Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » माघे संक्रान्तिको खान्की : बहुउपयोगी तरुल
    समाचार

    माघे संक्रान्तिको खान्की : बहुउपयोगी तरुल

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ १, शनिबार ०७:०० गते4 Mins Read

    काठमाडौं \ प्रकृतिले मानिसलाई मौसमअनुसार चाहिने पोषणयुक्त खान्कीहरू आफ्नो गर्भमा संरक्षण गरेर राख्छ । जाडोयाममा मानिसलाई चाहिने तत्व प्रकृतिले सदाबहार रुपमा आदिम कालखण्डदेखि अहिलेसम्म दिइरहेको छ ।

    प्रकृतिले आफ्नो गर्भमा लुकाएर मानिसका लागि संरक्षण गरेको खान्कीमा एक हो तरुल । तरुल परम्परागत खान्की तथा कन्दमूल हो । वनस्पतिको जरामा फल्ने वा जरा नै खान मिल्ने खाद्य पदार्थलाई कन्दमूल भनिन्छ, जो परापूर्वकालदेखि अहिलेसम्म अस्तित्वमा रहिआएको छ ।

    घुमन्ते युगदेखि मानिसले भोक टार्नका लागि तरुल खाने गरेका थिए । त्यतिबेला तरुलजन्य कन्दमूल निर्विकल्प खान्की थिए । प्राचीनकालमा मानिसले कन्दमूल र फलफूलले नै जीवनयापन गरिरहेका थिए ।

    तरुल कन्दमूलका रुपमा खाने हाम्रा पूर्खादेखि अहिलेसम्मको खान्की भएपनि अहिले त्यसको प्रयोग भने निकै कम हुन थालेको छ । ढुंगेयुगदेखि भोकमरीबाट बच्न तथा जीवनयापन गर्न उपयोग भइरहेको खान्की तरुल अहिले कुनै विशेष तिथिमितिमा मात्रै खाने चलन छ । माघे संक्रान्तिमा संस्कार र संस्कृति बचाउनकै लागि भएपनि तरुल खाने गरेका सर्वसाधारण अरु बेेला भने नाक खुम्च्याउँछन् ।

    पोषणविद् डा. अरुण उप्रेतीका अनुसार तरुल पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तरुल जाडोयाममा मात्र खानका लागि तयार हुने तरुलमा पाइने पौष्टिक तत्वले शरीरलाई शक्ति दिने तथा शारीरिक वृद्धिका लागि आवश्यक पर्ने कुराहरुको पूर्ति गर्छ । ‘जाडोमा मानव शरीरमा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, तरुलमा रोगसँग लड्न सक्ने तत्व पाइन्छ,’ डा. उप्रेती भन्छिन्, ‘तरुल श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या भएकाहरुका लागि राम्रो खान्की हो ।’

    जाडो मौसममा शरीरलाई आवश्यक पर्ने पोषणजन्य तत्व तरुलमा पाइने भएकाले स्वास्थ्यको हिसाबले शरीर न्यानो बनाइराख्न्न तरुल खानुपर्ने उनको भनाइ छ । तरुलमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड पाइने हुँदा यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा लिइनुका साथै तरुलमा फाइबर पाइने हुँदा यसको सेवनले पाचन प्रक्रियाको समस्याबाट समेत बच्न सकिने उनी बताउँछिन् । ‘तरुलमा मानव शरीरलाई आवश्यक प्रोटिन, खनिज र विभिन्न किसिमका भिटामिन हुन्छ,’ डा. उप्रेती भन्छिन् ।

    यसका अलावा तरुलमा कार्बोहाइड्रेड, आइरन, क्याल्सियम, म्याग्नेसियम र रेसादार तत्व पाइन्छन् । यस्ता तत्वले कब्जियत, मुटुरोग तथा उच्च रक्त चापको समस्या भएका बिरामीलाई फाइदा गर्छ ।

