३, ६ र ७ लाई समेटिएको रानी सामुदायिक वन उपभोक्ता समितिको २० औं साधारण सभा सम्पन्न भएको छ ।


    वन समूहका अध्यक्ष नरेन्द्रकुमार आङदम्बेको सभापतित्व एवम् झापा गाउँपालिका ६ का वडाअध्यक्ष हरीबहादुर बानीयाँको प्रमुख आतिथ्य रहेको साधारण सभामा अध्यक्ष आङदम्बेले भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी बानीयाँले लामो इतिहास बोकेको रानी सामुदायिक बन झापा गाउँपालिकाकै सम्पदा भएकाले यहाँ माटो सुहाउँदो बिरुवा रोपेर बनलाई हराभरा बनाउन जोड दिए ।


    वडा नम्बर ७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती, पुर्व सचिव प्रेम प्रसाद पाठक, राम प्रसाद उप्रेती, केशब बजगाई, विश्वनाथ राजबंशी लगायतले शुभकामना मन्तब्य राखेका थिए । वन समितिको स्थापनामा विशेष योगदान पुर्याएका राजबंशीले रानी वनको संरक्षण पञ्चायतकालदेखि गरिएको भन्दै रानी बनको नामाकरण भएको इतिहास सुनाए । उनले राजा महेन्द्रले सिकार खेलेको ठाउँ भन्दै इतिहासको स्मरण गराएका थिए ।


    साधारण सभाको वन्द सत्रले तीन वर्ष अवधि पूरा गरेको वर्तमान कार्य समिति बिघटन गरी ७ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । आगामी तीन वर्षे कार्यकालको नेतृत्व चयनकालागि निर्वाचन मण्डल गठन भएको हो । स्थानीय युवा समाजसेवी केशब बजगाईंको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन मण्डलमा पुष्पा प्रसाईं, प्रदिप जोसी, मोहन मिश्र, भविन्द्र भण्डारी, कमला श्रेष्ठ र प्रेम पाठक सदस्य रहेका छन् ।


    निर्वाचन मण्डलीले सर्वपक्षिय भेला बोलाई नयाँ कार्य समिति चयनको बाटो सजिलो बनाउने संयोजक बजगाईंले बताए । सबैसँग छलफल गरेर सर्वसम्मतको प्रयासकालागि निर्वाचन समितिले भूमिका खेल्ने संयोजक बजगाईँले जानकरी दिए ।

    वन समूहका उपाध्यक्ष कमल गनगाईंले स्वागत गरेको औपचपारिक कार्यक्रमको संचालन सचिव पुष्पा प्रसाईले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.