Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘हेप्पी ड्रिम्स चेप्टी’ अब फिल्म सिटी बन्ने
    पर्यटन

    ‘हेप्पी ड्रिम्स चेप्टी’ अब फिल्म सिटी बन्ने

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ १८, मंगलवार ०८:११ गते3 Mins Read

    कनकाई खबर \ ईलामको माइ नगरपालिका २ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र ‘हेप्पी ड्रिम्स चेप्टी’ अब फिल्म सिटी बन्ने भएको छ ।
    पर्यटकीय स्थल चेप्टीमा फिल्म सिटीको भ्रमण तथा अवलोकन गर्न आएका नेपालका चर्चीत अभिनेता शिव श्रेष्ठले ‘हेप्पी ड्रिम्स चेप्टी’ आफै फिल्म सिटी भन्दा कम नभएकोले सवैको साथ सहयोग प्राप्त भएमा यस क्षेत्रलाई फिल्म सिटीको रुपमा देख्न पाइने बताएका छन् ।

    चेप्टी प्राकृतिक रुपले आफै पर्यटकीय स्थल भएपनि त्यसलाई आँट र साहसले सुनमा सुगन्ध थपेर नेपालको एउटा नमूना पर्यटकीय स्थल बनाउन लागि परेका ‘हेप्पी ड्रिम्स चेप्टी’ का सञ्चालक दिनेश शिवाकोटीलाई अभिनेता श्रेष्ठले शुभकामना समेत दिएका थिए । अभिनेता श्रेष्ठले देशका धेरै पर्यटकीय हेरेको बताउँदै भने ‘वातावरणीय हिसावले ‘हेप्पी ड्रिम्स चेप्टी’ देशकै उत्कृष्ट छ ।’

    अभिनेता श्रेष्ठले देश तथा बिदेशका पर्यटकीय स्थल हेरेको र घुमेको बताउँदै ‘हेप्पी ड्रिम्स चेप्टी’ उत्कृष्ट रहेको बताए । उनले सवै नेपालीलाई एक पटक हेप्पी ड्रिम्स चेप्टीको भ्रमण तथा अवलोकन गर्न समेत आग्रह गरेका छन् । अभिनेता श्रेष्ठले भने ‘अरु म केही भन्दिन आएपछि मात्र थाहा हुन्छ ।’

    अभिनेता श्रेष्ठसँगै चेप्टी पुगेका कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेल, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र माई नगरपालिका २ का वडाअध्यक्ष खम्बासिंह लिम्बुले पनि ‘हेप्पी ड्रिम्स चेप्टी’ देशकै उत्कृष्ट पर्यटकीय स्थल भएको बताए । कनकाई मेयर पोखरेलले सञ्चालक शिवाकोटी कोइलाखानीबाट हिरा निकाल्न सफल भएको बताए । 

    झापाको बिर्तामोड–२ घर भई हाल अफ्रिकाको कोनिया बस्दै आएका टीका धितालले प्राकृतिक रुपमा ‘हेप्पी ड्रिम्स चेप्टी’ पर्यटकीय स्थल संसारकै राम्रो भएको बताएका छन् । पर्यटकीय क्षेत्रको समाचार बिभिन्न सञ्चार माध्यममा पढेर तथा देखेर त्यहाँ पुगेका उनले अध्ययन तथा अनुसन्धानपछि संसारकै राम्रो प्राकृतिक पर्यटकीय स्थल भएको बताएका हुन् । 

    ‘मैले धेरै देश घुमिसकेको छु’ धितालले भने ‘तर, जुन आनन्द यहाँ हेर्दा घुम्दा आयो, त्यो अन्त आएको थिएन ।’ गैर आवसिय नेपाली संघ कोनियाका निवर्तमान महासचिव तथा आइसीसीका सदस्य समेत रहेका धितालले भने ‘यो पर्यटकीय स्थलको स्थापना ठूलो लगानी र ठूलै मुटु भएको मान्छेले गरेको हुनुपर्छ ।’ कनकाईपुलको शिरमा रहेको यो पर्यटकीय स्थलमा काम गर्दा गर्दा थकित भएकाले एकदुई दिन आएर थकान मेटाउन सकिने र त्यहाँ भएको खर्चसमेत असुल हुने उनले बताए । 

    बिर्तामोड–२ कै अर्का पर्यटक लेखनाथ खनालले प्राकृतिक रुपमा अरु पर्यटकीय स्थल भन्दा निक्कै राम्रो भएको बताए । त्यसैगरी मेचीनगर–११ की आंकाक्ष बुढाथोकीले स्वाच्छ वातारण र जैबिक विविधता साथै उचित व्यवस्थापनले गर्दा सो पर्यटकीय स्थलले मन लोभ्याउने बताइन् । शान्त वातारण र यहाँको प्राकृतिले गर्दा फेरी पनि आइरहु जस्तो लाग्ने गरेको बताइन् । 

    चेप्टीमा जैबिक विविधता र वातारणमैत्री पर्यटकीय स्थल ‘हेप्पी ड्रिम्स चेप्टी’ केबलकारको योजनासहित ब्यवसायी शिवाकोटीले दुईसय रोपनी क्षेत्रफल जग्गामा  सञ्चालनमा ल्याएका छन् । केबलकार तथा जीप लाइन बाहेक एक अर्वको लगानीमा पर्यटकीय क्षेत्र सम्पन्न गर्ने योजना रहेको सञ्चालक शिवाकोटीले बताएका छन् ।  सञ्चालक शिवाकोटीले हेप्पी ड्रिम्स चेप्टीसँगै धार्मिक पयंटकीय स्थलको पनि विकास गरिने बताउँदै जीप लाइनको नाप नक्शा तयार भइसकेको बताए । 

    हेप्पी ड्रिम्स चेप्टीमा घोडा र उट सवार, बालबालिकाका लागि प्लेन, पिङ, पिकनिक स्पट, बोटिङ, १८० फिट अग्लो झरना, आकर्षक हिमाल, हिमालबाट बग्ने झरना, रक गार्डन, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्राइगन, हात्ती, जेब्रालगायत मनोरञ्जनात्मक बालबालिकाहरुले हेर्ने तथा खेल्ने संरचनाहरु तयार भइसकेका छन् ।  वरिपरी वोटिङ व्यवस्थापन गरिने र नेपाली नयाँ बर्ष बैशाख १ गते एकलाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ काम धमाधम भइरहेको सञ्चालक शिवाकोटीले जानकारी दिए ।  हाल दैनिक एकसय वढी पर्यटक आउने गरेको बताउँदै मेनेजर ईश्वरबहादुर अधिकारीले शनिवार र सार्वजनिक बिदाका दिन एक हजारवढी पर्यटक आउने गरेको बताए ।  

    प्रदुषणरहित वातावरणमा निर्माण भएको हेप्पी ड्रिम्स चेप्टीमा दिनभर हेर्दा तथा घुम्दा पनि नसकिने विभिन्न संरचनाहरु तयार भइसकेका छन् । गर्दा के हुँदैन भन्ने सोच र आँटका साथ सञ्चालक शिवाकोटीले सञ्चालनमा ल्याएको उक्त नमूना पर्यटकीय स्थलमा पुगेपछि जो कोहीको मन लोभ्निे गरेको छ । शव्दपत्र डटकमबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.