Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगर बाल संजालको बाल मैत्री अन्तरक्रिया
    समाचार

    कनकाई नगर बाल संजालको बाल मैत्री अन्तरक्रिया

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ १६, आईतवार १७:२२ गते2 Mins Read

    कनकाई खबर \ कनकाईलाई बालमैत्री नगरका रुपमा घोषणा गर्ने तयारीमा जुटेको कनकाई नगर बाल संजालले आफ्ना गतिविधिहरुलाई तिब्रताका साथ अघि बढाउँन थालेको छ ।

    बालमैत्री अवधारणा सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्दै आएको कनकाई नगर बाल संजालले आइतबार(आज) नगरपालिकाको सभा हलमा बाल मैत्री अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर बाल संजालका अध्यक्ष अभिषेक मिश्रको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कनकाईलाई बालमैत्री नगर बनाउँने अभियानमा स्थानीय सरकारका तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । जनप्रतिनिधिहरुले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै बालमैत्री नगर निर्माणमा अभियान संचालन गर्दै आएको नगर बाल संजालको रचनात्मक कार्यप्रति आँफू प्रभावित भएको बताउँदै नगर प्रमुख पोखरेलले बाल अधिकारको रक्षाकालागि सम्बन्धित निकायका पदाधिकारीहरु समेत गम्भिर हुनु पर्नेमा जोड दिएका छन् ।


    कार्यक्रममा नगर उप प्रमुख मन्जु प्रसाईं , बालकल्याण अधिकारी उमानाथ ढकाल, बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले आ—आफ्नो धारणा राख्दै बालमैत्री नगर निर्माणको अभियानमा अघि बढेको कनकाई नगर बाल संजालको सफलताको कामना गरेका थिए ।


    नगर बाल संजालका संस्थापक अध्यक्ष नविन गौतम, पुर्व अध्यक्षहरु सारिका गिरी, हिमांशु उप्रेती, निवर्तमान अध्यक्ष खेमराज चापागाई लगायतले पछिल्लो समय बालबालिकालाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको धारणा राख्दै नगर क्षेत्रका बालबालिकालाई एक जुट भएर अघि बढ्न अनुरोध गरेका छन् । नगर बाल संजालका सदस्य अभिषेक बुढाथोकीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको औपचारिक कार्यक्रमको संचालन सचिव सार्थक निरौलाले गरेका थिए ।

    सोही अवसरमा संस्था स्थापनाकालमा संस्थाप्रति पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै नगर बाल संजालका संस्थापक अध्यक्ष गौतमलाई सम्मान समेत गरिएको थियो । अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका गौतमले विदाको समय पारी घर आएको मौकामा आज (आइतबार) नै परेको आफ्नो जन्म दिन असक्त बालबालिकाहरुसँग मनाएका छन् । गौतमले जन्म दिनको अवसरमा कनकाई ४ स्थित पुकार अपाङ्ग असक्त समाजका वालवालिकालाई चामल,दाल, तेल,बिस्कुट लगायतका खाद्य सामाग्री वितरण गरेको नगर बाल संजालका सचिव सार्थक निरौलाले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.