Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको देवकोटामा सरस्वतीको मन्दिर स्थापना (भिडियो सहित)
    समाचार

    कनकाईको देवकोटामा सरस्वतीको मन्दिर स्थापना (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ २३, आईतवार १६:४३ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई ५ स्थित देवकोटा प्राथमिक विद्यालयमा दाताबाट निर्माण गरिएको सरस्वतीको मन्दिर एक विशेष कार्यक्रमका विच समुद्घाटन गरिएको छ ।

    विद्यालय परिसरमा स्व.जन्मजय उप्रेतीको परिवारका तर्फबाट शिक्षासेवी पारस उप्रेती र यादव उप्रेतीले निर्माण गरेको मन्दिर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले समुद्घाटन गरेका हुन् । सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रमका विच सरस्वतीको मन्दिर समुद्घाटन गर्दै नगर प्रमुख पोखरेलले दाता परिवारलाई विशेष धन्यवाद प्रकट गरेका छन् ।
    वि.संं.२०२० सालमा स्थापना भएको देवकोटा प्राथमिक विद्यालय संचालनकालागि दाता परिवारका तर्फबाट स्व.भानुभक्त उप्रेतीले तत्कालिन समयमा विद्यालयलाई पाँच कठ्ठा जमिन दान गरेका थिए । सोही स्थानमा निरन्तर रुपमा संचालन भइरहेको देवकोटा प्राथमिक विद्यालयमा दाताहरुबाट भएको सहयोगले नै भौतिक पूर्वाधारमा विकास भई विद्यालयले गति लिएको बताइएको छ ।

    शिक्षासेवी स्व.भानुभक्त उप्रेतीले कनकाई ७ स्थित हालको मेयर आवास नमूना बस्ती भएको स्थानमा समेत तीन कठ्ठा दश धुर जमिन दान गरेका थिए । आफ्ना बुबाको समाजसेवी भावनाबाट प्रेरित भएर समाजसेवाको क्षेत्रमा अघि बढेका सामाजिक अभियन्ता यादव उप्रेती साथै पारस उप्रेतीको नेतृत्वमा परिवारजनका तर्फबाट विद्यालयको आवश्यक्तालाई मध्यनजर गर्दै सरस्वतीको मन्दिर स्थापना गरेको बताइएको छ ।

    सोही ठाउँमा लामो समयदेखि संचालनमा रहेको विद्यालयको भौतिक तथा शैक्षिक विकासमा कनकाई नगरपालिकाबाट समेत सहयोग हुँदै आएको विद्यालयका प्रधानाध्यापक उमानाथ तिम्सिनाले बताएका छन् । कक्षा नर्सरीदेखि पाँच कक्षा सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा हाल १ सय २० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक तिम्सिनाले जानकारी दिए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद ओझाको सभापतित्व एवम् नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राई, नेपाली काँग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाईँ, समाजसेवीहरु शेरबहादुर थापा, खगेश्वर उप्रेती, रमेशचन्द्र दहाल, कुमारमणि पोखरेल, लिलाप्रसाद चिमरीया, शिव कडेल, रुपनारायण खतिवडा लगायत नगर साथै वडास्तरीय समाजसेवी वुद्धिजीवीहरुको उपस्थिती रहेको बताइएको छ ।
    विद्यालयका शिक्षक मोतिबहादुर वुढाथोकीले स्वागत गरेको औपचारीक कार्यक्रमको संचालन प्रधानाध्यापक उमानाथ तिम्सिनाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.