Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपाल साकोसद्वारा घाँसको बिऊ वितरण साथै कर्जा मिनाहा
    समाचार

    सहारा नेपाल साकोसद्वारा घाँसको बिऊ वितरण साथै कर्जा मिनाहा

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ ८, शनिबार ०८:२९ गते3 Mins Read

    के.पी. लुइटेल,
    कनकाई खबर / सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र इलामले आफ्नो सेवाकेन्द्र मातहतका सदस्यहरुलाई घाँसको बिऊ निशुल्क वितरण गरेको छ ।

    सेवा केन्द्र अन्तर्गत सहारा महिला समूहका ३५ जना कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरिरहेका सदस्यहरुलाई घाँसको बिऊ वितरण गरिएको हो । इलाम सेवा केन्द्र अन्तर्गतका उपस्थित सदस्यहरुको सामुहिक सभापतित्वमा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ इलामका कार्यकारी सचिव नविन लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । इलाम अनुगमन कार्यालयका अनुगमन अधिकृत तोयानाथ आचार्यको विशेष आतिथ्य रहेको कार्यक्रमको सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु क्रमशः सम्झना गुरुङ्, विशाल भट्टराई र सरस्वती कार्कीको व्यवस्थापन रहेको बताइएको छ ।

    सोही अवसरमा संस्थामा आबद्ध सदस्यहरुलाई कर्जा सुरक्षण कार्यक्रम अन्तर्गतको ऋण मिनाहा गरिएको छ । गत ०७६ श्रावण महिनादेखि कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत कर्जा लिएर किस्ता तिर्ने क्रममा स्वयं सदस्य वा पतिको निधन भएमा सम्पूर्ण कर्जा मिनाहा गर्ने कार्यक्रम अन्तर्गत सोही अवस्थाका सदस्यहरुलाई ऋण मिनाहा गरिएको हो । संस्थाले जीवन वरदान कार्यक्रम, सदस्य प्रसुती भएमा,हातखुट्टा भाचिएमा,घर आगलागी भएमा,सर्पदंश वा कुकुर तथा विषालु जंगली जनावरको टोकाईबाट उपचार गर्नुपरेमा ,घातक रोग लागि उपचार गर्नुपर्दा वा अप्रेशन गर्नुपर्दा समेत विभिन्न प्रकृतीका सुविधाहरु उपलब्ध गराउँदै आएको बताइएको छ । त्यस्तै २०७८आश्विनमा निधन भएका संस्थाको समूह नं.१०६ कि सदस्य शान्तमाया सार्कीका पति यामवहादुर सार्कीले संस्थाबाट लिएको रु.६५ हजार कर्जा मिनाहा गरिएको छ । त्यस्तै जीवन वरदान कार्यक्रम वापत दशकर्म खर्च स्वरुप रु.३० हजार गरी कुल रकम रु.९५ हजार बराबरको चेक स्व.यामवहादुरकी पत्नि शान्तमाया सार्कीलाई कार्यक्रमका प्रमुख अतिथि कार्यकारी सचिव लामिछानेबाट हस्तान्तरण गरिएको हो । संस्थाको कार्यक्षेत्र मध्ये इलाम अनुगमन कार्यालय अन्तर्गत रहेका विभिन्न नौ वटा सेवा केन्द्रबाट सञ्चालित विभिन्न समूहमा आबद्ध सदस्यहरुलाई संस्थाले विगतदेखि नै यस्तो प्रकृतीको कार्यक्रम सञ्चालन गर्दै आएको इलाम अनुगमन कार्यालयका अनुगमन अधिकृत तोयानाथ आचार्यले जानकारी दिएका छन् ।

    कर्जा सुरक्षण वापतको रकम पाउँदा ऋणको चिन्ताबाट संस्थाले मुक्त गरिदिएको भन्दै आपतमा दिएको यो साथ कहिल्यै भुल्न नसक्ने भन्दै सदस्य शान्तमायाले सहारा नेपाल साँच्चै जीवनको सहारा बनेको बताएकी छन् ।
    सहभागीहरुले संस्थाप्रति आफ्नो धारणा राख्दै घाँसको विऊ वितरण तथा कर्जा सुरक्षण अन्तर्गत गरेको ऋण मिनाहाको कार्यक्रम अत्यन्त सराहनीय र अपनत्व झल्काउने प्रकृतीको रहेको प्रतिक्रिया दिएका छन् । आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु संस्थाले सञ्चालन गरी आफ्ना सदस्यहरुलाई लाभ प्रदान गर्न सकोस भन्दै सहारा महिला समूहका प्रतिनिधिहरु उर्मिला वेघा,नमिता नेपाल,पुष्पा कुमारी विष्ट,भक्तिमाया वम्जन लगायतले आफ्नो धारणा राखेका थिए ।

    संस्थाले आफ्ना सदस्यहरुलाई पुर्याउँदै आएको यस्तो सेवा उदाहरणीय र स्वागतयोग्य रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथी लामिछानेले संस्थाका सदस्यकालागि सहारा नेपालको अभिभावकीय भूमिका रहेको बताए । आफ्नो मान्छे गुमाउनुको पिडा सँगै जिवित परिवारका लागि ऋण मुक्त गरिदिनु र आगामी दिनको जीवनयापन सहज बनाउनमा सहयोग गर्नु नै जीवनको सहारा भएको ठहर गर्दै प्रमुख अतिथी लामिछानेले सहारा नेपाल साकोसको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.