कनकाई खबर \ कोरोना संक्रमण जोखिमका कारण यस वर्ष माई मेला स्तगित भएपनि पर्यटकीय क्षेत्र दोमुखामा भने भीडभाड देखियो ।
सधै वर्ष झै मेला लाग्ने कनकाई माईको दुवै पट्टीका किनार यस वर्ष खाली रहे । आज विहान मेला नलाए पनि मकर नुहाउन आउनेहरुको भीड भाड नै देखिन्थो । शिवसताक्षीको माइधार र कनकाई कोटिहोममा भने मानिसहरुको जमघट भएको थियो । यता कनकाई नगरपालिकाको धनुष्कोटी धाम र शिवसताक्षीको दोमुखा क्षेत्रमा भने मानिसहरुको भीड भाड रहेको थियो । कोही घुम्न आउने तथा कोही पिकनीकमा रमाई रहेको देखिन्थ्यो । सरकारले कोरोनाको तेस्रो भेरियन्ट तिब्र रुपमा फैलिएको भन्दै २५ जना भन्दा बढी भेलाहुन रोक लगाएपनि मकर संक्रान्तिमा भने पर्यटकीय क्षेत्रहरुमा कोरोनाको प्रभाह नगरी स्वत स्फूर्त रुपमा मानिसहरुको जमघट रहेको थियो ।
झापाको कनकाई नगरपालिका र शिवतसाक्षी नगरपालिकाले बढ्दो संक्रमणको जोखिमका कारण यस वर्षको मेला नलागाउने सूचना गरेका थिए । कनकाई माईका दुर्व तटमा नेपालकै ठूलो धार्मिक मेला वर्षेनी लाग्दै आएको थियो । नेपालका विभिन्न ठाउँहरु लगायत भारतका सिक्किम, दार्जिलिङ्ग सम्मका मानिसहरु मेला घुम्न आउने गरेका छन् ।