Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोटी हवन परिसरमा योगी नरहरी नाथको शालिक अनावरण
    समाचार

    कोटी हवन परिसरमा योगी नरहरी नाथको शालिक अनावरण

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष ३०, शुक्रबार ०१:३१ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई ४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा राष्ट्र गुरु योगी नरहरी नाथको शालिक अनावरण गरिएको छ ।

    संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटीहोम परिसरमा आयोजना गरिएको एक विशेष समारोहका विच वैद्विक मन्त्रोचारणका साथ राष्ट्र गुरु योगी नरहरी नाथको शालिक अनावरण गरिएको हो । झापा क्षेत्र नं.४ का संघीय सांसद एल.पी. साँवा लिम्बू, प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायतले शालिक अनावरण गरेका हुन् । नरहरी योगीको शालिक अनावरणसँगै कोटी हवन शान्ती कलश स्तम्भ समेत सिलान्यास गरीएको छ ।


    पानीको फोहोरासहितको आकर्षक स्थल निर्माणकालागि कनकाईनगरपालिकाले १८ लाख रुपैंया खर्च विनियोजन गरेको थियो भने योगीको अर्ध कदको शालिक ईश्वर कृष्ण महाराजले सौजन्य गरेका हुन् । कोटी होम परिसरको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि संघीय सांसद एलपी साँवाबाट प्राप्त ५० लाख बजेट खर्च भइसकेको बताइएको छ । वर्तमान कार्यसमितिको पहलमा कोटीहोम परिसरमा विद्युत विस्तार, रंग रोगन, शिवलिङ्ग, नन्दी, घण्टी, गृल लगायतका सामाग्रीको व्यवस्थापन गरिएको बताइएको छ । कोटीहोम परिसरमा चाँडै १२ वटा सिसि क्यामरा जडानकालागि आवश्यक तयारी भइरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताउँनुभएको छ ।

    धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै आएको कोटीहोम परिसरमा राष्ट्रगुरु योगी नरहरी नाथको अगुवाईमा २०४२ साल पुष १ गतेदेखि २७ गते सम्म महायज्ञ संचालन भएको थियो । कनकाई नदिको पुर्वी किनारमा रहेको कोटीहोम क्षेत्र हाल क्रमिक रुपले विकास एवम् विस्तार भई पूर्वकै एक महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थलका रुपमा व्यवस्थित भएको छ । राष्ट्र गुरु योगी नरहरी नाथको अर्धकदको शालिक अनावरण गरेर कोटीहोम क्षेत्रमा नरहरी योगीको संझनालाई सधैं ताजा राख्ने उद्येश्य राखिएको संस्थाका अध्यक्ष नवलकिशोर दत्तले बताए । यस धार्मिक तथा पर्यटकीय क्षेत्र आसपासमा विभिन्न जातजातिका मठमन्दिर साथै दुई दर्जन बढी विभिन्न बन्धु समाजको सामुदायिक भवनका साथै पितृहरुको वंशावलीलाई व्यवस्थित गरिएको कोटीहोम धार्मिक विकास संस्थाका महासचिव डिल्लीराम बाह्रकोटीले बताए ।


    संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले स्वागत तथा महासचिव बाह्रकोटी र कोषाध्यक्ष नरेन्द्र फुयालले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा संघीय सांसद एल.पी. साँवा लिम्बू, प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, संस्थाका पुर्व सचिव दुर्गाप्रसाद खतिवडा, बोहोरा बन्धु सेवा समाजका अध्यक्ष देवेन्द्र बोहोरा लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.