Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको अध्यक्षमा सुष्मा
    समाचार

    सुरुङ्गा जेसीजको अध्यक्षमा सुष्मा

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २९, बिहीबार ०६:२० गते3 Mins Read

    कनकाई खबर / सुरुङ्गा जेसीज वर्ष २०२२ को अध्यक्षमा महिला नेतृ सुष्मा न्यौपाने उप्रेती सर्वसम्मत रुपमा चयन भएकी छन् ।

    पछिल्लो समय महिलाको नेतृत्व सवल बन्दै आएपनि कोरोना संक्रमणसँगै सुस्त बनेको सुरुङ्गा जेसीजलाई नयाँ जोस जाँगरका साथ यसको उचाई कायम गर्ने कार्यमा महिला नेतृ नवनिर्वाचित अध्यक्ष उप्रेतीको भूमिका सफल रहने विश्वास गरिएको छ । स्थापना वर्ष २००८ देखि २०१५ सम्म पुरुषले नेतृत्व गरेको सुरुङ्गा जेसीजको शाख उच्च बनाउँन वर्ष २०१६ मा पहिलो पटक महिला नेतृ सामाजिक अभियन्ता सरला दहाल पोखरेलको नेतृत्व झापामै उत्कृष्ट बनेको थियो । त्यसपछिका केही वर्ष नयाँ योजनाका साथ रचनात्मक कार्यमा अघि बढ्न खोजेको सुरुङ्गा जेसीज कोरोना संक्रमणसँगै सुस्त बनेको थियो ।

    सुरुङ्गा जेसीजको सभा हलमा बुधवार सम्पन्न स्थापना दिवस सहितको १४ औं बार्षिक साधारणसभाले उप्रेतीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो । जेसिज अभियानमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी उप्रेती स्थानीय विभिन्न सामाजिक संघसंस्थामा समेत त्यत्तिक्कै क्रियाशिल रहेकी छन् ।

    साधारण सभाले कार्यकारिणी उपाध्यक्ष द्वयमा मेनुका (उप्रेती) शिवाकोटी र दिपेन्द्र प्रधान साथै चारजना उपाध्यक्षहरुमा क्रमशः विवेक सिवाकोटी, रोहित कोइराला, पुष्पराज ढकाल र भीम राजवंशी चयन भएका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा खुश्बु पौडेल तिम्सिना निर्वाचित भएकी छन् । कानुनी सल्लाहकार, महासचिव लगायतका अन्य पदहरु नव निर्वाचित अध्यक्षले मनोनित गरी पदहस्तान्तरण कार्यक्रममा पूर्णता दिने बताइएको छ ।

    सर्वसम्मत नेतृत्व चयनकालागि सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष त्रिलोचन उप्रेतीको संयोजकत्वमा पुर्व अध्यक्ष द्वय जविन तिम्सिना र कमल कट्टेल सदस्य रहेको निर्वाचन समितिले भूमिका खेलेको थियो । साधारण सभाकै अवसरमा जेसीजले हरेक वर्ष गर्दै आएको उत्कृष्ट नागरिक सम्मान कार्यक्रमकालागि पूर्व अध्यक्ष कमल कट्टेलको संयोजकत्वमा पुर्व अध्यक्ष द्वय जविन तिम्सिना र त्रिलोचन उप्रेती सदस्य रहने गरी उत्कृष्ट नागरिक छनौट समिति गठन गरेको बताइएको छ ।

    त्यस्तै समय सापेक्ष जेसीजको विधान संसोधन गर्नु पर्ने भएकाले सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेलको संयोजकत्वमा पुर्व अध्यक्षहरु शिव कडेल र कमल कट्टेल साथै वर्ष २०२२ का अध्यक्ष र कानुनी सल्लाहकार पदेन सदस्य रहने गरीको पाँच सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको वर्ष २०२१ की महासचिव मेनुका उप्रेती शिवाकोटीले बताएकी छन् । सुरुङ्गा जेसीजले साधारण सभाकै अवसरमा यस अघि नै कार्यसमितिको बैठकले निर्णय गरेअनुसार २१ जना स्थानीय युवाहरुलाई नयाँ सदस्यता प्रदान गरेको छ ।

    सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका उप्रेती(उषा)को सभापतित्वमा सम्पन्न साधारण सभामा जेसीजका मानार्थ सदस्य श्याम पौडेल, पुर्व अध्यक्ष कुमारमणि पोखरेल, मोतिखर ओझा, शिव कडेल, सरला दहाल पोखरेल, जविन तिम्सिना, कमल कट्टेल निवर्तमान अध्यक्ष त्रिलोचन उप्रेती, संचारकर्मी एवम् जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष राम निरौला लगायतले निर्वाचित कार्य समितिको कार्यकाल सफलताको कामना गरेका थिए ।
    वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष टिकाराम भण्डारी( सुदिप) ले स्वागत तथा सचिव चन्द्रकला ढकालले आस्थावाचन गरेको कार्यक्रममा जेसीज मिसन भिजन सारिका गिरीले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन वर्ष २०२१ की महासचिव मेनुका उप्रेतीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.