Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘सारेगमप लिटिल च्याम्स’ को उपाधिकालागि कृपा पौडेलको अभियान समिति सक्रिय
    समाचार

    ‘सारेगमप लिटिल च्याम्स’ को उपाधिकालागि कृपा पौडेलको अभियान समिति सक्रिय

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ १२, बुधबार १७:५० गते2 Mins Read

    कनकाई खबर \ नेपालको चर्चित रियालिटि शो ‘सारेगमप लिटिल च्याम्स’ को फाईनलमा पुग्न सफल झापा विर्तामोडकी कृपा पौडेललाई जिताउँन अभियान समितिले तिव्रता दिएको छ ।

    रियालिटी सो को टप ५ मा पर्न सफल कृपालाई जिताउने अभियानमा बिर्तामोड २ का वडा अध्यक्षसमेत रहेका नगेन्द्र संग्रौलाको अध्यक्षतामा २ सय ५० बढी संघसंस्थाको सहभागितामा गठन भएको कृपा पौडेल जिताऔं अभियान समिति सक्रिय रहेको छ । समितिले विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सामान्य परिवारकी कृपा झापाकी शान मात्र नभएर स्वरकी धनी पनि भएकाले उनलाई जिताउन सबैलाई आग्रह गरेको छ ।


    बिर्तामोड २ चारपाने निवासी १४ वर्षीया बाल गायिका कृपाका बुबा कुमार पौडेलले पत्रकार भेटघाटमा छोरीलाई भोट दिएर रियालिटी शो ‘सारेगमप लिटल च्याम्स’ को बिजेता बनाउन सम्बन्धित सबैलाई आग्रह गरे । रियालिटी शो को अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार ५ सयभन्दा बढी बाल प्रतियोगीलाई पछि पार्दै टप ५ मा छनौट भएर फाइनल राउण्डमा प्रवेश गरेकी कृपालाई भोट गरेर विजेता बनाउन उनका बुबा कुमारले सबैलाई आग्रह गरेका छन् । रियालिटी शो को फाइनल यही माघ २२ गते हुने र कृपालाई २२ गते बेलुका ९ बजेसम्म भोट गर्न सकिने बताइएको छ । गतवर्ष १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो समेत निकालेर चर्चा बटुलेकी कृपा ‘सारेगमप लिटल च्याम्स नेपाल’मा पनि सहभागी भएर उत्कृष्ट प्रस्तुतीका साथ उपाधी नजिक पुगेकी छन् ।


    बिर्तामोडस्थित चारपानेको मोहनमाया माविमा कक्षा ९ मा अध्ययनरत कृपा बिर्तामोडको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा संगीत सिक्दै गरेकी छिन् । कृपाका बुबा पौडेलले कृपाको जीत नै समस्त झापाबासीको जीत भएकाले कृपालाई बढीभन्दा बढी भोट दिएर रियल सारेगमप लिटल च्याम्स नेपाल’को विजेता बनाउन सबैलाई आग्रह गरे ।


    उपाधिका लागि विर्तामोडकी कृपा पौडेलसँगै मेची नगरकी रोशा फुयाल, पर्वतका अरुण सुनार, भारत सिलिगुडीका आदित्य विश्वकर्मा र भक्तपुरकी अविज्ञा घिमिरेले आगामी माघ २२ गते प्रतिष्पर्धा गर्ने छन् । उनीहरुलाई जिताउन दर्शक श्रोताले सोहि समयसम्म भोट गर्न सक्ने छन् । नेपालकै ठूलो अन्तराष्ट्रिय स्तरको गायन रियालिटी शो मा सहभागीता जनाउँदै लाखौं दर्शकको मन जित्न सफल सुमधुर स्वरकी धनी कृपालाई जिताउन अब बढी भन्दा बढी भोटको मात्र आवश्यक भएको बताइएको छ ।


    हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको ‘सारेगमप लिटल च्याम्स नेपाल’ को विजेता बनाउन मोवाइलको म्यासेज वक्समा गएर एसजीएमपी स्पेस ०९ टाइप गरेर ३३००१मा सेण्ड गरेर कृपालाई भोट गर्न बुबा कुमार पौडेलले सबैलाई आग्रह गरेका छन् । त्यसैगरी मोमो एप्स डाउनलोड गरेर देश तथा विदेशबाट एकमुस्ट भोट गर्न सकिने उनले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.