Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘राजनीति भनेको जनताको सेवा हो, पेशा वा व्यापार होइन’ ः राप्रपा अध्यक्ष लिङ्देन
    राजनीति

    ‘राजनीति भनेको जनताको सेवा हो, पेशा वा व्यापार होइन’ ः राप्रपा अध्यक्ष लिङ्देन

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ ५, बुधबार ०९:३४ गते3 Mins Read

    कनकाई खबर \ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनु पर्ने भन्दै यसलाई पेशा वा व्यापार बनाउँन नहुने बताएका छन् ।

    पार्टीको कनकाई नगरसमितिले सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाए । मुख्य राजनीतिक दल भनिएका एमाले, कांग्रेस र माओवादीका नेताले विगत ३१ वर्षदेखि देशलाई बन्धक बनाएको आरोप लगाउँदै अध्यक्ष लिङदेनले एकै सिक्काका दुई पाटाका रुपमा रहेका यी तीन वटै पार्टी वैचारीक रुपमा एकै ठाउँमा रहेको दावी गरे ।

    नेताहरुले लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाएको आरोप लगाउँदै अध्यक्ष लिङ्देनले पहिले पार्टीका नेता आँफै सुध्रिनु पर्ने तर्फ जोड दिए । नेपालको राजनीतिमा सेन्डिकेट खडा भएको बताउँदै अध्यक्ष लिङ्देनले मुख्य राजनीतिक दलका नेताहरुबाट भएको सेन्डिकेट अन्त्य हुनु पर्नेमा जोड दिए । सेन्डिकेट रहेसम्म देशमा भ्रष्टचार मौलाउँने भएकाले यसको अन्त्यकालागि जनताले राप्रपालाई खोज्न थालेको भन्दै नेता लिङ्देनले अब राप्रपा देशको पहिलो पार्टी बन्ने दौडमा रहेको बताए । राप्रपामा नवप्रवेशीहरु राप्रपा भनेर मात्र आएका नभएर देश र धर्म जोगाउने अभियानमा समेत जोडिएको नेता लिङ्देनले बताएका छन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी मिलेर देश लुटिरहेको कुरा नेपाली जनताले अब बुझिसकेको बताए ।


    स्विजरल्याण्डका बैंकमा राजा रानीको नाममा रहेको पैसा ल्याउँदा प्रत्येक नेपालीलाई ४ बिघा जग्गा र ५ तोला सुन बाँढ्न पुग्छ भन्नेहरूले नै देश लुटेको नेता लिङ्देनले आरोप लगाएका छन् । बिहारमा लालुप्रसाद यादवले जनता झुक्याएर शासन गरे झैं नेपाली जनतालाई अब नझुक्याउँन समेत सत्ता साझेदार दलका नेतालाई लिङदेनले अनुरोध गरेका छन् ।

    अध्यक्ष लिङ्देनले भने, ‘राजाको पैसा ल्याउँछांै भनेर शासन सत्ता हातमा लिनेहरुको सम्पत्ति छानबिन गरौं न, राप्रपा बाटै शुरु गरे भै हाल्यो नि, हामी जहिल्यै पनि तयार छौं ।’ अध्यक्ष लिङ्देनले, ‘राजा आएभने देश बर्बाद हुन्छ भन्दै राजाको डर देखाएर राजनीति गर्नेहरूले देश लुटेको कुरा जून र घाम झै छर्लङ्ग छ, राजालाई गाली गरेर राजनीति गर्ने एमाले, कांग्रेस र माओवादीको राजनीतिक एजेण्डा कता हरायो?’, उनले प्रश्न गरे । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले युवाहरू परिवर्तनका सम्बाहक भएको बताए । अध्यक्ष लिङ्देनको अभियानलाई साथ दिँदै नेपाल भरीका युवाहरूको आकर्षण राप्रपामा बढ्न थालेको ओझाले जोड दिए ।

    पार्टीका कनकाई नगर समिति अध्यक्ष ज्योतीकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित केन्द्रिय सदस्य तारामाया राई, क्षेत्र नंं.४ का अध्यक्ष नारायणप्रसाद पोखरेल, नवप्रवेशीहरु केशवकुमार कार्की, रुद्रदिप सुन्दास, सचित्रा खनाल लगायतका युवाहरूले धारणा राखेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एकसय बढी स्थानीयवासी राप्रपामा प्रवेश गरेका छन् । राप्रपा कनकाई नगर समितिका उपाध्यक्ष इन्द्र रोक्काले स्वागत गरेको कार्यक्रमको संचालन नगर सचिव भुपेन्द्र दहालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.