Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको पद हस्तान्तरणसँगै चर्चित गायक प्रमोद खरेललाई अभिनन्दन
    समाचार

    सुरुङ्गा जेसीजको पद हस्तान्तरणसँगै चर्चित गायक प्रमोद खरेललाई अभिनन्दन

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ ४, मंगलवार १६:२५ गते3 Mins Read

    कनकाई खबर \ सुरुङ्गा जेसीजले एक विशेष कार्यक्रमका विच १३ औं पद हस्तान्तरण साथै उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    जेसीजको वार्षिक कार्यक्रम अनुसार उत्कृष्ट नागरिक सम्मान अन्तर्गत नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेललाई सम्मान गरिएको हो । गायक खरेललाई स्वदेश तथा विदेशमा समेत नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सुरुङ्गा जेसीजसहित एक दर्जन बढी स्थानीय संघसंस्थाबाट सम्मान गरिएको हो । सम्मानित व्यक्तित्व खरेललाई नौमति बाजासहित सुरुङ्गा जेसीजको सभा हलमा विशेष स्वागत सम्मान गरिएको थियो । उत्कृष्ट नागरिक सम्मान कार्यक्रमकालागि पूर्व अध्यक्ष कमल कट्टेलको संयोजकत्वमा पुर्व अध्यक्ष द्वय जविन तिम्सिना र त्रिलोचन उप्रेती सदस्य रहेको उत्कृष्ट नागरिक छनौट समितिले भूमिका खेलेको बताइएको छ ।


    कार्यक्रममा वर्ष २०२२ का लागि महिला नेतृ सुष्मा न्यौपाने उप्रेतीको अध्यक्षतामा सर्वसम्मत रुपमा चयन भएको सुरुङ्गा जेसीजको नयाँ कार्यसमितिलाई पूर्णता दिइएको छ । विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व तहमा रहेकी उप्रेतीलाई यस अघि नै सम्पन्न वार्षिक साधारणसभाले अध्यक्षमा निर्वाचित गरेको थियो । अध्यक्षसँगै दुईजना कार्यकारिणी उपाध्यक्षमा मेनुका उप्रेती र दीपेन्द्र प्रधान तथा उपाध्यक्षहरुमा विवेक शिवाकोटी, रोहित कोइराला, पुष्पराज ढकाल र भीम राजवंशी तथा जनसम्पर्क अधिकारीमा खुश्बू पौडेल सर्वसम्मत चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष उप्रेतीले महासचिवमा राजु पाठक र कानुनी सल्लाहकारमा प्रवीण तिम्सिनालाई मनोनयन गर्नुभएको छ ।


    त्यसैगरी सचिवमा किशोर दाहाल, कोषाध्यक्षमा मुक्ता कार्की, तालिम संयोजकमा रिसवसिंह चहार, शाखा सम्पादकमा चन्द्रकला ढकाल, स्वास्थ्य संयोजकमा नमिता काफ्ले, सप्ताह संयोजकमा टीकाराम भण्डारी, वातावरण संयोजकमा पूर्ण श्रेष्ठ र प्रकरण निर्देशकमा राजकुमार कट्टेललाई मनोनयन गरेको बताइएको छ । त्यस्तै सांस्कृतिक संयोजकमा सारिका गिरी, संघसंस्था संयोजकमा रोशन ढकाल, सञ्चार संयोजकमा चन्द्र बस्नेत, खेलकुद संयोजकमा प्रतापबाबु जमरकट्टेल, महिला संयोजकमा भूमिका गौतम, व्यापार संयोजकमा रवीन्द्र गुप्ता र शिक्षा संयोजकमा निर्मला खड्कालाई चयन गरिएको छ ।


    सर्वसम्मत नेतृत्व चयन गर्न सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष त्रिलोचन उप्रेतीको संयोजकत्वमा पूर्वअध्यक्षद्वय जबिन तिम्सिना र कमलप्रसाद कट्टेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले भूमिका खेलेको बताइएको छ ।
    सुरुङ्गा जेसीज वर्ष २०२१ की अध्यक्ष यदुका उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष एवम् अष्ट्रेलियाका लागि पूर्व राजदूत जेसीआई सिनेटर महेश दाहालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सुरुङ्गा जेसीजको विभिन्न जिम्मेवारीमा रहेर हाल जेसीजबाट विदाई भएका पूर्व कार्यकारिणी उपाध्यक्षहरु क्रमशःडम्बर फूयाल, खेम प्रसाई, दिलकुमार कार्की, खेम अधिकारी र रामप्रसाद निरौलालाई कदर पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    वर्ष २०२१ की अध्यक्ष यदुका उप्रेतीले आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका खेल्ने चारजना जेसीज पदाधिकारीहरुलाई बेग्ला बेग्लै विधामा वर्ष उत्कृष्ट जेसीज अवार्ड प्रदान गरेकी छिन् । अवार्ड प्राप्त गर्नेहरुमा क्रमशः मेनुका उप्रेती (जेसीज उत्कृष्ट वर्ष अवार्ड), दुर्गा पाठक (वर्ष उत्कृष्ट कार्यक्रम व्यवस्थापक), विवेक शिवाकोटी (बेष्ट कोडिनेटर अवार्ड) र रिसभसिंह चहार(बेष्ट पङचुवालिटी अवार्ड ) रहेका छन् ।


    जेसीजकी सदस्य विनिता मैनाली विमलीले आस्थावाचन गरेको कार्यक्रममा कार्यक्रम संयोजक वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष टिकाराम भण्डारीले स्वागत गरेका थिए । महासचिव मेनुका उप्रेतीले पहिलो चरणको कार्यक्रम संचालन गरेकी थिइन् भने दोस्रो चरणको औपचारिक कार्यक्रम वर्ष २०२२ का महासचिव राजु पाठकले गरेका थिए । कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई लगायत अन्य जनप्रतिनिधिहरु, जग्गादाता घनश्याम बराल, जिल्लाका अन्य शाखा अध्यक्षहरु, सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीया, पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, एलपी उप्रेती, मोतीखर ओझा, जनक कार्की , शिव कडेँल, सरला पोखरेल, जविन तिम्सिना, कमल कट्टेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य हीराकुमार थापा, सम्मानित व्यक्तित्व गायक प्रमोद खरेल, नेपाल जेसीजका उपाध्यक्ष कुमारसिंह साँवा लगायतले जेसीजको नयाँ समितिको सफलताको कामना गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.