Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा सप्ताह व्यापी वृहत पशु स्वास्थ्य शिविर सम्पन्न (भिडियो सहित)
    समाचार

    कनकाईमा सप्ताह व्यापी वृहत पशु स्वास्थ्य शिविर सम्पन्न (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ २२, शनिबार ०९:१९ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा पशु स्वास्थ्य तथा बाँझो पन निवारण सम्बन्धि वृहत घुम्ती शिविर सम्पन्न भएको छ ।

    एक हप्ता सम्म संचालन भएको घुम्ती शिविरमा उपस्थित कृषकहरुलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले निर्वाचनका समयमा गरेका बाचा क्रमिक रुपले पूरा गर्ने क्रममा नगरका हरेक टोल टोलमा पशु स्वास्थ्य शिविर संचालन गरेको बताएका छन् । अघिल्ला वर्षहरुमा समेत संचालन गरेको पशु स्वास्थ्य शिविरलाई यस वर्ष अलिक वृहत रुपमा अघि बढाइएको नगर प्रमुख पोखरेलले बताए । कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका नगरवासीलाई प्राथमिक्तामा राखेर स्थानीय सरकारले घर घरमै सेवा पुर्याउँने उद्येश्यका साथ हेफर पोजेक्ट नेपालको प्राविधिक सहयोग साथै अभियान नेपालको सहजिकरणमा निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको बताइएको छ । कनकाई नगर क्षेत्रका बढी भन्दा बढी कृषकहरुलाई लाभान्वित गराउँने उद्येश्यका साथ नगरका नौ वटै वडाको विभिन्न २८ वटा स्थानमा सेवा केन्द्र स्थापना गरी घुम्ती शिविर संचालन गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

    नगर क्षेत्रका प्रत्येक वडामा आवश्यक्ता अनुसार तीनदेखी पाँचवटा सम्म सेवा केन्द्र स्थापना गरेर सम्पन्न पशु स्वास्थ्य शिविरबाट घर घरमै सिंह दरबार आए झैं महशुस गराएको कनकाई १ का कृषक लक्ष्मीप्रसाद बराल बताउँछन् । कृषकहरुको पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट भएको घुम्ती शिविर साथै निशुल्क औषधि वितरणको कार्यक्रमले कृषि तथा पशुपालनमा थप हौसला मिलेको कृषक बरालले बताए ।

    कृषि तथा पशुपालनका क्षेत्रमा हरेक टोल टोलमा नगरपालिकाले संचालन गरेको घुम्ती शिविरबाट आँफूहरु अत्यन्तै प्रभावित भएको भन्दै कनकाई ७ का कृषक सुवास शिवाकोटीले खुशी व्यक्त गरेका छन् । कृषि तथा पशुपालनमा आत्मनिर्भर भएका ग्रामिण क्षेत्रका किसानकालागि कनकाई नगरपालिकाले ल्याएको योजना वास्तवमै उदाहरणीय रहेको कृषक शिवाकोटीले बताए ।

    कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा हेफर पोजेक्ट नेपालको प्राविधिक साथै अभियान नेपालको सहजिकरणमा सम्पन्न कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तर्गतको घुम्ती शिविरमा नगरपालिकाले १६ लाखको बजेट व्यवस्थापन गरेको कार्यक्रम संयोजक हरिप्रसाद सिलवालले जानकारी दिए । जस मध्ये दुई लाख रुपैंया प्राविधिक खर्च साथै अन्य १४ लाख बराबरको औषधि निशुल्क वितरण गरिएको परियोजनाका संयोजक सिलवाल बताउँछन् । कार्यक्रम संयोजक सिलवालका अनुसार शिविरमा गाईभैंसीको बाँझो पनको परिक्षण साथै आवश्यक औषधि वितरण गरिएको थियो । त्यस्तै सबै जातका अन्य पशु चौपायको स्वास्थ्य परिक्षणका साथै रेविज भेक्सिन, बोका,सुँगुरको बन्ध्याकरण भिटामिन, क्याल्सियम, जुका नाम्लेको औषधि लगायत निशुल्क वितरण गरिएको बताइएको छ ।

    कनकाई नगरपालिकाको पशु स्वास्थ्य प्राविधिकसहित अन्य जनशक्ति समेत गरी २४ जना प्राविधिकहरुले एक हप्तासम्म दैनिक दुई समूहमा विभाजन भई शिविर संचालन गरेको पशु स्वास्थ्य कार्यालय कनकाईका प्रमुख तेजबहादुर पौडेलले जानकारी दिए । नगर क्षेत्रमा रहेका सबै किसिमका व्यक्तिगत साथै सामुहिक पशुपालक कृषकको घर घरमा गएर पशु स्वास्थ्य विमाको समेत कार्यक्रमलाई चुस्त दुरुस्त बनाउँन नगर प्रमुख राजेन्द्र पोखरेलले बनाएको दिर्घकालिन योजना अनुरुप अब प्रत्येक वडामा पशु स्वास्थ्य प्राविधिकको समेत व्यवस्था गरिएको पशु स्वास्थ्य कार्यालय कनकाईका प्रमुख पौडेलले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.