    नेपालमा तरुलको उपयोगिता र फाइदाबारे कुनै अध्ययन अनुसन्धान नभएपनि अन्य देशमा भएका थुप्रै अनुसन्धानले यसलाई स्वास्थ्यका लागि फाइदाजनक प्रमाणित गरेको छ । तरुल बिना कुनै विषादी जमिनमुनि फल्ने हुँदा स्वास्थ्यका दृष्टिले उत्तम हुन्छ ।

    तरुल खाने तरिका मानिसअनुसार फरक-फरक हुन्छ । कोही स्वाद र संस्कृतिका लागि खान्छन् भने कोही पेट भर्नका लागि । नेपाल प्रकृतिक स्रोतले धनी देश भएकाले यहाँँ विभिन्न प्रजातिका तरुल पाइन्छ । तर, नेपालमा तरुलको व्यावसायिक खेती नगरिएकाले माघे संक्रान्ति आउँदा बाहेक बजारमा पाइँदैन । अर्का पोषणविद् डा. राजु अधिकारी जाडोयाममा तरुल खाँदा पाचन प्रणालीलाई मजबुत बनाउन, शरीरलाई न्यानो राख्न र छालालाई मुलायम र तन्दुरुस्त राख्न सहयोग पुग्ने बताउँछन् ।

    ‘माघे संक्रान्तिमा मात्रै नभई वर्षभरि तरुल खान सके शरीरलाई निकै फाइदा गर्छ,’ उनी भन्छन्, ‘तरुलमा पाइने पोषक तत्व र खनिजले रोगसँग्ा लड्ने क्षतामा वृद्धि गरी शरीरमा कमजोरीपना आउन दिँदैन ।’

    डा. अधिकारीका अनुसार तरुलमा फाइबर, क्याल्सियम, म्याग्नेसियम, भिटामिन सी, भिटामिन बी सिक्स, प्रोटिन गरी २५ भन्दा बढी पोषक तत्व र १२ भन्दा बढी खनिज तत्व पाइन्छन् ।

    जाडोयाममा तरुलका साथै तिल, बदाम, चाकु र सख्खर खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्ने डा. अधिकारी बताउँछन् । ‘तरुलले हाम्रो छाला स्वस्थ राख्नुका साथै हड्डी र मांसपेशीलाई समेत बलियो बनाउन मद्दत गर्छ,’ उनी भन्छन्, ‘विदेशमा भएका विभिन्न अध्ययनले मुटु र दम रोगका लागि पनि तरुल निकै फाइदाजनक भएको देखाएका छन् ।

    पश्चिम अफ्रिकामा करिब ११ हजार वर्षअघि नै तरुल खेती शुरु भएको इतिहास छ । अफ्रिकामा विवाह समारोह तथा विभिन्न कार्यक्रममा तरुलका परिकार खुवाउने चलन छ । प्रजनन क्षमता बढाउनका लागि पनि तरुल खाने चलन छ । अफ्रिकामा तरुल उत्पादन र उपयोगसँग थुप्रै संस्कार विकसित भएको कुरा नेशनल रुट कर्प्स रिसर्च इन्स्िटच्युट (एनआरसीआरआई)को वेबसाइटमा उल्लेख छ ।

    तरुल पुरानो कन्दमूल तथा खाद्यबालीमध्येको एक हो । यसको उत्पत्ति अफ्रिका महादेशमा भएको भएपनि यो दक्षिण अमेरिकी महादेश र एसियामा पाइन्छ । पश्चिम अफ्रिकामा तरुललाई प्रमुख खाद्यान्न मात्रै होइन यसलाई राजा बाली पनि भनिन्छ । एनआरसीआरआईले ६०० भन्दा बढी तरुलजन्य वनस्पतिको पहिचान गरेको छ । जसमा सेतो तरुल, पहेंलो तरुल, पानी तरुल, चिनियाँ तरुल, बिटर तरुल र एरियल तरुल गरी ६ भागमा वर्गीकरण गरेको छ ।

    पोषणविद् डा. अतुल उपाध्याय तरुलमा सबैभन्दा बढी कार्बोहाइड्रेड पाइने बताउँछन् । १०० ग्राम तरुलमा ४० ग्राम कार्बोहाइड्रेड र सात ग्राम रेसा पाइने उनले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.